कति हाँस्नु /राजन गिरी "राज"
हास्य कवितान त उसको खेत खनेँ , न त घरै फोरेँन कसैको आँखा छली , सुन चाँदी चोरेँमरे हुन्थ्यो भन्दै हिँड्छे , के खाको छु मैलेपहिला आँखा फुट्याथ्यो र ,गाली गर्ने ऐले ! ।१।
बिहान उठ्दा उस्का चल्ला ,काउली बारी भरी
नछोड्देउन भन्दा उल्टै , झगडा पो गरी
मान्छे पनि निकै रुखि , गाउँमै हल्ला गर्छे
मेरै गाइको दुध पिएर , तेस्को भुँडी भर्छे ।२।
आफ्नो स्वार्थ पूरा गर्न , सरणमा पर्छे
कुन दिन् मेरै दैलो माथि , झुण्डिएर मर्छे
चिन्ता पनि कति थोक् को , भोग्नु पर्ने मलाई
फेरी पनि हाँस्नै पर्ने , मनै नलाइ् नलाई ।३।
समाप्त
स्कुल जाँदा तिमी र म , ढिलो भको याद छ !
पानी पर्दा चिप्ली स्कट , हिलो भको याद छ !
गाउँ भरि तिम्रो मेरो , चर्चो चले पछि ,
तिम्रो दाईले हिर्काई गाला , निलो भको याद छ !
दुध घिउ खायो बेकार हेर , घाँटी मात्र क्याप्प हुने
मलाई त विस्की प्यारो ,पिए पछि झ्याप्प हुने
उतिखेरै जिउमा लाग्छ देख्नेहरु बाटो छोड्छन्
बेहोशीमै हिँडेपनि ,आफ्नो घर् चाहीँ ठ्याक्क हुने ।
स्वोर्ग कि परी हौ कि, गैरा घर कि छोरी तिमी
दुबै उस्तै उस्तै लाग्छ , अप्सरा झै गोरी तिमी ।
जिउ् डाल पनि क्या मिलेको , बोलि मिठो उस्तै
मेरी आमाको बुहारी बनी, बस जीवन भोरी तिमी ।
छिनछिन चुरा बजाउँदै ,पकाएको याद आयो
कोल्टो पर्दै नानी सुताउँदा ,सताएको याद आयो
देब्रे हातले झट्कलेर ,रिसाएझै मुख् बिगार्दै
ह्या नचल्नुस् न नानी उठ्छे ,बताएको याद आयो ।
शिर्षक= मेरी स्वास्नी /ब्याङ्ग्य( झ्याउरे)
कस्तो मति बिग्रिएर , विहे गरेछु मैले
दैला ठेलाँ टाउको समाई, रुनु पर्यो ऐले
मोटाएर त्यत्रो हुँदा , खानै पाईन भन्छे
एकै पटक लाको लुगा ,पुरानोमा गन्छे |१|
न त यस्लाई बेच्न मिल्ने , न त मिल्ने साँट्न
मलाई भने मर्नु भयो , जिन्दगानी काट्न
तिनमानाको भात पकायो , उस्लाई मात्र हुन्छ
गरि खाने जाँगर छैन , सम्झ्यो मन रुन्छ |२|
यस्सो केही भन्नै हुन्न, खाम्ला जस्तो गर्छे
जहिले हेर्यो मुख अँध्यारो, सधैँ ठुस्स पर्छे
मर्ने गरि पिट्छे छोरी , मेरो रिसले होला
कहिले लिन आउँछ यस्लाई, यमराजको डोला |३|
तीजलाई किनेको गहना लाउनै पाइएन थुक्क कोरोना
सुनको भाउ बढ्दा झन देखाउनै पाइएन थुक्क कोरोना
नत माइत जान दियो बरै न दर खाएरै हिँड्न दियो !
कुर्चिमा बसेर बुढो कजाउनै पाइएन थुक्क कोरोना।
प्रेमको दुखाईमा अनुलोम विलोम काम गर्दैनन्
कपालभाँती होस् या भ्रामरी आराम गर्दैनन्
सिर्फ एक पटक प्रेममा बदनाम भएर त हेर !
