Posts

Showing posts from June, 2020

पाँच मुक्तक :/ राजन गिरी "राज"

Image
एउटा कुरा भन्छु सुन्छ्यौ ? म कहिलै नढाँटेको मान्छे् आँखाले आँखाको सिग्नल पाएर नै मुटु साँटेको मान्छे् जाने बेलामा यस्तो अचम्मको उपहार् दिएर गईन् उनी त्यही उपहारको साइज् मिलाउन खुट्टा काटेको मान्छे्। खै के के हुनेहो भोली ज्योतिष विध्या जान्दिन म जस्लाई आफ्नै थाहा हुँदैन उसको कुरा मान्दिन म अब यो हुन्छ अब त्यो हुन्छ डर देखाउँदै ठग्छ मान्छे् आफ्नै जोखान नजान्नेलाई बुध्दिमानी ठान्दिन म। बजारको भाउ भन्दा , तिम्रो बढेको देखेँ बोली पनि नरम छैन ,अल्लि चढेको देखेँ मेरो कान्छु, मेरो राजा , भन्थेउ् नि खुब् आज अर्कैको जुठेल्नोमा ,लडेको देखेँ।. त्यो मायाको छहारीमा सधैँ शीतल पाउन पाए कस्तो हुन्थ्यो जिन्दगीमा मायाँ प्रीति लाउन पाए चन्द्रमाको उज्यालोमा मिठा मिठा कुरा गर्दै उनीसँग हाँस्दै खेल्दै ससुराली धाउन पाए। काला गए गोरा आउँछन् गोरा गए काला जस्ता सुकै आएपनि देशको उस्तै चाला ब्याबस्थाले ओढेको छ छेपारो को छाला घण्टै पिच्छे रङ्ग फेर्छन के हो एस्तो चाला | @@@@@@@ राजन गिरी "राज" रुपा गाउँपालिका ३ कास्की

" किन बढ्दैछन् आत्महत्याका घट्ना ? के छ रोकथामको उपाय ? ; राजन गिरी "राज"

Image
"आत्महत्याको बढ्दो घट्नालाई रोक्नको लागि एउटा सन्तुलित समाजको आधार हुन् निकै जरुरी छ | विश्वस्तर मा आयोजित हुने यो दिवसको सार्थकता तब होला जब यस दिशामा केही ठोस उपक्रमहरु उठाउन सकियोस जस्तै सम्पर्क, संवाद ,र देखभाल यिनै तिन शब्द बाट आत्महत्याको रोकथाम अथवा हालका घटनाहरुको आंकडामा यस मुलमंत्रको माध्यमबाट कमी ल्याउन सकिन्छ | आत्महत्याको पछाडी मनोवैज्ञानिक, सामाजिक, आर्थिक, पारिवारिक, व्यक्तिगत, साँस्कृतिक, एवं बिभिन्न परिस्थितिहरु जिम्मेवार हुन्छन | त्यो ठोस् कारण चिन्हित गरेर समस्याको समाधान गर्नु गराउनू आजको आवश्यकता हो "  "प्रायजसो हरेक दिन् विभिन्न मिडीयाहरुको माध्यमबाट आत्महत्याका खबरहरु हेड़लाईन बनेर आएका हुन्छन | यो दुखद मात्र नभएर तथाकथित् हाम्रो समाज बिकासको विडम्बना पनि हो | जीबन र आफ्ना समस्याहरुबाट भागेर त्येसबाट निजात पाउन अपनाईने त्रसित सत्य नै आत्महत्या हो , जुन सुन्दा पनि हामीलाई डर एवं पीडा दिएर जान्छ | जाने हरु त जान्छन तर बाँच्नेहरुले वर्षौं सम्म यसको पीडा भोग्नु परेको हुन्छ | यस्ता घटना बाट पुरा मानवता नै शर्मसार हुन्छ | यो स्थिति नआवोस् भन्नका लागि या क

" मीडियाको हाउगुजी मात्र हो कोरोना " टेस्ट कम गरौँ / राजन गिरी "राज"

