Posts

Showing posts from June, 2017

त्रिकोणीय प्रेम सम्बन्ध र पारिवारिक झगडा

Image
         संबन्ध अनेक थरिका हुन्छन आज म येहाँ बिबाहोत्तर को प्रेम संबन्ध र तेस्लाई विबाह पश्चात पनि निरन्तरता दिइन्छ भने तेसबाट त्यो परिवार मा पर्ने असर को बारेमा आफुले देखेका भोगेका तथा पर्न सक्ने समस्या लाइ जाने बुझे सम्म राख्न गई रहेको छु |अर्को भाषा मा भन्नु पर्दा Triangular Love भनेर बुझौँ |     बिबाह अगाडी को या बिबाह पश्चात हुने अन्य प्रेम संबन्ध ले पारिवारिक मेलजोल मा चुनौती मात्र नभएर पारिवारिक बातावरण नै दुषित गराइदिन्छ |हाम्रो समाज पुस्तैनी पिंढी को हिसाब मा चल्ने हुँदा आमा -बा का क्रियाकलाप को सिधा असर छोरा छोरी हरु मा परि रहेको हुन्छ  |     सर्वप्रथम येस्ता त्रिकोणीय संबन्ध को कारण निश्चित रुपमा परिवार ले आर्थिक नोक्सान त उठाउनु पर्छ नै साथै त्येस   बाट पारिवारिक असन्तोषको जन्म  भई  दिनहुँ झैँ-झगडा  सुरु हुन थाल्दछ  |     स्वार्थ मा टिक्ने खालका येस्ता संबन्ध लाइ टिकाएर राख्न धन को आवश्येकता  पर्ने हुन्छ ,येही धन ले नै परिवार का आवश्येकता हरु लाइ कटौती गरिदिन्छ  | किनकि परिवार मा खर्च गरिनु पर्ने धन एता अर्को संबन्ध टिकाएर राख्न मा खर्च भइरहेको हुन्छ | येसैको परिणाम स्

अफेयरको आडमा ब्ल्याकमेलिङ ,उत्पीडन एबं शोषण

Image
अफेयर त आजको दिनमा अति साधारण बिषय हो तर कहिलेकाँही यसले हाम्रो जिन्दगिमा ठुलो बिकृतिको जन्म दिन्छ । आजका शिक्षीत युवा पिंडीले पनि यसलाई ध्यान दिंदैनन् फलस्वरूप समस्यामा पर्दछन् यसैको एक रुप हो ब्ल्याकमेलिङ ,मानसिक उत्पीडन या भनौं कुनैपनि तरिकाबाट गरिने मानसिक शोषण । यो समस्या बाट स्त्री पुरुष समान रुपमा ग्रस्त छन् , बिगतका केहि भुलका कारण बर्तमान को सुखलाइ आँसुमा डुवाएर काटिरहेका छन् । जिन्दगीको भागदौड को क्रममा कुनै दिन यस्ता ब्यक्तिको संगतमा परिन्छ कि जहाँबाट सहजै निक्लन गाह्रो हुन्छ । ब्ल्याक मेंलर देख्नमा अर्कै ग्रहका मानब जस्ता हुँदैनन् । हाम्रै बीचमा बस्ने हाम्रो कमि/कमजोरीलाइ राम्रोसँग जान्नेहरु नै हुन् । उनिहरु हाम्रो कमजोरीलाइ मापेर निजि फाइदा उठाउने चेष्ठामा हमेशा लागिरहेका हुन्छन् र आफ्नो मनसायमा कामयाब पाएपछि आफ्नो इशारा मा नचाउनु नै यस्ता ब्यक्तिहरुको प्रमुख उद्देश्य रहेको हुन्छ । यस्ता ब्यक्तिहरुको अपराधिक प्रवृति को कारण आज धेरै को जिन्दगी तहस/नहस भएको हामि पाउछौं । आफ्नो फाईदाको निम्ति पीडितबाट गलत कार्य गराउनुलाइ नै ब्ल्याकमेलिङ भनिन्छ । यस्ता ब्यक्तिलाइ सिध