Posts

Showing posts from December, 2017

सम्पति को निहुँ मा झगडा

Image

मार्मिक गजल

Image

कविता

Image
***हरुवा बाघ लाइ मेरो सुझाब !*** म जंगल को डन ! जहाँ जाउँ जे खाउँ जसलाई आफ्नो सिकार बनाउँ ! एरिया मेरो हो ! हार तेरो हो ! जति भागेपनी जहाँ लुके पनि खहरा , खोल्सा कुना ,कन्धरा गाउँ ,सहर सबै मेरो हो ! येहाँ मेरो चल्छ ! खै तेरो कहाँ चल्छ ! मलाइ लाग्दैन कुनै बोटमा , तेरो किस्मत फल्छ ! बम हानेर होस् ! गोलि हानेर होस् ! मलाइ हराउने दाउमा अरुलाई तर्शाउन होस् ! तं निर्धो ! सहारा खोज खुकुरीको , तलवार को ,बमको गोलि को ,बोलीको , झुटा मुटा ! फरक पर्दैन मलाइ ! म जंगल को डन ! एरिया मेरो! हार तेरो ! नभन्दै , एकदिन सिकार आयो , आफ्नै अगाडी आयो , साह्रै मिठो स्वाद  ! दाबि बरावर ! सिकार परिक्षा लिदै दुबैको बिचमा टक्क उभियो ! तालि बजाउदै थिय , हजारौं भिड दुवैतिरका  ! फैसला बाकस भित्र को ! खै कसले के गर्यो ! न देख्यो कसैले ! न भेट्यो कसैले ! केहि दिन पछी , बाग ले आफै  किन  , बुढो भएको खबर सुनायो  ! साहेद उसले हार्यो होला ! सिकार अर्कैले मार्यो होला ! उसले अझै हेर्दैन नङ्ग्रा आफ्ना ! खिएर ठुटा भैसकेका ! जंगल को सुरक्षा दिने साह्रा  कसम हरु , झुटा भैसके

झगडा को बिउ हो सम्पति

Image
      परिवार चाहे संयुक्त होस् या एकल ,सम्पति लाइ लिएर एकदिन अवस्ये विवाद हुन्छ |यो सम्पति भन्ने कुरा हुँदा पनि चैन हुँदैन र नहुँदा पनि चैन हुँदैन |अधिकांश विवाद को सुरुवात सम्पति को हक बाट नै सुरु हुन्छ |       हर परिवारमा धेरै थोरै पैत्रिक सम्पति अवश्ये हुन्छ तर समय समय अनुरुप त्येसको स्वोरुप एवं प्रारूप भने परिवर्तन भईरहन्छन | यो प्रक्रिया पुस्तै देखि चलिआएको छ |      कसैले पैत्रिक सम्पति लाइ बेच बिखन गरेर नयाँ ठाउँमा नयाँ रुपले एवं अनेक योजना हरु बाट कमाएको धन को निवेस गरेर आम्दानि बढाउने कोसिस पनि गरेका  हुन्छन | सम्पति प्राय:हामि दुइ रुप मा पाउछौं :- १) चल सम्पति | २) अचल सम्पति | एस्तै प्रकार सम्पति को वारिस पनि दुइ प्रकार को हुन्छन :- १) जन्म बाटै अर्थात वंशानुक्रम अनुसार | २) नियोजित गरिएको या वसियेतनामा बाट |      चल सम्पतिको रुपमा हामि नगद धन,आभूषण ,बैंक एकाउन्ट,फिक्स डिपोजिट इत्यादी जम्मा गर्दछौं तथा अचल सम्पतिको रुपमा हामि घर,जमिन,जायेदाद ,गाडी तथा अन्य उपयोगी साजो सामान को रुपमा जोड्ने गर्दछौं जो नगद को सक्कल मा हुँदैनन् |     संचय गर्ने मानिस को प्रवृति

रात परे पछी (जेल सस्मरण )