Image
"इकोनोमीको लेवलमा Confidence खतम भइ रहेको छ हामीले यो Reality लाइ सम्झनै पर्ने हुन्छ | अहिले के समस्या भैरहेको छ त्यो जान्नु पर्ने हुन्छ | Construction activities aloud हुँदैमा सबै समस्याको समाधान हुने होईन | Aloud त भयो लेवर ल्याउने कसरी ? उनीहरु सबै गाउँमा छन् कसले Construction गर्ने त्याहाँ ? ति गएका लेवर लाई  काममा कसरी फर्काउने ? उनीहरूलाई पनि मर्न मन त पक्कै पनि छैन होला ! यहाँ त  बाहिर निक्ले पछी  मरिन्छ भन्ने डर फैलाइएको छ | कसरी निकाल्ने घरबाट उनीहरुलाई ? यता मीडिया र सरकारी पक्ष् बाट बिरामी बढिरहेका छन् भनेर खबर फैलाउने अनि उता लेवरको बाटो हेरर पनि बस्ने , यो कुरा मेल खाँदैन | त्यसैले उनलाई मीडिया या समाचार मार्फत अब यो केस कम हुँदै गएको खबर जानु पर्दछ , केस घट्दै गएको थाहा पाए पछी  डर हराउदै जान्छ , उनीहरु बाहिर निक्लन थाल्छन ,कार्य सुचारु हुन थाल्दछ  ,इकोनोमी सुरु हुन्छ " आजको परिस्थितिमा यस  महाँमारीको बारेमा जान्नै पर्ने कुरा के छ भने आखिर हामी किन डराएका  छौं त ! विभिन्न मीडियाहरुले डर देखाएर  हामी डराएका हौँ कि,  सबै डराएका छन् र हामी पनि डराएका हौँ  या फेरी 

"युवा वर्गमा देखिएको समस्या र हाम्रो समाज" / राजन गिरी "राज"

Image
"याद राख्नुस एक असक्षम् व्यक्ति आफ्नो आवश्यकता भन्दा अधिक उसको सस्तो बिकल्प हरुको खोजीमा लागिरहन्छ | आवश्यकता पुरा  गर्न नसक्ने स्थितिमा उक्त आवश्यकता उत्पन्न हुनुको कारण माथि पुरा शक्तिको साथ् प्रहार गर्दछ | यो परिस्थितिमा व्यक्ति प्रति  आफ्नो कर्तब्य के हो ? यसको जवाफ खोजेर राख्नु  जरुरी हुन्छ | यो स्पष्ट हुन् जरुरी छ कि तपाई आफ्नोको साथ् उभिनुहुन्छ या आफ्नो जरुरतको " युवा भनेका मेरो विचारमा ,आँखा भरी उम्मिदको सपना,नयाँ उडान भरिरहेको मन ,केही गरेर देखाउने दमखम,र दुनियाँलाई आफ्नो मुठ्ठीमा गर्ने साहस राख्ने मान्छे हुन् भन्ने  लाग्दछ  | यो शब्दले नै मनमा जोश  र उमंग उत्पन्न  गर्दछ | उमेरको यहि पड़ाउ हो जसबाट ऊ लगाएत् उसको साह्रा परिवारको  भविष्यको लाई सुनिश्चित गर्दछ | आजको समयलाई हेर्ने हो भने युवाहरु आफ्नै मनोमानी पनि गर्न थालेका छन् , कसैको केही सुन्ने तैयार हुँदैनन् | उनीहरु दिशाहीन भईरहेका छन् | यो स्थितिमा युवाहरुको उर्जा नकारात्मक दिशाहरुमा बगिरहेको छ , उनीहरु भड्किरहेका छन् | लक्ष्यहीनताको  यो वातावरणमा युवाहरुलाई यति दिग्भ्रमित गरेर छोडेका छन् कि उनीहरुको दिमाखमा अब यो

आजका युवाहरूमा देखिएका समस्या र त्यसको समाधान !

Image
                               "आजको प्रमुख उदेश्य यो कुचक्रलाई तोडेर समाजप्रति युवाहरूलाई प्रेरक एवं उत्साहवर्धक माहौलको वातावरण सृजना गर्नु नै हो | अब युग निर्माणकाे मिशनमा आफ्नै ढंगले युवाहरूलाई भागिदारी बनाएर यस्ता विभिन्न प्रयोगहरू गर्नु गराउनु पर्ने देखिएको छ | किनकि युवाहरूका दिशाहीनताको चक्रब्युह युवाहरू नै तोड्न सक्षम् हुनुपर्छ तर उनीहरुलाई बाटो देखाइदिने आँट र हातको जरुरत भने निरन्तर परिरहन्छ ।" कुनै पनि देशमा त्यस देशका युवा वर्ग दिशाहीन हुनु भनेको त्यो देशको प्रमुख समस्या हो | हाम्रो देशमा पनि वहुसंख्यक युवाहरु यो समस्यामा जेलिएका छन् | जीवनको यात्रामा उनीहरुको कदम वहकिन या भडकिन लागेका छन् | उनीहरु जे जस्तो गरिरहेका छन् त्यसबाट पर्ने भोलिको असर या परिणाम उनीहरूलाई थाहा छैन | न उनीहरूलाई त्यसको बारेमा जान्ने बुझ्ने फुर्सद नै छ , उनीहरू बुझ्न पनि चाहँदैनन् | उनीहरु आफ्नो जिज्ञासा , कौतुहलता , शोच , शौक या फेशन सम्बन्धि चिजहरू पूरा गर्न अर्काको देखासिकी या भडकाउ ,लोभ ,लालचमा आएर त्यस्ता चिजहरूका लागि यस्ता खालाका टेडामेडा बाटोहरू चुनेका हुन्छन , या फेरी तनाब, हतास

