Posts

Showing posts from September, 2020

जिन्दगीको यात्रा / राजन गिरी '''राज''

Image
''कहिले बितेका पल् त कहिले आउने पल तपाईलाई रोक्ने कोशिष गर्नेछन , रुवाउने छन् , डर देखाउने छन् , तर तपाईलाई रोकिनु छैन चल्दै जानुस अगाडी बढ्दै जानुस बढ्दै जानुस बढ्दै जानुस '' म जुन कूरा राख्न जाँदैछु , सायद तपाइँहरू लाई तितो लाग्ला | सच्चाई हमेशा तितो हुन्छ यो यथार्थ हो | जब जब तपाइँ आफूमा दुखि हुनुहुन्छ त्यसको एक मात्र कारण  तपाइले जस्तो चाहनु हुन्छ त्यो नहुनु नै हो | यस्तो लाग्ला जिन्दगी तपाइको हिसाबले चलेको छैन | के जिन्दगीले ठेक्का लिएको छ र तपाईको हिसाबले चल्न पर्ने ? तपाईको चाहना पूरा गर्नै पर्ने ? के जिन्दगीले तपाईको साथ् कुनै एग्रिमेन्ट साइन गरेको छ र ? सिर्फ तपाइकै हिसाबले चल्छु भनेर ! हेर्नुस चाहना तपाईको हो , यात्रा तपाइको हो , त्यसलाई पूरा गर्ने जिम्मेवारी पनि तपाईकै हो | जिन्दगीलाई कुनै फरक पर्दैन तपाई बाँच्नुस या मर्नुस | यदि तपाई बाँच्न चाहनु हुन्छ भने जिन्दगीलाई दोष दिन बन्द गर्नुस | स्वोयम लाई त्यसको लायक बनाउनुस् कि जे तपाइँ चाहनुहुन्छ त्यो खुद यात्रा गरेर तपाईको अगाडी आवोस् | आफ्नो चैतन्य दिमाखलाई  समाधान तर्फ फ़ोकस पार्नुस , न कि समस्या तर्फ |  बसी ब