Posts

Showing posts from November, 2016

डीयेर जिन्दगि ..

Image
यी कविता तथा मुक्तक हरु मा आफ्नै प्रकार का विशेषता हरु छन्  मेरो भोगाई  लाइ  जस्ताको तस्तै साहित्य द्वारा उतार्ने कोशिस  गरेको  मात्र ..धेरै जसो कविता मेरा  पिडा दायेक नै छन्  अब  भने  व्यंग्यात्मक  लेख्ने कोषिस मा हुनेछु .... ****************************** जानेछु एकदिन कता हो कता मृत्यु को बाजा  भै उदाशी मलामी पन्छाउदै आगो भित्र रमाउदै पुकार ले गर्नेछ तिम्रो नाम दिल मेरो टुक्रिने गर्छ जब तिमीले आँखा बाट आँशु बहाउने छेउ मेरो जीवन को डायेरी  येहीं सम्पन्न हुनेछ | ********** रोएँ ! मन दुख्दा रोएँ ! तिमीलाई सम्झेर रोएँ किनकि यी आँशु त मेरा हुन डाँको छोडेर रोएँ , भन्ज्याङ को ठुलो ढुंगा मा न आउनेको तस्बिर .. कोरेर रोएँ !!!!! ********** अब कसैको चिठी आउदैन मेरो कलम को मसि सकियो अब कसैको मिसकल आउदैन मेरो खल्ती को पैसा सकियो हुलाकी लाइ जानै नपर्ने भो भत्किएको झुपडी तिर मोबाइल अब निदाउने भो किन लैजाने खोपडी तिर ||| ********** ओहो ! आज आयेउ तिमि दु:खीको घर मा बस गुन्द्री तान यता, म पिंडी बढार्दै गर्छु कसिङ्गर छ होला तेता , भोकायेकी हौली तिमी

मेरा दिलका आवाज हरु

Image
***समर्पित छन् तिमीलाई नै *** तिम्रो दिलको गहिराइ मा कसरी मेरो कुटी बन्यो , तिम्रो फेर्ने स्वास मेरो मुटुको ढुकढुकी बन्यो | को हौ तिमि के नाता मा छेउ किन मेरो हमेशा आँखा मा छेउ किन हराउदैछ मेरो भोक र तिर्खा, सम्झिन्दैमा ... ......कस्तो .. रोग यो बिचित्र ||| ********* तिमि बिनाको जिन्दगि अतृप्त प्यास जस्तो भन्छौ भने दोबाटो मा सुताएको लास जस्तो सडक पेटी मा झोला बोकी छाक टार्ने प्रयेत्न मा महल बाट खेदिएको एउटा गरिब दास जस्तो | ********* साच्चै,मलाई आफ्नो तकदिरले रुवायो तिमी कतै जान्छौकि भन्ने पिरले रुवायो मेरै हौ,तिमी मेरै हौ भनि ढुक्कसं बस्याथे आज आएर यो पापि~मंसिरले रुवायो ********* बाँच त्यो प्रेम मा जो मैले तिमीलाई दिएको छु त्यो आँशु मा होइन, जो मैले पिएको छु | ********* न खोजेको पाइयो न रोजेको पाइयो अचानक सपनामा नसोँचेको पाइयो।। ********* कति आए होलान हाँसेर रुवाउनी येहाँ कति गए पनि खिल्ली उडाउने येहाँ अझै आउंदैछन् मुटु चुँडाउने येहाँ |||||

एउटै बाटो तिमीलाई

Image
एउटै बाटो तिमीलाई.... एउटै बाटो तिमीलाई फेरो लागेछ मलमलमा हिंडेसि अफ्टेरो लागेछ । सातै घुम्ति काट्दा थाकेको भनिनौ जिन्दगीमा अर्कैलाई ताकेको भनिनौ, महलबाट प्यारो बुग्रो कटेरो लागेछ एउटै................. हजार बार दोहोर्याउने चलन भयो माया त्यो भन्ने न कुरा जलन भयो, उज्यालो निर्मोहीलाई अधेरो लागेछ एउटै............... एउटै बाटो तिमीलाई फेरो लागेछ मलमलमा हिंडेसि अफ्टेरो लागेछ ।                                       समाप्त  २०/११/२०१६ काबुल                                        राजन गिरी

पढि़ए, ओसामा बिन लादेन की मौत की रात का वो काला सच!