गजल : राजन गिरी "राज"

Image
यो  ढुङ्गा  कसले  बनायो , देउता  कसले    बनायो मान्छेहरुको  पहीलो  आमा , एउटा कसले बनायो एहाँ कैयौँ टुहुरा छन् , आफ्नै  आमाको खबर छैन गाईलाई आमा मान्नु पर्ने ,सम्झ्यौता  कसले बनायो दिक्क लाग्छ मलाई यिनको रीति-रिवाज देख्दा खेरी बा-लाई  नाती   तिर्नै  पर्ने , बक्यौता  कसले  बनायो | राजन गिरी "राज" रुपा गाउँपालिका ३  कास्की 

गीत : राजन गिरी "राज"

Image
ऊ बेलामा पापिनीले , मलाई सस्तो गरी अहिले भने फोन गरेर, रुन्छे घरी घरी । रात बित्यो हिमाल हाँस्यो , जुनी फेरिएझैं मलाई भने रुवाई रह्यो , मनमा बेरिएझैँ तस्बिर बनि घुमी रान्छन आँखा वोरी परी अहिले भने ... सुखमा त किन चाहियो ,दुखको हो साथी दुख देखी भाग्ने भन्दा , नभएकै जाती छेपारोले जस्तै फेर्छन रङ्ग थरी थरी अहिले भने ... ऊ बेलामा पापिनीले , मलाई सस्तो गरी अहिले भने फोन गरेर, रुन्छे घरी घरी । @@समाप्त @@ राजन गिरी "राज" रुपा गाउँपालिका ३  कास्की (ग.प्र)

गीत : राजन गिरी "राज"

Image
सुन्य धर्तीको माथि आधी जिन्दगी छ आधा जिन्दगीको पनि आधी बन्दगी छ । आधा चन्द्रमाको तल ... आधा जोवन पिरले खायो आधी बिमारीले कुन खुसीमा मुस्कुराउने दिलको फुलवारीले उधारोको ढुक - ढुकी यो आज मुल्तबी छ आधा जिन्दगीको पनि आधी बन्दगी छ सुन्य धर्तिको ... जसको लागि गर्दा गर्दै आफू खाली भयो बुढेसकालमा लौरो थमाई एक्लै छोडी गयो दुइटा दिन हो बाँच्नु यहाँ किन गुस्ताख़ी छ आधा जिन्दगीको पनि आधी बन्दगी छ सुन्य धर्तिको माथि आधी जिन्दगी छ आधा जिन्दगीको पनि आधी बन्दगी छ । ✍️✍️✍️✍️ राजन गिरी 'राज'' रुपा गाउँपालिका ३ कास्की (ग प्र)

गलत चिजको मज्जा : राजन गिरी "राज"

Image
हामी हमेशा मजा या आनन्द मै  रहन चाहन्छौं  ,आखिर के हो  मजा ? यो के चिजमा छ र त्यसको असर कस्तो हुन्छ आउनुस् यसबारेमा केही जानकारी गरौँ | हामीलाई विभिन्न चिजहरुले आनन्द दिन्छन तर येहाँ त्यो मजा बाट हुने सकारात्मक  या  नकारात्मक असर पनि राख्नु केही आनन्द या मज्जा हरु निम्न प्रकारका  छन् :- क. नशा  Drinking        नसाको आदी त्यो व्यक्ति हुन्छ जसमा जीवन सम्बन्धि कुनै कल्पना, भावना,या कुनै उदेश्य नै हुँदैन | उसलाई हमेशा यो जिन्दगी निकै कन्फ्युज लाग्छ | ऊ संग समय नै समय छ , ऊ अर्को व्यक्तिलाई  समेत छोड यार के राखेको छ जिन्दगीमा आइज मोज गर ,यो काम भन्ने  कुरो भोलि पनि भै हाल्छ, के नै बिग्रेको छ र ,भनेर  फोर्स गरि गरि नसाको आदी बनाइदिन्छ , उता उसको काम बिग्री रहेको हुन्छ | हो म मान्छु खुब मज्जा आउँछ नशा पिउनुमा | यदि मज्जा नहुने भए येतिका बोतल किन खालि हुन्थ्ये, किन बनि रहन्थ्ये | तर यो मजा , यो आनन्द हाम्रो लागि राम्रो होइन | यसले हामीलाई भित्र भित्रै खोक्रो बनाइरहेको हुन्छ | एसले एकदिन हामीलाई बरवाद गरेर छोड्छ | मजेदार कुरा  यो छ कि ,एदी तपाईलाई कुनै कार्यले असफल बनाइदियो भने या तपाईको जीवनमा