Posts

Showing posts from March, 2017

जिन्दगि को आखिरी मोड

सोचिरहेको छु म सोच्न थालेको छु म जिन्दगि को आखिरी पल हुने कस्तो हो जानीरहेको छु म चिनीरहेको छु म काल को आहट बिस्तारै -बिस्तारै "टक" -"टक" | जिन्दगि देखि अब केहि अरु पाउने आसा छैन सबै कुरा पाइसकें कतै केहि हराई सकें | भुइँ देखि उखालियेर झर्दै जान्छन तरु पुराना नत्र भने यो जमाना उखालेर फ्याकी दिन्छन | येही हो रिति पुरानो नीति पुरानो हामि खुद बदलिन सकेनौ दुनियाँ बदल्ने  स्थिति कहाँ | उही पुरानो याद फेरी ताजा भइ आयो पुन: कसैको मुहार छायाँ बनेर पच्छ्याई रह्यो कहिँ मस्त जिन्दगि मा समय को एह्शास दिन हराएर पाइएका बस्तु हरुको हिसाब याद दिलाउन | हो ! येही साचो हो मैले बिर्सी सकेथें भौंतारिदा का पल मायाँको जालमा हो ! येसैले आएको थियो उ मेरो जिन्दगीको मुल्य लगाउन | तर उ चुप थियो बोल्दै नबोली उभिएको थियो को थियो ऊ जसको याद छायाँ बनेर पच्छ्याई रह्यो || 2073/12/10                   23/03/2017                     धन्यबाद

तिम्रो निम्ति

बाँच त्यो प्रेममा जो मैले तिमीलाई दिएको छु त्यो दु:ख मा होइन जो बेवास्ता मैले पिएको छु त्यो गित मा बाँच जो मैले तिमि लाइ सुनाएको छु त्यो सब्द मा होइन जो मैले तिमि संग लुकाएको छु त्यो ढोका बाट जानु जो मैले तिम्रो लागि खोलेको छु त्यो अन्धकार बाट होइन जसको गहिराई मा पटक-पटक तिम्रो रक्षा को भाबना बाट सम्हालेको छु त्यो धुरी तिम्रो घर होस्  जस लाइ आसा हरुले बुनेको छु र बुनिरहने छु त्यो काँडा गोखरु त् मेरो हो जसलाई म टाढा बाट नै चुन्ने गर्छु र चुनिरहने छु सागर को किनारा सम्म तिमीलाई जान्ने हरुका उदार उद्धम नै मेरो फेरी त्याहा एक लहर होस् अरुण सबेरा होस ति सबै हुन मेरो पर -पर, तिम्रो नै हो,तिम्रो नै हो सिर्फ तिम्रो नै हो ||||                                धन्यबाद २०७३/१२/१० गते                          २३/०३/२०१७                        

समय बित्दै गयो

Image
गित उस्तै हरिया थिए गगन उस्तै भरिएका थिए समय बित्दै गए जागेका दिन तथा निदाएका रात हरु कैयेउ कुरा हरु फेरी कैयेउ कुरा हरु भरिएका मन आँसु हरु भरिएर नै रही रहे समय बित्दै गए अहं ! अब फिर्ता हुने छैन प्रेम ,पश्चाताप ,न सम्झेउता प्रेम  का दिन , हार का दिन समय बित्दै गए लामो बाटो तर पनि चुप भय सबै कुरा भनेर पनि नभने जस्तो हामि नै आँसु थियेउ ,हामि नै छुरी हामि नै झरी  रहेउं हामि नै बिती रहेउं समय बित्दै गयो |||||                                         धन्येबाद २०७३ फाल्गुन ३० गते                                       राजन गिरी स्थान :-काबुल 

फुल

च्यातिएका फूल आफ्नै म बाटो भरि फिँजाउने छु खुट्टा ले फेरी कुल्चिएर उनलाई म फर्किएर जानेछु साएद आँखा भरिएर आए पछेउरी ले मुख ढाक्नेछु आँखामा,तृष्णा मा  के छ तिमीलाई देख्न दिने छैन |||