Posts

Showing posts from May, 2017

अफ्गानिस्थान का लाहुरे लाइ सौताने ब्याबहार किन ???

Image
    माफी चाहन्छु ! सत्य हमेशा तितो हुन्छ सम्बन्धित निकाय लाइ मेरा सब्द हरु ले मुटु मा भेद गर्न सक्छन |  एउटा बितेको घटना र पिडित परिवार को पिडा बोध गराएर बर्तमान मा  तपाइको रोमान्चक मुड लाइ नमज्जा पार्न सक्ला | मेरो मनसाय तपाइको मन किरकिरी पार्नु भने कदापी होइन सैनिक हुँ सत्य बोल्छु अन्याय सहने बानि अलि बसी सकेको छैन |    हामी सबै लाइ अबगत भएकै कुरा हो बर्सौ देखि हामि नेपालि का सन्तान भारतिय सैन्य सेवा मा कार्येरत हुदै आएको | यस दौरान मा कति का झुपडी ले महल को स्वोरुप लिएर उभिए भने कतिका लाहुर्नी हरु आफुमा लटरम्म सुन फलाए , कति ले तिन पत्तीमा साह्रा कमाइ उडाएर पनि फाले |अर्को पाटो हेर्ने हो भने   हजारौं को तादात मा एस्तो पिडित परिवार पनि छ जसमा एउटी निर्दोष आमा ले मुटु को टुक्रा जस्तो छोरा गुमाएकी छन्  ,श्रीमती ले संगै जिउने संगै मर्ने कसम खाएर सात फेरो लिएको पति गुमाएकी छन् भने अबोध ति छोरा छोरी ले त्यो उमेर मा बाउ  बिनाको टुहुरो जीवन यापन गर्नु परेको छ | एदि  बाटो हिडदा  ति टुहुरा बाबु नानि लाइ मुख मा औलो राखेर टोक्दै दैला ठेला मा टुलु-टुलु हेरी रहेको कसैले देखेर मन मा भक्कानो उठ्छ