Posts

Showing posts from October, 2016

छोरा छोरी को दायित्वो

Image
छोरा छोरी को पनि माता- पिता को प्रति केहि कर्तब्य हुन्छन |जो उनि हरु स्वोयम ले ध्यान दिनु पर्ने हुन्छ जस्तै :-   १)  एदी माता- पिता कुनै कार्य को निम्ति मना गर्दछन भने तपाइँ त्यो काम देखि दुरी बडाउनु  राम्रो |   २)  युवा अवस्था  कैरियेर बनाउने अनि पढ्ने लेख्ने हुन्छ अत:एस बिषय लाइ बिशेष ध्यान दिनु पर्दछ |एस्तो नहोस को आमा -बाबा को साह्रा परिश्रम माथि पानि फेरियोस तथा आफ्नो मनमानी बाट आफ्नो भबिस्य माथि नकारात्मक असर परोस |   ३)  बच्चा हरु ले यो ध्यान दिनु पर्दछ कि उनको माता- पिता उनि हरु भन्दा धेरै अनुभबी हुन्छन येसैले उनको राय सुझाब लाइ मान्नु पर्दछ | हुन् सक्छ कि जुन दिशा बाट उनि हरु सोचेर कुरा गर्दैछन त्यो तपाइँ हरु को ख्याल मा नै नआएको होस  |   ४)  आफु भन्दा ठुला को हमेशा आदर गर्नुस | माता- पिता संसार मै सर्बश्रेष्ठ  हुन्छन अत:उनको कहिलै अनादार नगर्नुस |     जुन सन्तान आफ्नो माता- पिता तथा ठुला को आदर, सम्मान  गर्दछन  उनि हरु लाइ जिबन मा हमेशा सफलता को खुसि मिल्दछ ,पितृ को आशिर्वाद ले |    माता- पिता पनि येस्ता बच्चा को साथ् एबम सहयोग दिन मन पराउछन  जुन बच्चा उनि हरु ले भनेको

आमा छोरी को संबन्ध

Image
     आमा छोरी को संबन्ध एक अजिबोगरिब तथा रहस्येमय हुन्छ |आमा, छोरी को मार्ग दर्शिका , सहयोगिनी एवं आदर्श हुन्छिन | साथै छोरी आमा  लाइ  आफ्नो प्रतिदोंन्धि या तानाशाह पनि सम्झिने गर्दछिन | आमा र छोरी ,दुवै नारि को दुइ रुप हुन् |एक आमा जब छोरी लाइ जन्म दियेपछी यो सम्झिन्छिन कि उनि उनको प्रतिरुप हुन् ,जो इछ्या एबम आकान्छ्या  उनि स्वोयेम पुरा गर्न पाएकी हुँदिनन त्यो चिज आफ्नो छोरी को जिबन मा पुरा गर्ने भरपुर कोसिश गरेकी हुन्छिन | किन्तु आजकल परिस्थितिवस  या कुनै कारण ले आमा को  ब्याबहार मा केहि परिवर्तन आउंदछ कि नचाहँदा पनि आमा छोरी मा मनमुटाव उत्पन्न हुन् जान्छ जस्तै  :-   1) आवश्येक भन्दा धेरै लाड प्यार तथा दुलार | यस बाट छोरी को निरंकुशता बढ्ने सम्भावना धेरै  खतरा हुन्छ |अत:आफ्नो लाड प्यार लाइ आफ्नै कमजोरी बनाउनु हुँदैन |   २) छुट  दिनु  को साथ् साथ उनि हरु मा केहि नियेंत्रण पनि राख्नु पर्दछ ताकी तपाइको अपज्ञा गर्न नसकुन ,कुनै आमा हरु सुरु बाट रोक टोक गर्दैनन् अनि जब पछी जब जरुरत आउछ त्यो बेला एकदम बन्दीस मा राख्न थाल्दछिन |नतिजा बच्ची को अवोध मन सोच्न सकिरहेको हुँदैन कि आमा द्वारा क

