Posts

Showing posts from 2019

'गीत'

Image
गीत तिमीसँग दुईटा दिन खेल्दा खेल्दै के भो, के भो ? जिन्दगीको एक्लोपन झेल्दा झेल्दै के भो, के भो ? म्याउ म्याउ बिरालो र हट् हट् घोडा, तानातान्                                 धुलो माटो कोतारेरै बित्यो साथी बालापन स्कुल कलेज किताब कापी रेल्दा रेल्दै के भो, के भो ? जिन्दगीको एक्लोपन झेल्दा झेल्दै के भो, के भो ? तिमीसँग ... अब तिम्रै हुन्छु भनी कसम खाऊ, मलाइ छुँदै कति बस्नु तिमी उता यता आफू एक्लो रुँदै पागलसरी आफ्नै छायाँ छेल्दा छेल्दै के भो, के भो ? जिन्दगीको एक्लोपन झेल्दा झेल्दै के भो, के भो ?

गीत

Image
।।।गीत्।।। पहेँली चरी फर्केर आइन् , आफ्नो घर बासमा जवानी बित्यो आँगनी कुर्दै ,फर्किने आशमा खोलेर हेरूँ ,आँखाको पर्दा ,  रस छैन मुखमा कलिलो थुङ्गा ,त्यो लोभी भँवरा , परिछौ दु:खमा । रस छैन मुखमा । पहेँली चरी... जवानी बित्यो ... नरोए प्यारी,  खुसीको बेला , आऊ बस काखैमा बिर्सिदेऊ अतीत , जे भयो भयो , त्यो बन पाखैमा उज्यालो भयो , पूर्वको आकाश , जून सुत्यो झुपुक्क अलि वर  सर , छातीमा टाँस्छु , निदाउनु लुपुक्क । जून सुत्यो झुप्पुक्क । पहेँली चरी... जवानी बित्यो ... 6/12/19

गीत (पिन्जरा कि चरि)

Image
।गीत्। ( पिन्जरा कि चरि ) एक चरि , रात भरि , भुरु भुरु उड्न खोजिन बाँधिएको पिन्जराको , डोरोलाइ चुँड्न खोजिन। मैले उनलाइ हेरि रहेँ , उनले मलाइ बोलाइ रहीन उठि ढोका खोल्दिन्छ कि , भनेर उ  टोलाइ रहीन । कस्को थियो पिन्जरा यो , थुनि जाने कुन्नि को हो खोल्ने मलाइ हक थिएन , भित्र भित्रै मन रोयो । एति राम्री चरि छुँदा , मैलो लाग्ला जस्ति उनि सजाउन पाए दिलमा हुन्थिन होलि कस्ति उनि। कस्को कारण उनको आज , जिन्दगी नै अँध्यारो भो पँखेटा सब काटि लग्यो , उँड्न उनलाइ गाह्रो भयो । नसकेसि पिडा हेर्न,  पिन्जरा लाइ खोल्न लागेँ सपनिमा रैछु म त,  'चिया' भन्दा झट्ट जागेँ । #raj

गजल

Image
गजल आँशु दिएर उनि संग दिल किनेको मान्छे ब्यापारि पो रैछिन बरा मैले चिनेको मान्छे । टुक्रा टुक्रा बिक्री  भएँ आफ्नै आँखा अघि बिश्वास गर्नै नसकिने सँगै हिँडेको मान्छे । दिनहुँ कै यसै गरि लाखौँ प्रेमि मर्छन  तर मुटु चिरि देखाउँदैनन खुसि छिनेको मान्छे । आफ्नो सम्झि जस्को निम्ति आफैँ रित्तिएँ उनि रैछिन आँखा अघि ~उभिनेको मान्छे । थला परेको छ आज एउटा बिसाल हृदय छल कपट का तीर हरुले उधिनेको मान्छे । #raj 03/12/19

