Posts

Showing posts from May, 2022

नेता कस्तो चुन्ने !

Image
  नेता बिनाको समाज र समाज बिनाको नेता असम्भब छ | आफ्ना स्वोभाव सिद्ध गुणहरू तथा उपयोगिताको कारण ले नै नेता समाजमा पुज्यनिय हुन्छन | देश तथा समाजको उत्थान हामीले भरोशा गरेर चुनि पठायका नेतामा नै भर पर्दछ | नेता एदी पथभ्रष्ट भएमा देश तथा समाज उन्नति तर्फ नभईकन दुर्गतिको बाटोमा अग्रसर हुँदै जान्छ |  कैयौं पटक हाम्रो समस्याको प्रमुख जरो नै हामीले चुनि पठाएका गलत लिडर हुन्छन , किनकि हामी उनीहरुका सम्मोहन विद्या जस्ता  चिप्ला कुरामा मन्त्रमुग्ध भै स्वीकार गर्दछौं , उनका  पछिल्ला गतिविधि हरूलाई  केलाउन आवश्यकता नै ठान्दैनौं | उनका चिल्ला कुरामा कतै न कतै आफ्नो स्वार्थ खोजिरहेका हुन्छौं | हामी आफैंले  आफ्ना हजारौं  स्वार्थमा बाँधेर जसलाई जिताएर पठाउँछौंं उसैबाट शुसासनको अपेक्षा राखेर त्यो मिल्लात ?  त्यसैले समाजका हरेक सदस्यले जिम्मेदारी बनेर देश तथा आफ्नो समाज निर्माणको लागि जाति तथा सम्प्रादाय बाट माथि उठेर सच्चा इमान्दार तथा सदाचारी लिडरसिप भएको व्यक्तिलाई चुनौं | एउटा कुरा याद राखौं कि समाज जस्तो छ नेता पनि त्यस्तै हुन्छ | जुन समाजलाई सच्चा इमान्दार नेताको आवस्यक छ त्यो समाजको आफ्नो स्तर प