Image
    अल-कायदा सरगना ओसामा बिन लादेन एक बार फिर सुर्खियों में है। दरअसल, सीआईए के पूर्व अफसर एडवर्ड स्नोडेन ने ओसामा के जिंदा होने का दावा किया है। जबकि अल-कायदा सरगना ओसामा 2 मई 2011 को पाकिस्तान के एबटाबाद में मारा गया था। ऑपरेशन में शामिल एक नेवी सील कमांडो की किताब 'नो इज़ी डे- द ऑटोबायोग्राफी ऑफ ए नेवी सील' में इस पूरे ऑपरेशन का विस्तार से जिक्र किया गया है। लादेन को मारने केलिए ऑपरेशन किस हद तक प्लान किया गया था, इन सारी बातों का बड़े विस्तार से जिक्र किया गया है।       मार्क ओवेन के छद्म नाम से किताब लिखने वाले 36 वर्षीय मैट बिसोनेट ने बताया कि ओसामा के मारे जाने के बाद उसे पहचानना मुश्किल हो रहा था। साथी कमांडो टॉम ने मुझसे कहा था कि जिसकी हमें तलाश थी वह हमें मिल चुका है। लेकिन दस साल पहले के ओसामा और मारे गए ओसामा में कुछ अंतर था। मारा गया लादेन बहुत जवान दिख रहा था, लेकिन वहां मौजूद एक चीज ने इस राज से पर्दा हटा दिया। दरअसल, लादेन बाल काले रखने के लिए कलर करता था। इसी वजह से उसकी उम्र में करीब 10 साल का अंतर दिखाई दे रहा था कमांडो ने 1-2 मई 2011 की रात की सिलसिल
Image
मानिस खाद (गोबर) खरिद गरेर ल्याउछन ,जो फोहोर तथा गन्ध  ले भरिएको हुन्छ | एदी तपाइँ ले तेस्लाई घर को नजिक थुपारेर राख्नु भयो भने त्यो दुर्गन्ध ले  बाटो हिडन मुस्लिल   हुन्छ |तर एक अर्को मान्छे ले त्यो खाद लाइ बगैंचामा छरेर तेस्मा फुल हरुको बिज मिलाउछ | केहि दिन पछी बिरुवा बनि ठुला हुन्छन ,बिभिन्न किसिमका फुलहरु फक्रन थाल्छन ,ति फुलहरु को सुगन्ध आस -पास को घर हरु मा निमन्त्रण बनेर पुग्दछन |बाटो हिड्ने बटुवा हरु लाइ त्यो सुगन्ध ले मन्त्रमुग्ध बनाउनछ |हर कोहि एक आनन्दित महशुस गर्दछन |तर सायेदै कहिलै तपाइँ ले सोच्नु भएको होला ,फुल हरु बाट जुन सुगन्ध बनेर प्रकट भएका छन् त्यो उही दुर्गन्ध हो ,जुन खाद बाट प्रकट हुने गर्थ्यो |खाद को दुर्गन्ध, बिज हरु को बाटो हुँदै फुल हरुमा  सुगन्ध बन्न पुग्दछन |       अत:बस्तु को पहिचान गर्न सिकौ ,समय लाइ ब्यार्थ जान नदिउँ,कुनै पनि बस्तु बेकामी हुँदैनन् ,तेस्को सहि ठाउँ मा सहि उपयोग गर्ने बानि बसालौ ,आफ्नो देश को धन देश मै लगानी गरौँ ,काम कुनै पनि सानो हुँदैन ,हर मुख्य सडक मा पुग्ने  बाटो गोरेटो बाटै त् सुरुवात हुन्छ ! समाप्त  २०७३ मंसिर ४ गते (काबुल

