Posts

Showing posts from November, 2020

देशका कंश र कृष्णका कमजोरीहरू / राजन गिरी "राज"

Image
केही दिन अगाडी भगवान् श्रीराम को निकै चर्चा चलेको थियो , श्रीराम को मुर्ति भब्य बनाएर देशमा राम राज्य आउँछ भनेर म मान्दिन | खतरा एस देश लाइ राम बाट होइन ,यस देशमा श्रीराम भन्ने हरु करोडौं व्यक्ति छन् | खतरा यस कुरामा छ कि धर्ममा आड़ेस लागेर कुर्चीका खेल खेल्नेहरूका सोचाई र ब्यबहारिक कौशलतामा सकारात्कमक पक्ष् कमजोर हुँदैछ |  एउटा कुरा म कठोरताका साथ् के भन्न चाहन्छु भने ,शत्रू तपाईको चाहे जो सुकै होस् यो प्रेम , आड भरोशा तपाइँ चाहे जो सुकै सँग गर्नुस ,त्यो शत्रूता पनि अधुरो छ र त्यो प्रेम पनि अधुरो छ जबसम्म तपाइँ उसको सच्चाई अर्थात विचार जान्न सक्नु हुँदैन | त्यसैले यो दुवै कुरा जान्न निकै जरुरि छ कि, ऊ के पढ्छ , उसको सोचाई कस्तो छ , उसलाई के राम्रो लाग्छ , यो तमाम कुराहरू जान्नु हुँदैन भने म यही भन्न सक्छु कि तपाइँ न इमान्दारीले दुश्मनी गर्न सक्नु हुन्छ, न त् इमान्दारीले प्रेम नै ! यो हेरिरहँदा तपाईहरू लाई लाग्ला म कुनै अभियानको हिस्सा हुँ , महोदय , यो देशमा मान्छे हरूले के भन्लान , के सोच्लान र के गर्लान मलाई कुनै फरक पर्दैन | यो बिमारी हाम्रो देशमा छ ,म मान्छु , जसलाई जे सम्झिनु