जीवन र मं

Image
भविष्य त्यो काल हो जो अहिले देखा परेको छैन | जो क्षण आएको छैन त्यो सधैंको लागि अनिश्चित नै हुन्छ र पनि हामि बिना कारण भविष्यको हजार कामना गरेर लाखौँ चिन्तामा डुबी रहन्छौं | एस्तो गरेवापत हाम्रो हातमा त् केहि पर्दैन  उल्टै उर्जाहिन अवश्य  हुन्छौं | बिचार गर्ने हो भने हामि सम्पूर्ण मानब जातिनै समय को यो दुइ पाटो बाट थिचिंदै गइरहेका छौं | यस प्रक्रियामा "काल" को सबै भन्दा सुन्दर स्वोरुप  'वर्तमान ' नै  हो ,जसको साथमा बाँचेर केहि गर्न सकिन्छ | आफ्नो मानो सकिय पछी जब मृत्यु को आहट  हुन् थाल्छ तब हामिलाइ थाहा हुन्छ कि भुतकाल या भविष्यमा अल्झिरहनुको कारण न त् म रहर लाग्दरी बाँच्न सकें न त् केहि गर्न सकें | हामीले यो वर्तमान लाइ जसरि पनि  जान्नु पर्छ बुझ्नु पर्दछ , वर्तमान त्यो जादु हो जसले अतिनै सिघ्र हाम्रो समस्याको निराकरण गर्नमा सक्षम् छ | कुनै दिन एकान्तमा बसेर सोचेर हेरौं त् हाम्रो अधिकांश दु:ख को जरो नै 'भुतकाल' तथा तमाम  चिन्ताको कारण  'भबिष्य' हो  भन्ने ज्ञांत हुन्छ | हाम्रो सोच्ने तरिका ,यो भयो भने .. ? त्यो भएन  भने .. ? एस्तो भयो भने ...? तर म भन

कविता :लुरे स्याल को फुर्ति

Image
आफ्नो उमेरका कौयौ वसन्त काटे पछी एउटा बुढो स्याल गुफा छोडेर एकलासे जङ्गल मा साथि खोज्दै बिरक्तिएको न्याउल झैँ कराउदै हिंड्दै छ खेतका आली र खोल्सा हरुमा हुँ हुँ हुइयाँ हुइयाँ !! नयाँ सहरको रमझम चारै तिर उज्यालो , कैयौ दिन देखि चोरेर भोक् मेट्न नपाएको बुढो स्याल, आफ्नो स्वास लाइ निरन्तरता दिन खीइदै गएको अस्तित्वो मेटिने डरले बसाईं सरेको छ पुनः उ जन्मियर छोडेको पुरानो ,ढुसी परेको अध्यारो खोर भित्र !! तनाब ले कपाल फुलेर झरेका तालुमा निकोटिनले खिइएका औंला मुसार्दै अर्काको खोर फोरेर रगताम्य भएको मुख मुसार्दै देखाउंदैछ बलवान आफुलाई हुँकार्दैछम दुब्ला ब्वासा हरुलाई म जङ्गल को राजा मेरो हुकुमत , नत्र खबरदार ! एउटा अन्योलमा परेर गिजगीजिएको सिनु मसान घाट को नजिक देखेपछी छाती ठोकेर भुँइ खोस्रदै घांटी तन्काएर भन्न खोज्दैछ उ आफ्नो बैज्ञानिक भाषामा पहाडको लाश ,तराइको बास ! किन ? किन ? किन? पहाड पहाडकै हुनुपर्छ , तराई मधेसको हुनु पर्छ हिमाल दुबैको साझा हो , जसको सक्ति उसको भक्ति ! तराईमा बास माग्न आउने लाश हरुका खप्पर बाट नागा साधु को पेट भरिनु पर्छ चाहिन्न मलाइ पहाडको लाश, पहाडमै सड़ोस.. किनकि ! अब त

कविता : मेरो पैतालाको क्षेत्रफ़ल् कति अंकल !

