Posts

Showing posts from February, 2021

मावोबादी जनयुध्द र त्यसको समिक्षा

Image
२०५२ साल बाट सुरू भएको मावोबादी जनयुध्दले दिएको चोट बाट बगेका  लहुको गन्ध इतिहासका  पानाहरू बाट   हराउने छैनन हजारौं सताब्दि सम्म पनि | एउटा अचम्मको भयको वातावरण सिर्जना गरिएको थियो गाउँ गाउँ मा त्यति खेर | बिहान घरबाट निक्लेका छोराछोरी साँझ सही सलामत फर्कने हुन् कि होइनन कुनै थाहा हुन्थ्येन् | पहिलो कुरा त् गन्तब्य सम्म पुग्न नै गाह्रो थियो | चालिस पचास यात्री बोकेर हिंडेको सवारी साधनको अगाडी  ७ बर्षको बालकले सानो ढुङ्गो राखेर उभिए पनि बस त्यहाँ बाट अगाडी जाने हिम्मत गर्दैनथ्यो त्यति डर थियो त्यो बेला आम जनतामा | कसैले मुख खोलेर बिरोध गर्ने हिम्मत गर्दैनथे | राति घरमा निदाईरहेका बेला  ढोका फोरेर भित्र पसी गलत्याएर लाग्ने पो हुनकी  भन्ने आशंकामा निद्रा बेचिरहेका हुन्थ्ये  नेपाली जनता  | बास्तबमा भन्ने हो भने उनीहरू दुई ढुङ्गो बिचको तरुल जस्तै पीडित  बनेका थिए |  बिद्यार्थी काल देखिकै गतिविधी , मावोबादी लाई  सहयोग पुर्याउने हेतु चन्दा संकलन , खाद्यान्न संकलन, हात हतियार वोसार पसार गरेका  संका र सुराखिको आधारमा घेरामा पारि उनीहरूलाई तत्कालिन सरकारले धर पकड गर्न थाल्यो | त्यही डर बाट आफ्न

उल्लुको सपथग्रहण

Image
  औंशीको कालो रात थियो | जंगलको एउटा रुखमा  उल्लुको  बास थियो भने  त्यसै रुखको फेदमा दुइटा  छुचुन्द्राले बास गरेका रहेछन | राति छुचुन्द्रा आफ्नो आहार खोज्ने क्रममा  कसैले देख्ने हुन् कि भन्दै डराइ  डराइ बाहिर निक्ले | माथि रुखमा बसेको उल्लुले  उनलाई देखेर आवाज गर्यो  "हूउ" ! छुचुन्द्रोले माथि हेरेर सोच्न थाल्यो यो अंग्रेजी बोल्ने खालको उल्लु  रहेछ , हालांकी कुनै पनि उल्लुले  लोकल भाषा बोल्न मन पराउँदैनन्  त्यसैले यो कुनै आश्चर्य त् थिएन | छुचुन्द्राले पनि धेरै अखबार पढेका थिए अलि अलि  अंग्रेजी त् उनले पनि जानेका थिए | उल्लुको  "हूउ" लाई छुचुन्द्राले को हौ भनेर सोधेको  हो भन्ने बुझेर उल्लु  सँग प्रतिप्रश्न गरे के तपाइले हामीलाई देख्नु भएको छ ? उल्लुले  फेरी भन्यो  "हूउ " तर छुचुन्द्राले सुने "यू "  ए तिमी पो ! मज्जाले चिन्छु भन्न खोजेको  हो भन्ने अर्थ  लगाए | अब छुचुन्द्राहरू आत्तिदै  तपाई अँध्यारोमा पनि देख्न सक्नुहुन्छ ,अँध्यारोमा त् कसैले पनि देख्न सक्दैनन् सत्ययुग मा एस्तो हुन्थ्यो कसैले  अँध्यारोमा पनि देख्न सक्दथे ति सर्वग्य ,त्रिकालय  हुन्थ