पूरै गाउँमा कसैले तिमीलाई राम राम गर्दैनन् ।
मैले झुट किन बोल्ने , बोलेर कुनै लाभ छैन
एस्तो काम गर्दिन म् ,भन्ने मेरो स्वोभाव छैन
बिहानै उठ्छु झाडु पोछा ,बासि भाँडा बर्तन
आफ्नै मनले गर्छु ,मलाई कसैको दवाब छैन ।
कुन दिन अब अदालतमा मुद्दा दायर हुन्छ
सधैँ म माथि बेलनको हवाई फायर हुन्छ
दिनभर सोच्यो भरे त जगल्टा उखाल्छु तर्
घर पुगेर अनुहार हेर्दैमा मन कायर हुन्छ ।
तिमी ठान्छ्यौ म मा कन्फिडेन्स् रहेन
समय लाई चिन्न सक्ने सेन्स् रहेन
कन्फिडेन्स् , सेन्स् अनि भेलेडिटी छ
तर् के गरौँ उमेर् को ब्यालेन्स् रहेन ।
अनलाईनमै लब पर्यो चुप्पा चुप्पि हुन थाल्यो
साह्रै मिठो बोल्थी मोरी कलेजी नै छुन थाल्यो
मलाई पनि भेट्म भेट्म लाग्न थाल्यो छुट्टी मागेँ
आईफोन दिए मात्रै भेट्छु भन्दा यो मन रुन थाल्यो
पाथी कोदो , भुक्के चप्पल , साथमा पाक्छ् क्या्
साहुनी भन्छिन, प्योर कोदो हो , ढिलो लाग्छ् क्या्
चार् गिलाँस , पिउँदा पनि , सिन्को हल्लेन्
रौसी लाग्नु , छैन पोई ले , पैसो माग्छ् क्या् ।
म चाहे अब जे सुकै गरम् , तिमीलाई के मतलब् !
मेरो मर्जी बाँचम् कि मरम् , तिमीलाई के मतलब् !
भतेर् को टपरी झै अघाएसी , मिल्काएर हिँड्यौ् !
राम बनम् या सिता हरम् , तिमीलाई के मतलब् ! …
कविता
बिहान उठ्छु आँखा मिच्दै चिया पकाउँछु
उठ कान्छु चिया आयो भन्दै फकाउँछु
मख्ख पार्नै पर्ने क्यारम् आफ्नो दाउ अर्कै
एसो बजार घुमी आउँछु भन्दै छकाउँछु ।
भोग्नै पर्ने निधारैमा जे जे लेख्या रैछ
खोला तिरमा तरुनी साँ कुनले देख्या रैछ
घर पुग्दा बाई बोल्या झैँ बुढी प र र र
उसै सङ्ग बसे हुन्छ किन आएको घर् !
थाहा् पाई एस्ले पर्छ अब कुरा बनाउन
खसि हेर्न गथेँ लगेकी रैछिन चराउन
त्यही बेलामा देख्यौ तिमीले शङ्का नगर न
हुन्न कान्छु सम्बन्धमा आगो लगाउन ।
समाप्त
तिन तिन वोटा विहे गरे समस्या यो टर्छ
एउटा फूल टिप्छौ तिमी दुइटा बोट्मै मर्छ
आफ्नो काम त बेलैमाथि निपटाउनु पो पर्छ
तिम्रो भागको केटी नत्र कस्ले विहे गर्छ !
मलाई चालू सम्झिनु या क्लेवर सम्झिनु
मेरो मस्तिको आफ्नै अलग फ्लेवर सम्झिनु
भलै तिन महिना पछि मलाई जे जे भन्ने भन्नु
अहिले फाल्गुन छ् दिदीको देवर सम्झिनु ।
विहे गरि पहिलो पल्ट ससुराली गैयो
दुई चार किलो स्याउ सुन्तला किनेर नि लैयो
पुगे पछि ढोगभेट चल्यो सबै भित्र पसे
आफू बाहिर एकलकाटे बाँदर जस्तो भैयो ।
न आफू केही काम् गर्छे, न मेरो सुरले गर्न् दिन्छे
गृहस्थी नै त्याग्छु भन्दा , न त पहिरन् धर्न् दिन्छे
साह्रै सकस् पर्दा खेरी , ज्यानै फाल्न खोजेँ मैले
तीजको व्रत निर्जल बसि ,न त मलाई मर्न् दिन्छे ।
नारी बनी जन्म्यौ सुनका चुरा लगाउन लाई ,
बिहान उठी पँधेरोमा कूरा लगाउन लाई ,
हाम्रा पालाँ गुन्यो चोलो जिउ ढाकेर हिँड्थे ,
हिजो आज गाह्रो मान्छन पूरा लगाउन लाई ।
आँसुमा कोरोना ,मासुमा कोरोना ,रौसीमा अल्कोहल्
तानेर घाँटी तिनिक्क पार्नुस शरीरमा आउँछ बल्।
न बाबुराम को कामी काम आयो
न पि एम को धामी काम आयो
राता रात देशको नाम चलाउन त्
घुसखोरी र बदनामी काम आयो ।
चाहिए सम्मन कि छिन भनेर केटी हेर्न गैयो
धपक्क बलेको अनुहारले आफैँ अन्धो भैयो ।
ढुङ्गा मुडा हुर् हुल्दङ्गा गर्ने नायक् भए
स्वोर् चाहिँदैन् पैसा तिरेसी गायक् भए
यो राजनीति त् एतिसम्म गिर्दो रहेछ कि्
घुस्याहा बेईमानहरू पनि विधायक् भए ।
राजन गिरी "राज "
रुपा गाउँपालिका ३
कास्की ग.प्र
Comments
Post a Comment