Posts

Showing posts from April, 2020

अब के हुन्छ २०२१ मा ? What happens now in 2021?

Image
आजको स्थितिमा विश्वो भर कोरोनाको बाहेक अन्य बिषयमा कुरै हुँदैन पुरै विश्वो तनावग्रस्त छ | जुन तरिका बाट यो केश बढ्दै गइ रहेको छ संसारका प्रमुख देश हरुको मेरुदण्ड नै तोडिदीएको छ | अमेरिकामा यो चार दिनमा ज्यान जाने हरुको संख्या दोब्बर भैसकेको छ | ट्रंप ले १ देखि २ लाख सम्मको ज्यान जान सक्ने अनुमान गरेका छन् | उनका अनुसार आउदो दुइ हप्ता निकै क्रिटिकल छ | नेपालमा भने अहिले सम्म हालत राम्रो छ त्येस्तो कुनै अप्रिय घटना सुन्नु परेको पनि छैन भ्रस्टाचार र घुस काण्ड र कमिशन खोरिको बाहेक | यो सबै हामी नेपाली नागरिक ले देखाएको अनुशाशन को कारण नै हो | यस्तो मुश्किल को घडीमा पनि आफ्नो पेट र मन मारेर सरकार लाइ साथ् दिने तपाइँ हरु सबै रणभूमिको योध्या हुनुहुन्छ | बिजयको कामना गरौँ यो त भयो कोरोनाको कुरा तर एक चिज यदि राम्ररि बिचार गर्ने हो भने अचम्म लाग्दो छ पछिल्लो चार सय बर्ष   भित्र हरेक सय बर्ष को एक सदि मानिन्छ त्येसरी बुझ्दा यो चार सय बर्षमा हरेक सय सय बर्षमा कुनै न कुनै महामारी आएर विश्वो चौपट पारेको छ | यो १०० बर्षमै घट्नु पर्ने अचम्मको घटना छ | हरेक पटक आएको महामारी पुरै दुनियाँमा फैल

"कोरोना र यसको आवश्यकता"

Image
  साच्चै भन्ने हो भने आज कोरोनाको कहानी झस्काउने खालको छ | आखिर यो किन आयो ? कसरि आयो ? एस कहानीमा के ,किन र कसरि भन्ने प्रश्न धेरै ठाउँमा आउँछ | हामी  सबैलाई थाहै छ यतिबेला पुरै दुनियाँका   धेरै जसो राजधानी लकड़ाउन छन् ,इटाली स्पेन जर्मनी जापान द.कोरिया इजराइल इन्डिया इरान नेपाल सबै सुनसान छन् | यदि युरोपको कुरा गर्ने हो भने इटाली स्पेन जर्मनी र ब्रिटेन यी त्यो देश हुन् जसको दबदबा छ | अर्को एटलान्टिक देशको कुरा गर्दा अमेरिका र क्यानाडा इनको आफ्नै दबदबा छ | मिडल इस्ट तिर हेर्ने हो भने इजराइल र इरान छन् ,इरान र अमेरिकाको तनाब को बारेमा हामी सबै लाइ थाहै छ | एदी   एसियाको कुरा गर्नेहो   भने ,इन्डिया र जापान छन , चिन लाइ मैले छोडें किनकि यो भाइरसको उत्पति नै चिन बाट भयो | यी सबै ति देश हरु हुन्   जहाँ जहाँ यिनको दबदबा छ त्याहाँ त्याहा कोरोना छ | हुनत यो संयोग पनि हुन सक्छ तर प्रश्न त किन कसरि भन्ने नै उठछ | अब यसमा दुइटा चिज हेर्नुस | एक- रुस ,रसियामा कोरोना को केश आज सम्म लगभग  छैन दुसरा नर्थ कोरिया किम जोंग उन   उहाँ पनि बिल्कुल ना को बराबर छ जवकी त्येही नर्थ कोरिया संग जोडिएको दक्ष

"मेरो अन्तिम इच्छा "

Image
मानिसहरु मर्नका निम्तिनै जन्मन्छन ,यो सत्य हो | यो पनि सत्य हो कि हर मान्छे स्वोर्ग जान चाहन्छ ,तर मर्न देखि डराउँछ , नमरिकन स्वोर्ग जाने सिस्टम बिज्ञान या वेद पुराणमा कतै उल्लेख छैन |  मेरो विचारमा स्वोर्गमा बास पाउनु भन्दा जीवनमा मोक्ष् पाउनु ठूलो हो | म मोक्ष पाउन चाहन्छु तर त्यसको निम्ती धर्म कर्म दान   इत्यादि गर्नु पर्थ्यो जुन कुरामा म हमेशा कमजोर रहें | यसैकारण म मोक्षको आशा गर्दिन |  तुलसीको बोट साक्षि राखेर मलाई जुन दिन मेरै आँगनले बिदा गर्नेछ त्यसपछि  म कहाँ हुन्छु या हुँदिन मलाई केही थाहा छैन र यो कसैलाई पनि थाहा हुँदैन होला पनि ,तर म कसैको  साथ  बाट भने बन्चित रहनेछु | एदी आत्मा हुन्छ र जिउदो रहन्छ भने, हुनेछैन  सुन्य यो आँगन , हमेशा  आँखामा हुनेछु ,एउटा बिन्ती गर्दछु  कि , जब म आँशु बिनाको आँखामा  हुनेछु तब  आँशु संगै बगाएर  मलाई आफूबाट कसैले अलग नगरिदिनु | राजन गिरी "राज" रुपा गाउँपालिका ३  कास्की 

आजको वहस

Image
नेपालको विवादित राजनैतिक अवस्थाको फाइदा देश बिदेशका चतुरेहरुले  राम्ररी  उठाइरहेकै छन् | भाई फूटे गवाँर  लुटे भने जस्तै यहाँका अनावस्यक बाइसे चौविसे दलहरुले यो पावोरको कुर्चीलाई मानौं खरबारीमा मरेको सिनु  गिद्धले  लुछे झैँ आ-आफ्नो थुतुनाको वलले लुछ्दै गर्दा बिचरा सिनु कहिले उता पल्टिन्छ त कहिले एता पल्टिन्छ , सिनु  मज्जाले  चुसिएर आफैंमा  स्वाद बिहिन वा खोक्रो भैसके पछी बल्ल स्यालहरु लाइ  दशैं जस्तै रमाइलो  भएको छ  खरवारी | मैले सिनु कुर्ची हो र गिद्ध कुर्चीका  खेलाडी हुन् भन्न  खोजेको होइन ,मैले त सिर्फ उदाहरण दिएर राम्रोसँग सम्झाउन खोजेको मात्र | मलाई मैले गाली गर्दैमा कोही सुध्रेलान भन्नेमा विश्वास लाग्दैन किनकी  बाबाको हजार गाली खाएर निखारीएको म बाआमा को नालाएक एक्लो छोरो | म आफैमा  पुख्ता प्रमाणित छु | देशी विदशी पाहुनाहरु अनि थरि थरिका स्याम्पेन सँग तिखा नग्रा हरुले लुछ्दै भाला  जस्ता दाँत र जिब्रोले मासुको स्वाद लिएर टन्न भै डकारीसके पछी बल्ल बिचरा  वास्तविक  हकदार ति गल्लि गल्लीका शासकहरु त्यो सिनुको अस्तिपंजर  भित्र छिरेर खोज्दैछन हड्डीमा बेरिएको मासु  | यहाँ निर्धाको क