Posts

Showing posts from December, 2016

आमा

आमा , म जान्छु आमा ओखती छ सिरानी मा भरे छिट्टै आउंछु आमा | कोहि , कोहि भेट्न आए भने पानि मागी खानु आमा दिशा पिसाब लाग्यो भने कोपारा मै जानु आमा | महिना भरि , महिना भरि मेलापात परिक्ष्या मा जानै पर्यो आउने बाटो कतै छैन निवेक गरि खानै पर्यो | बाबा , बाबा कोनी टुहुरी म सम्झ्यो मुटु दुख्छ आमा तिमिलाइ छिटै निको हवोस त्यति भए पुग्छ आमा | मलाइ , मलाइ कुनै चासो छैन सोह्र बर्षे जवानी को दाग लाग्न दिन्न आमा धोका अनि बेइमानी को | तिमि संगै , तिमि संगै राख मलाइ तिम्रै ख्याल राख्छु आमा पराइ घर मा नपठाइदेउ एती मैले माग्छु आमा | चाहिंदैन, चाहिंदैन सुन चांदी चाहिंदैन चुरा आमा मेरो खुसि तिमीसंग न घोचिदेउ छुरा आमा | छोरा , छोरा मै हो छोरी मै हो पति मै हो तिम्रो आमा मै लाइ हेरी मन बुझायेउ भरिनौ त्यो सिउँदो आमा | तिम्रो , तोम्रो नाम फिँजाउनेछु टोल अनि समाज मा आदर्श बनि बाच्न सकूँ आशीर्वाद देउ है आमा मलाइ ... आशिर्बाद देउ है आमा || १९ /१२/२०१६ (काबुल )     राजन गिरी :शिद्द १ कास्की   

Hlo Baba Video

Image

आज

रामे ले चुहिने पालि छायो आज हर्के ले हिउँद को बालि लायो आज धने चाहिँ तीनपाने ले मातेर बजार बजार बौलायो आज | हिमाल हास्यो सेतो बरफ मा आज पहाड तात्यो बिरालो को झडप मा आज तराइ जल्दैछ आफ्नै भुंग्रो मा पून: दिनै बितेछ बिरोध को जुलुस मा आज || श्रीमति जी को रिस टाउको मा आज मन मा आयो जाऊ  जसो बाउ को मा आज भोलि लाइ एक किलो चामल डिमाण्ड छ तर कुन मुख लिएर जानेर साहु को मा आज |||                                                                  *******धन्यबाद******* १९ मार्ग २०७३ ( काबुल )                                   राजन गिरी

तिमि हाँसेउ

गरिब जनता को शोषण भएको छ भन्दै तिमि हाँसेउ सबै लाइ भ्रस्टाचारी भन्दै तिमि हाँसेउ चारै तिर छ लाचारी भन्दै तिमि हांसेउ तिमि कति सुरक्षित छौ म सोच्न लागें सहसा मलाइ एक्लो पाएर तिमि हांसेउ ||| ********************** शिंहासन अग्लो छ ,सभादक्ष्ये छोटा छन् अगणित पिता हरुका एक परिवार को मुख उधारेर बसेका छन् छोरा सरकार का अन्धा लुला बहिरा बिबिध प्रकारका हल्का -हल्का दुर्गन्ध ले भरिएको छ सभाकक्ष्ये सुन ..वहा आवाज आउछ मेरो हत्या को करुणा गाथा हास्न थाल्दछ सभा ..पेट मिचि -मिची एक्लो पराजित सदस्य को ब्याथा मा ||||| ********************** 04/12/2016 (काबुल )                                       राजन गिरी 

बिवस पिता ..(व्यङ्ग्य)

बीवस पिता ले जनताको अस्पताल मा फोन गरे "डाक्टर साहेब" मेरो पुरा परिवार बिमार भएका छन ठुलो छोरा आन्दोलन लाइ जोरो चक्काजाम लाइ निमोनिया बन्द लाइ केन्सर भएका छन् सबै भन्दा सानो हड्ताल हर तिन घण्टा मा उल्टी गरिरहेको छ मेरो भतिजो एक मधेसी सिंह हार्ट  अटेक ले मर्न लागेको छ डाक्टर साहेब प्लिज छिटो आइदिनुस प्यारी छोरी "हिन्दु राष्ट्र" बेहोस परेकी छिन उनीलाई बचाइदिनुस डाक्टर भन्छन आइ एम सौरी म सिध्दान्त बादी मान्छे हुँ बिना बाउ का  बच्चाको चेकअप गर्दिन |||                                                    ****    समाप्त **** १८ मार्ग ७३                                                            राजन गिरी