Image
अंकल अंकल भनिदिनुस् मलाइ हाम्रो गणतन्त्रको क्षेत्रफ़ल् कति ! प्रजातन्त्रको क्षेत्रफ़ल् कति !! अनि त्यो निरंकूश भनिने राजतन्त्रको क्षेत्रफ़ल् कति !!! ************** म जान्न चाहन्छु मेरो पैतालाको भाग ! महल र पुर्खेउली दरवारियाका भाग ! हाल बेहाल बनाई उभ्याइएका अनि यी सडक,गाउँ सहर भरि गिजिंग गिजिंग ठेलामठेल गर्दै चलिरहेका परिश्रमी लाइ, अरिंगालको किरा जस्तै प्वाट्ट फुटाइ जुँगे मुखले चुसेर डकारिसकेपछी , एदी कतै बाँचेको हिस्सा भए नाप्न चाहन्छु !! देखाउनुस अंकल म जान्न चाहन्छु , मेरो पैतालाको क्षेत्रफ़ल् कति !!! **************** बम बोकेर पिठ्यूँमा ,बारुद पोतेर स्तनमा ! मलाई हुर्काउने मेरी आमा ,अनि हजारौ नेपाल आमा, जन्म दिएर हुर्काउंछन् अनि सहिद हुन् पठाउंछन् , मुटु उधारेर तिम्रो लागि तिम्रो अमन चैनको लागि तिमीलाई नै देश सम्झेर ममताको बिशाल मुटुले दिएको त्यो प्राण आहुति !! अंकल अंकल मलाइ भनिदिनुस बाबा को परिश्रम र नेपाल आमा का , ममता को क्षेत्रफ़ल् कति !!! *************** स्वार्थले मान्छे कुर्चीका निम्ति खेला बनाउने , न्याय कानुन संबिधान लाइ रेला बनाउने, बिवादास्पद छ यो राजनीति !

गजल

Image
गजल गोधुलिमा मुरलीको धुन सुनी आउ है भन्ज्यांग को रोधी बस्ने घर मुनि आउ है | आफ्नै सुरमा हुन्छन सबै कोठा छिरे पछी सबै सुते पछी सुस्त ढोका थुनी आउ है | बर्षौं भयो खुसु खुसु कुरा मात्र भाको पुर्णिमाको रातमा आज एक हुनी आउ है | केहि कुरा तिमि गर केहि मेरा हुन्छन भेटे पछी झम्टियर एकछिन रुनी आउ है | बस्छौं होला दुइ चार घण्टा गफ गफैमा सित पर्न थाल्छ छिट्टै स्वोयटर उनि आउ है | "राज"

गजल

Image
गजल आफ्नै ऐनाले जिस्क्याउन थाल्यो जवानी देखेर सर्मायेका दुई आँखामा पानि पानि देखेर || टुलुक्क हेर्यो मुसुक्क हास्यो कस्तो अचम्म भित्ताले पनि के भन्दा हुन् यो बानि देखेर | झिलि र मिली रमाइलो लाग्ने बालखा हुंदापो मनपर्न थाल्यो अँध्यारो हितकी रानी देखेर | बनेर हिरो पढाइमा जिरो मोबाइल जिन्दाबाद पठाइछन् म्यासेज डरलाग्छ अरे खुर्सानी देखेर | कसैको पनि चिन्तै नहुने यादै आउने उसैको छटपटी हुन्छ सन्चो बिसन्चो नजानी देखेर | "राज"

कविता (सपना पछिको म )

Image
कविता (सपना पछिको म ) सपना ! सपना ! सपना सपना सँग डर लाग्न थाले मैले सपना देख्नै छाडिदिएँ ! पुत्ला बनाएर इच्छा आकांक्षा को स्मशान घाटमा गाडिदिएँ !! अबत ... कुहिएर माटो भै सके होलान ति निदाउन नदिने जिउँदा सपना हरु किनकि म मा उत्साह छैन मलाइ दुख दिने ति अवस्थाका जोस र जाँगर छैन ! हा.. हा.. हा.. कति आनन्द ! बिन्दास जिन्दगि एउटा योगी को जस्तो न दिनु छ न लिनु छ न कसैको चिन्ता न कुनै सन्ताप ! न कसैले कुरा काट्ने डर न कसैले छुरा ताक्ने डर ! वा ! जिन्दगि ! क्या जिन्दगि !! आहा ! जिन्दगि !!! "राज"