Image
       (एउटा बन्दि को आत्मकथा ) (पुरानो डाएरी बाट)     उफ ! .....भित्रै देखि निक्लिएको यो अनौठो लामो आवाज आखिर किन ? के संकेत गर्न खोजेको छ एसले ? कुन बेलामा निक्लन्छ यो आवाज ? एसको आफन्त के र कुन अवस्था हो ? यो कुनै शब्द  हो या  पुरक वाक्य ?  यो  आवाज को कुनै अर्थ हुन् सक्छ र ? म आफ्नो हृदयस्पर्सी यो सुस्केरा लाइ केलाउन बाध्य हुन्छु |       जेल भित्र का अग्ला अग्ला भित्ता हरुको  बिचमा एस्तै उल्टा पाल्टा कुरा हरु ले सताइएको छु आजभोली |माथि हेर्छु मौषम साफ छ | निलो आकाश अब निलो देखिंदैन | साना साना चिम-चिमे ताराहरु का  डोब ले  ढाकिसकेका छन | रबी भने आकासकै एउटा कुना मा सितकाल को  बेला भर्खरै प्रसव पिडा सकेर बसेकी सुत्केरी महिला ले झैँ आफु र आफ्नो नवजात शिशु लाइ न्यानो सिरक भित्र गुटुमुटु पारेझै , दिनभर सिकार गरेर थाकेकी बघिनी झैं निदाइरहेकी छिन | आज साएद १० बजे तिर बिउझिने पालो हो उनको | म भने एदी भाग्य ले साथ दिएछ भने तेती बेला निन्द्रा  को आगोस मा हुन्छु कि !         अग्ला अग्ला पर्खाल एबं हाईटेंसन तार को बिचमा कडा प्रहरी सुरक्षा घेरा (३ लेयर) भित्र कमल को फूलमा ब्रह्मा बसेको झ

कविता

Image
***किनेको मासु*** उ बेरोजगार छ आफ्नो माटो नभए पछी उ पल्टिरहेको छ ! बिस्तारामा उत्तानो पर्दै हेर्दैछ घुमेको पंखा ! जुरुक्क उठछ ! चियाउंछ झ्याल बाट ! देख्छ ,बाटोमा दुरानिमा हिंडेका दुलाहा दुलही ! उ उमेर मा कच्चा छैन ! उसका दांत बलिया छन् ! मासु को लोभी छ उ ! यौवन को भोगी छ उ ! हिंडदैछ जंगल को बाटो अचानक टक्क रोकिन्छ ! उसलाई मासुको गन्ध आउछ डुलाउछ गिध्दे आँखा ! देख्छ पारि को भित्तो मा, एउटा मासु को थुप्रो ! सल्बलाई रहेको , आफ्नै सुरमा ! वेखबर आकास मा उंडेका वाज हरु सङ्ग ! उ लस्किन्छ मासु तिर जिब्रो लोलाउदै ! आफ्नो  भोक मेटाउन मासुको लोभी हो उ ! उ नजिक पुग्छ , झम्टिन्छ ,डर देखाउछ, जिब्रो निकाल्छ , रयाल काडछ ! च्याप्प समाउछ, मासु चल्बलाउछ ! किनकि उ पाक्न चाहन्न , आफुलाई उसको मुखमा जवर्जस्ती जाक्न चाहन्न ! मासु बिरोध गर्छ ! चिल्लाउंछ तर ! सबै निदाएको देश ! सुन्ने कसले ? उ फकाउन खोज्छ आमाको थैली बाट चोरेको रातो नोठ ले मासु किन्न खोज्छ ! फेरी खल्ती मा राख्छ ! मासु को विवसता बुझ्छ एक्लो र एकान्त मा ! भएंकर डर देखाउंदै ! मासुलाई आफ्नै पाराले न

गजल

Image
***(३३)*** घर थिएन घरवार थिएन >>> तिमीलाई राख्ने दरवार थिएन | सैयेउं टेबुल चहार्दा पनि >>> कसैलाई मेरो परवार थिएन | अपांग बाबा बुढी आमा >>> खनेर ख्वाउने खरवार थिएन | चाहन्थें नेटो काटेर जान >>> दु:खीको हातमा तरवार थिएन | भगवान को आँखी भैयो कसरि आस्थामा कुनै कसरवार थिएन | राज काबुल १५ /११/१७/

गजल

Image
***(३१)*** तिम्रो बाँझो खेतमा मलाई मकै छर्न देउन लह लह घाँस बारीमा एकछिन चर्न देउन | फलेकाछन फल हरु देख्दै टिपूँ लाग्यो कस्तो रैछ चाखी हेर्छु बिचार गर्न देउन | छोप्न जान्नु पर्छ हेर मौका जवानी को आँखा म्यासेन्जर मा मायाँ सर्न देउन | छोड ति अर्काको कुरा डर देखाउने मात्र आज फुल चुस्दा चुस्दै मलाई झर्न देउन | रुप मिल्ने रङ्ग मिल्ने उमेर पनि मिल्ने कति उत्ताउली भकी तिमि रात पर्न देउन | राज काबुल १२/११/१७