शैतान र पुरोहित

Image
एक पुरोहित्  चर्च तिर  जाँदै थियो गाउँ टाढा भएकोले उ भाग्दै गैरहेको थियो ,यसै क्रम मा नजिकै को खाल्डो मा एक जना घाइते लडिरहेको देख्यो  ,जङ्गल को ठाउँ ,उसको छातीमा कसैले चक्कु प्रहार गरेको थियो |    पुरोहित सोच्न थाल्छ म जाउँ या येसलाई उठाउँ | घडी हेर्छ उसले देख्यो कि चर्च पुग्न मा ढिला हुनेछ जहाँ उसले  भाषण  दिनु थियो ,अनि मानिस हरु लाइ सम्झाउनु थियो | आज उसलाई प्रेम को सम्बन्ध मा नै सम्झाउन जानु थियो जसको शीर्षक थियो "लभ इज गाड"क्राइस्ट को बचन लाइ चुनेको थियो कि इश्वोर, परमात्मा प्रेम हो | उ येही सम्झाउन दौडेर जाँदै थियो  तर उस घाइतेले आँखा  खोल्यो अनि चिल्लायो ,पुरोहित मलाइ थाहा छ कि, तँ  प्रेम को बारेमा बोल्न जादैछ्स | म पनि आज तेही सुन्न आउदै थिएँ तर दुस्ट हरुले मलाइ छुरी हानेर येहाँ फालेर गए  याद राख एदी म जिउँदो रहे भने पुरै गाउँ भरि खबर गर्दिन्छु कि नजिक मान्छे तड्पिरहेको थियो यता यो प्रेम को व्याख्यान गर्न गहिरहेको थियो ! देख अगाडी न बढ मलाइ बचा !    येसबाट पुरोहित लाइ केहि डर लाग्यो ,यदि यो मान्छे जिउँदो रह्यो भने पुरै गाउँ भरि खबर गर्दिन्छ मानिस हरुले के भन्लान म

आखिर हारे बुद्ध एबं महापुरुष हरु

Image
     प्रकृति को यो मनोरम दृष्य हेर्न मा जति सुन्दर लाग्दछन् येहाँ  बास बस्ने मानिस हरुले यो रमणीय संसार एबम स्वस्च जलधारा लाइ दुषित बनाइदिएका छन् | हामीले लिने स्वास मात्र दुषित नभएर  जता ततै कोलाहल मच्चिएको छ ,मानिस हरु तछाड- मछाड गर्दै एक अर्को माथि टेक्दै ,पछार्दै अगाडी दौडिरहेका छन् |हर कोइ सामिल छन् यो दौड मा बच्चा देखि बृद्ध सम्म |मानिस हरु  निरंकारी,अहंकारी ,लडाई झगडा मा होमिइसकेका छन् काटाकाट मारामार, यो  युग फेशन भैसकेको छ |कसले धेरै हत्या गर्ने एसको होडबाजी नै चलेको छ एती बेला |     खतम हुने छैन युद्ध ,मेटिने छैन असान्ती ,हिंसा तथा मेटिने छैन इर्श्या | कैयेउ दिन बितेर गए |दस हज्जार साल भैसक्यो | मानिस जाति को पैगम्बर ,तिर्थकर,अवतार सम्झाई रहेका थिए कि लडाई- झगडा नगर ,हिंसा नगर ,क्रोध नगर ,तर कसैले सुने ? सुनेनेन |जस जस ले हामि लाइ सम्झाए उनि हरु लाइ शुली माथि झुण्ड्याएर मारिदिए  |        यो उनको सिक्ष्या को फल थियो |गान्धी जी र बुध्द हामि लाइ सम्झाई रहे कि प्रेम गर ,एकजुट हौउ ,आखिर के पाए तिनले ? हामीले गोलि मार्दियेउ गान्धी लाइ | यो कुल मिलाएर उनको सिक्ष्या कै फल थियो |

