कविता ( बासी भात् )
खरानी ले ढाकेको अगुल्टो मा पाखुरीको फुसफुसे दाउरा जोड्दै धुवाँ को , सर्को तानेर ढुम्रो बाट मज्जाले छाती भित्र फोक्सो संग मुछदै ! सिखामा झुन्ड्याईएको बासि भात् डोको माथि चढेर निकाल्दै , भोक मेटाउने प्रयासमा बसाल्दै छु वोदान मा तात्तातो धुवाँ माथि !! सकिन साथीको आमाले झैँ भैसीको घिउमा जिरा पड्काइ मज्जाले भुटेर मिठो बनाउँदै , चरेसको थालमा सजाउन ! तर तेती गर्दानी खुसि हुन्थ्येन साथि ! उ सधै रुन्थ्यो खाने बेलामा मलाइ भने परिस्थितिमा पाकेको भान्छाको भोक मिठो त्यो पनि , बाँसको सिन्काले खिपेर , आमाले गाँसेको टपरी मै !! फुस्किन्दै गएको ठेउकामा चुलो नेर , आमाको आडमा बसेकी बहिनीको मुख हेर्दै जिस्क्याउँदै , आमाले पस्कने बेलामा उनको भाग छ कि छैन भन्दै , चोरी आँखाले हेर्दै देउचिमा ! चामल को भात् होस् या कोदाको पिठो जे जस्तो भएपनि संगै बसेर खाएको मेरो बाबा आमाको दुखम सुखम गरि बगाएको पसिना मिठो | “ राज ” काबुल