अहङ्कार

Image
अहङ्कार हमेशा प्रश्न गरि रहन्छ कि तिमी  सँग के छ ? म किन आउँ ?अहङ्कार माग्दछ कि केही छ भने भन म आउछु ,केहि पनि छैन भने आउनुको  जरुरत नै केही छैन       अहङ्कार एक प्रयोजन हो | एक परपज हो | प्रयोजन पुरा हुन्छ भने म आउछु ! एदी कुनै प्रयोजन नै छैन भने आउने कुनै जरुरत नै छैन !         तेस्तै प्रेम निस्प्रयोजन छ | प्रेम को कोइ प्रयोजन हुँदैन |प्रेम आफैँ मा नै प्रयोजन छ |           हामि कपडा मनुस्ये को लगाएका छौं , त्येस्तै  हामि भाषा पनि मनुस्ये को बोल्दछौ , हामि ले आफ्नो साह्रा रुप मनुस्ये को धारण गरेका छौं |तर भित्रि गहिराइ मा मनको  अन्तरात्मा मा भने हामि पशु हरु भन्दा ज्यादा हुन् सक्दैनौं |तेसैले थोरै पनि मौका मिल्यो भने या  हाम्रो मनुस्येता लाइ थोरै पनि छुट मिल्यो भने ,हामि तत्काल पशु बन्न पुग्छौं  | समाप्त  २१/१० २०१६  काबुल                                                                                     राजन गिरी

अद्द्रिस्य ...

Image
जिबन हजारौं बर्ष देखि अनन्त-अनन्त लहर हरु सँग ठोकिंदै छन् | जरुर जिबन कहीं उठ्न चाहिरहेको छ |यो समुन्द्र को छाल,जिबन को  यो छाल धेरै माथि पुग्न चाहन्छन ,तर हमेशा किनारा संग ठोकिन्छन अनि नस्ठ(ठ ) भएर जान्छन यो जिबन रुपी सागर कैयौ अरबौं बर्षौ देखि चोट खाँदै,संघर्ष गर्दै छ ,रोज उफ्रिन्छ ,अनि अनि खस्दछ | के होला एसको यो प्रयोजन को पछाडी ?अवस्ये पनि एसको पछी कोइ बृहत्तर उचाई छुने आयोजन चलिरहेको हुनु पर्छ |अवस्ये पनि एसको पछी केहि गहिराइ मा जान्ने को प्रयोजन चली रहेको छ | जरुर जिबन को सतत प्रक्रिया को पछाडी केहि अरु महानत्तर जिबन पैदा गर्ने को प्रयास चलिरहेको छ |                                                                      समाप्त १८/१०/२०१६ काबुल                                                                                        राजन गिरी

तितो सत्य

मानिस मा भन्दा ज्यादा प्रेम, पशु पन्छी अनि बोट बिरुवा हरु मा देखिन्छ जसमा न कोइ संस्कृति छ, न कोइ धर्म छ | संस्कारी तथा सभ्य मानिस को बजाए असभ्य तथा जङ्गली मानब मा ज्यादा प्रेम देख्न सकिन्छ |उनको पास न कोहि बिकसित धर्म छ ,न कोहि सभ्येता छ ,न कोहि संस्कृति छ | मानिस जति सभ्य ,सु- सस्कृत एबम तथाकथित धर्म को प्रभाब मा मन्दिर ,चर्च ,अनि मस्जिद  मा  प्रार्थना गर्न लाग्दछ ,उति नै प्रेम बाट सुन्य किन हुदै गैरहेको हुन्छ !

एउटा खसीको आत्मकथा

Image
   हामी खसीबोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिरयानी, मटन कवाफ भनेर ।    म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु । कुखुराको चल्लाले माउ कुखुरासँग सोधेछ, ‘ ममी मान्छेको चाहिँ सबैको नाम हुन्छ, हाम्रोचाहिँ किन हुँदैन ?’   माउ कुखुरीले जवाफ दिइछन्, ‘मान्छेको चाहिँँ जिम्दो हुँदाखेरि नाम राख्छन्– राम, श्याम, हरि, राज, मैयाँ, कान्छी, पिङ्की, करिश्मा, करिना । हामी कुखुराहरुको चाहिँ मरेपछि नाम राख्छन्– चिकेन चिल्ली, चिकेन फ्राई, चिकेन म:म, चिकेन कटलेट ।’   हामी खसीबोकाहरुको पनि मरेपछि नाम राखिन्छ– मटन सेकुवा, मटन बिरयानी, मटन कवाफ भनेर । अनि, जिम्दोमा पनि हाम्रो नाम छोटकरीमा हुन्छ । कालो खसी, रातो खसी, पाटे बाख्रो, कालो, सेतो बाख्रो आदि ।     मेरो ममीको नाम सेती बाख्री हो । ड्याडीचाहिँ थाहा छैन । मेरो ममीले एक बेतमा हामी दुई जना जुम्ल्याहालाई जन्म दिनुभयो रे ! मेरो दाइ कालो, म त रातो छु । सायद मेरो ड्याडी रातो र दाइको ड्याडी कालो भएकाले हामी दुई जनाको रंग फरक भएको होला ।     कुरा गरेको सुनेको, हामीभन्दा पहिले हाम्रो ममी सेती बाख्रीले थुप्रै बेत पाठापाठी प