ध्यान र समय

Image
जब एक नयाँ बिरुवा को उत्पति हुन्छ ,त्येसका साखा हरु जता पनि झुक्न सक्छन ,तिनलाई कहिँ पनि झुकाउन सकिन्छ | फेरी उही ठुलो बृक्ष बन्दछ | त्येसपछी पनि हामि त्येसका हाँगा हरु लाइ झुकाउने कोशिस गर्दछौं ,परिणाम हाँगा टुटेर जान्छ ,झुक्दैन |    बृद्ध मानिस हरु ध्यान को चेस्था(ठा) गर्दछन संसार भर ,जो अति गलत छ | ध्यान को सबै चेस्था (ठा) सानो बच्पन मै गर्नु पर्दछ तर मृत्यु को नजिक पुगेर मानिस ध्यान उत्सुक हुन्छ ! उ प्रश्न गर्दछ ,ध्यान केहो .योग केहो, हामि सान्त कसरि हुन् सकिन्छ ,के छ एसको माध्येम !जब जिबन को सबै उर्जा हरु नस्ट भएर गए ,जब जिबन को सबै बाटो कठिन अनि मजबुत भए ,जब झुक्न अनि परिबर्तन गर्न मुस्किल भए ,तब उ सोच्न थाल्दछ कि म परिवर्तन कसरि हुन् सक्छु | मानिस एउटा खुट्टा  मृत्युसैया मा अनि अर्कोखुट्टा बाहिर राखेर प्रश्न गर्दछ कि  के ध्यान को  पनि कोइ बाटो छ ?     आस्चर्य को कुरा छ |एकदम पागलपन जस्तो |यो पृथ्बी कहिलै पनि सान्त अनि ध्यानस्थ हुनै सक्दैन |जब सम्म ध्यान को संबन्ध पहिलो दिन नै जन्म लिएको बच्चा संग हामि जोडदैनौ | अन्तिम दिन को बृद्ध संग जोड्न कसरि सकिन्छ ? असम्भब | ब्यार्थ म

बाल्यपन का याद हरु

Image
फोटो भनेको बेलैमा खिचेर राख्नु पर्ने रहेछ ,आज म संग मेरो आफ्नो बचपन को याद गर्ने बाटो सम्झना को अलावा आँखा ले देख्न सकिने केहि छैन | त्यति बेला को मेरो अवस्था नै तेस्तै थियो ,गाउँ मा त्यो सुबिधा नै थिएन |क्यामरा साल भर मा एक दुइ पटक देखिन्थ्यो त्यो पनि गोरा हरु त्यो बाटो हिडेको बेला मा ,कसै ले खिच्थे पनि तर खै के सम्झेर खिंचे, साएद नेपाल को गरिबी र बाध्येता लाइ आफ्नो देश मा औजागर गर्न को निम्ति हुनसक्छ |      आज को जस्तो सुबिधा हुन्थ्यो भने ति बचपन का दिन हरु  क्यामरा मा कैद गरेर  युटुब मा हेर्ने थिएँ होला मैले ,अब कहाँ पाउनु ,कहिले आउने ति दिन ,न मेरो बचपन दोहोरिन सक्छ ,न मेरा बचपन का साथी हरु को |      समझदा नि एकादेश को कथा जस्तो लागेर आउछ आफैँ लाइ आफ्नो अतित का  रोमान्टिक पल हरु सम्झेर एकान्त मा चिया  को चुस्की लिंदै गर्दा |स्कुल मा त पढाइ र लडाई को अलावा खासै याद आउने कुरा हरु तेती छैनन् ,हँ साथी हरु ले खोजेर ल्याएको भिर्कम्ले ,धोबिनी को जरा  ,दालचिनी को बोक्रा ,अमला, काफल तथा येस्तै खाने तथा खेल्न मिल्ने समान हरु लाई बाबा ले दुख गरेर किन्नु भएको कपि को जोल्टे पान्ना दिएर लि