मं
खुशी थिएँ म त्यस प्राचिरभित्र ठान्थें राजकुमारी आफुलाई , मस्त तैरिन्थें जलावर्तमा .. त्येही नै थियो मेरो साम्राज्य पनि…, म टेक्न चाहन्थें यो धर्ती टाँसिन चाहन्थें आमाको छातीमा , ब्यग्र थिएँ नयाँ नाता बुन्न ब्याकुल थिएं स्नेहको माला उन्न .., मेरो ब्याकुलतामा तुषारापात लाग्यो , एक पैचाशिक 'छोरी पो रहेछ ... ' को आवाजले मेरो अस्मिताको भित्ता फोरेर भाग्यो ..., बस् , के थियो... त्येही मेरो पहिचान बन्यो , अनि पहिचानसंगै मेरो अस्तित्व पनि बुत बन्यो ..., जान्न चाहन्थें म .. म किन तिमीहरुको लागि अपरिचित भए ..? किन तिमीहरुको नजरको कसिंगर भएँ ..? तितली झैँ पंख फिजाई उड्नु मलाई पनि थियो .. तरुललता बिच झुल्नु मलाई पनि थियो ... यो बिशाल बगियानको म पनि केहि धुल हुँ ... इश्वरको सुन्दर बागको म पनि एक फूल हुँ .. तर आधुनिक मानव सत्ताधारी मेरो मनोबेदना सम्म पुग्न सकेन ... येही भविष्यको आविस्कारक पनि हो , तिनीहरुले बुझ्नै सकेन ...! जन्माउनु को मात्र पीडा हुने जन्मिनुको चाहिं कसले बुझ्ने ...? तेसैले होला जन्मिँदा नजन्मिंदै प्लास्टिकको थैलो भित्र कैद हुन्छु गरिइ