गजल

Image
( सौता लिएर बसेको श्रीमान लाइ सम्झिन्दै ) ***(२९)*** तिमि पिटे जस्तो गर म रोए जस्तो गर्छु थोरै नजिक आउन म छोए जस्तो गर्छु | आज अर्कैलाइ लिएर बसेउ त के भो ? आँसु थापेर अन्जुली ले धोए जस्तो गर्छु | सँगै बसे पनि त हुन्थ्यो देखेरै मन बुझ्थ्यो तस्बिर राखेर छातीमा सोय जस्तो गर्छु | खै याद पनि आउछ आउदैन तिमीलाई एस्तै एस्तै सोचाइमा मा खोए जस्तो गर्छु | सौता साथ मा भएपनि के नै हुन्थ्यो र नगर्नु गल्ति गरेपछि ढोय जस्तो गर्छु | " राज " काबुल ७ /११/१७

आमा छोरा को सम्बन्ध

Image
    आमा छोरा को सम्बन्ध  पनि आमा छोरी  बीचको जस्तै सम्बन्ध हुन्छ | परिवर्तित समय अनुसार छोरा छोरी मा भेद-भाव नभई समान अधिकार दिएर दुबैलाई एकै धरातलमा राखिएको छ |     किन्तु छोरी लाइ भन्दा छोरा लाइ सम्हाल्न निकै गाह्रो हुन्छ , छोरी एउटा निश्चित दायेरा भित्र हुन्छिन अझै पनि ,सामाझिक दायेरा भित्र रहने हुनाले बाबु आमा को रेखदेख मा हुन्छिन तर छोरा माथि यो बन्देज हुँदैन ,न कोइ समय सिमा नै हुन्छ जसकारण  उसका दैनिक क्रियाकलाप माथि राम्रो सङ्ग मुल्यांकन गर्न सक्दैनन् खै किन छोरी  मा जस्तो निश्चित सिमाना लगाउन जरुरत पनि सोच्दैनन् अभिभाबक हरु |एदी बा - बाट केहि हप्काई दप्काई गरियो भने आमाले  छोरा को पक्ष् लिएर उभिएकि हुन्छिन किनकि आमा ले छोरा को पक्ष् धेरै लिएको पाहिन्छ | आमाको येही प्यार ले छोरा माथि बाबा को असर फिका हुन्छ ,उ अवज्ञाको आदि हुन् थाल्छ | त्येसैले आमा ले हमेशा सचेत रहन  जरुरि छ कि उनको प्यार को गलत फाइदा छोरा ले नउठावोस | हर आमाले केहि आवश्येक कुरामा ध्यान राख्न अत्येंतै जरुरि छ | जस्तैः १)  छोरा लाइ धेरै मायाँ नदेखाउनुस | उनि लाइ वी .आई .पी ट्रटमेन्ट नदिनुस् | २)  छोरा लाइ छोर

कविता

Image
***दानब र फुल *** फुल हरु फुल्छन ! हिमाल पहाड तराइ जताततै फुल्छन ! आफ्नो वाताबरण को हिसाब किताब मिलाउंदै फुल्छन ! हामि लालच को कबर मा ढपक्क ढाकिएका मानब यो अहंकार र भुलमा हुन्छौं ! फुल मेरो लागि फुलेको छ भन्दै , उसको सुगन्ध तिर जुगा झैं तन्किन्दै , मुली हाँगो मा फुलेको सिरान को फुल टप्प टिपेर ! सिमला मिर्च जत्रो नाक मा ठोस्दै मन्त्रमुग्ध हुँदा ! बोटबाट झर्ने आँशु र उसको सुन्दरताको वास्ता के कत्ति भएन ? तिमि आफ्नो झुम्रिएको खस्रो छाला मा दल्ने पचासौं बजारी समान हरु ! पोतेर बनेको आफ्नो स्वोरुप देखाउन के त्यो फुलको अगाडी सर्म लाएन ? कहिले सोच्ने हामि मानब भएर ? २१सौं सदीमा पनि किन बाच्दैछौँ अझै दानब भएर ? फुल फुल्नु त उसको स्वोभाब हो ! किन यो भ्रम मा छौ हे निर्दयी बटुवा हरु हो ? किन सोच्दैछौ ? उसले सुगन्ध तिम्रो लागि छर्दैछ भनेर | किन लुच्दैछौ उसका गरि खाने हात हरु ? किन बन्दैछौ पाप को भागीदार ? अर्काको सुन्दरता लुटेर मुर्झाएको आफ्नो अनुहार अनि कलेस्ठी परेको ओंठ छोपेर ! कति दिन बचाउन सक्छौ आफ्नो अस्तित्वो ? के अधिकार छ तिम्रो उसको माथि ? कुनै दिन दियौ कुल्ला भर प

गजल

Image
   ***(१-३८)*** थिए जो मेरा कहाँ रहे अब नसुल्झेको कथा जस्तै भए अब | पुर्णिमा को चन्द्र कतै हराएझै दुखियाको दिन सबै गए अब | मुटुको खडेरीमा आँशुको चिसो मेटिदैछ अस्तित्वो कतिपय अब | स्वास लिएर हामि निर्जीव बन्दा आउंदैछ भएंकर प्रलए अब | हामि दुबैको मायाँ नपाएपछी कोपिलैमा फुलहरु मुर्झाए अब | “राज” रुपा गाउँपालिका कास्की हाल –अफगानिस्तान ०६/१२/२०१७

गजल

Image

कविता

Image
***दानव  र फुल *** फुल हरु फुल्छन ! हिमाल पहाड तराइ जताततै फुल्छन ! आफ्नो वाताबरण को हिसाब किताब मिलाउंदै फुल्छन ! हामि लालच को कबर मा ढपक्क ढाकिएका मानब यो अहंकार र भुलमा हुन्छौं ! फुल आफ्नो लागि फुलेको ठान्दै  , उसको सुगन्ध तिर जुगा झैं तन्किन्दै , मुली हाँगो मा फुलेको सिरान को फुल टप्प टिपेर ! सिमला मिर्च जत्रो नाक मा ठोस्दै मन्त्रमुग्ध हुँदा ! बोटबाट झर्ने आँशु र उसको सुन्दरताको वास्ता किन   कत्ति भएन ? तिमि आफ्नो झुम्रिएको खस्रो छाला मा दल्ने पचासौं बजारी समान हरु , पोतेर बनेको आफ्नो स्वोरुप देखाउन के त्यो फुलको अगाडी सर्म लाएन ? कहिले सोच्ने हामि मानब भएर ? २१सौं सदीमा पनि ! किन बाच्दैछौँ अझै दानब भएर ? फुल फुल्नु त उसको स्वोभाब हो ! किन यो भ्रम मा छौ हे निर्दयी बटुवा हरु हो ? किन सोच्दैछौ ? उसले सुगन्ध तिम्रो लागि छर्दैछ भनेर | किन लुच्दैछौ उसका गरि खाने हात हरु ? किन बन्दैछौ पाप को भागीदार ? अर्काको सुन्दरता लुटेर मुर्झाएको आफ्नो अनुहार अनि कलेस्ठी परेको ओंठ छोपेर कति दिन बचाउन सक्छौ आफ्नो अस्तित्वो ? के अधिकार छ तिम्रो उसको माथि ? कुनै दिन दियौ कुल्ला भर पानि अनि गल्लि मा

कविता

Image
*** नयाँ नेपाल नयाँ संबिधान *** ***(३)*** बिहान निक्लेको घाम लुकिसकेको छ खै के के देखेर लुक्यो , देख्ने पनि देख्यो, देख्न नहुने पनि देख्यो उसले घिन मानेर पृथ्बी लाइ बादल को हत्केला बनाएर छेक्यो उसले  / हात हटाउछ केहि क्षण अनि नियालेर हेर्छ धर्ति , त्यो स्वच्छ जलधारा , ती मगमगाउने चम्पा, चमेली पारिजात , खहरेको को तोलिगाँडो र त्यो कोयली को आवाज , सब सुन्य छ , जस्तो की ! महान राष्ट्रपिता को निधनमा शोक मनाउदैछ पुरा देश  / लाज को खोक्रो खोल वोड़ेर एक सय चार वर्ष सम्म कटकटीएको , महँगो तेल लेस्सियेर राजसी छाँट काँटमा टिलिक्क टल्केको कालो खोल , हिऊ जस्तो चिसो भएपनि, पटक पटक तताउने प्रयास मा कैयौं बर्ष बिताउने मेरो देश  / आज हजारौ टाउका को नरमुण्ड बनाए पछी बग्ने रातो उनको रगत ले  संविधानको चार अक्षर् लेखेको छ वासिंग मेसिन मा धोई पखाली गरिएको उही पुराको खोल माथि  / अब पुरानो फोकस बिग्रेको लाइट भित्र नयाँ बेटरी राखेर  बाल्दै, देखाइदैछ लेखेको नयाँ नेपाल, अनि नयाँ संविधान  // ***समाप्त*** राजन गिरी रुपा गाउँ पालिका ३ कास्की हाल-अफगानिस्तान ३ /१२/२०१७