Posts

Showing posts from October, 2017

गजल

Image

गजल

Image

अनौठो गजल

Image

भूकम्प

Image

प्रणय गजल

Image

रोमान्टिक गजल (कूरो बिझ्ला सारी माथि उठाइदेउन बिन्ति ...)

Image

मुक्तक संगालो ''कुरीकुरी ..हा ..हा.. हा "

Image
***(१-१ )*** खुसि राखौंला भनेरनै म खाडी धाएको चर्को घामले पिल्सिदै तसला उठाएको मेरो पसिनाले उल्टै मात पो चढेछ तिमीलाई थाहा भएन म हो या तिमि बौलाएको || ***(१-२)*** कालु मेरो कालु अब भन्दै नभन्नु तिम्रो जिबन साथि त  गन्दै नगन्नु नाठो च्यापेर नानि सुताउँदैछु भन्नेले श्रीमान छ मेरो   भन्ने ठान्दै नठान्नु | ***(१-३)*** बाल्येकाल र यौवन ढिकी जाँतो मै बित्यो खोलि को माने सँग ढीडो र आंटो मै बित्यो कहिले हात टुटाइयो कहिले दाँत फुटाइयो जिन्दगि नै मेरोत हिलो र माटो मै बित्यो | ***(१-४)*** तिमीले लाएको गुन कहिलै भुल्दिन म तिम्रो घर आँगन छोडी अन्त फुल्दीन म ज्यानै दिन्छु तिमि लाई कसैले भनेपनि तिमि बाहेक अन्त कतै खुल्दै खुल्दीन म | ***(१-५)*** नहिंड बाटो मेरो तिमीलाई ठेस लाग्न सक्छ नजुधाइदेउ आँखा हरु फेरी मायाँ जाग्न सक्छ जे भयो भयो ति सबै अतितको गल्ति मान्नु बल्झाय बर्तमान मा खुसि साह्रा भाग्न सक्छ || ***(१-६)*** मायाँ गरें मैले खुबै र पाएँ पनि अश्रुधारा र यौनरस ले नुहायें पनि कतिका भनाइ खायँ कतिले थुके मुखमा कसैको प्रवाह नगरी हतकडी लगाएँ पनि | ***(१-७)**

__ गजल __

Image
तस्बिर कोरेर आकाशमा मनको ऐना ले हेर्ने गर्छु डल्ला फोरी तोरी फुलाई दु;खको साटो फेर्ने गर्छु | हलो कुटो काँधमा राखी गाजले र सिन्दुरे संग जरि जटठइ भै बसेको बाँझो खेत केर्ने गर्छु | देख्छु आँखा चिस्याई सधैँ लाहुर छिर्ने हरु पनि लैनो भैसी दुध पिएर धानको निन बेर्ने गर्छु | बाबा आमा सानो जहान सधैं उनको साथि बन्छु साक्क्षात् भगवान उनै मेरा जे भनेनी टेर्ने गर्छु | छैन मलाई इश्वोर छोडी दुनियाको चक्कर लाउनु फुलेको छु येही माटोमा येही माटोमा झर्ने गर्छु | “ राज “ अफगानिस्तान २ अक्टुवर २०१७

___गजल ___

Image
तिमि थियेउ जिन्दगीमा थोरै जिउने आश थियो स्वाभिमानी बोलीबचन शस्कार पनि खास थियो | कहाँ पुग्येउ सुनचरी झैँ हिमाल पहाड तराइ खोजें ढालीसकेछ दाउरे दाइ ले जहाँ तिम्रो बास थियो | रन्थनिंदै तस्बिर देखाई खोज्न थालें चारै तिर नत भेटें खेल्ने डाली नत गुणको घाँस थियो | डाँडा गाउंको देउरालीमा पुगें पाती चदाउन हेर्दै जाँदा दोबाटोमा अन्न पैसा मास थियो | पुजारी लाइ खबर सोध्दा मुटु भल्को बन्द भयो खबर पाई आमा पुग्दा त्येहाँ मेरो लाश थियो | “ राज “ २१/९/२०१७ काबुल

***** गजल *****

Image
तिम्रो विचार अर्कै भए म मोहनी फुकाई दिन्छु त्यो पिडा ले बग्ने आँशु आँखा भित्रै लुकाई दिन्छु | चाहना छ सधैँ मेरो गुनगान तिम्रो सुन्न पाउँ मुश्किल परे भन्नु मलाइ सगरमाथै झुकाइ दिन्छु | सफलता का पाइला हरु बढ्दै जाउन येसरी नै बीचबाटोमा पर्ने बाडी भेल सबै सुकाई दिन्छु | तेजगतिमा उडनु तिमि संसार ले चिन्न सकोस तिम्रो निम्ति पृथ्बी को समय लाइ रुकाइ दिन्छु | प्रशंग मा मलाइ देखाई होलान तिम्रा बिबाद हरु तेस्तो परे हांसी हांसी जिन्दगि नै लुटाई दिन्छु | “राज” रुपा गाउँपालिका कास्की हाल अफगानिस्तान १५/०९/१०१७

***** गजल *****

Image
बर्षौं पछी खाडी बाट जेल तोडेर फर्कें || देख्दा आफै माला भित्र घर छोडेर फर्कें कमाई गर्न गको छोरा खबर नपाएरै ||| अस्तु बगाई गंगाजल ले मुख धोएर फर्कें बिरानो घर मातृभूमि को अस्तिपन्जर || अर्धांगिनी को गुड का खोसेला सोरेर फर्कें खै सानी पुतली थिइन् कस्ती भैछन कुन्नि दैलामाथि उनको फोटो छाम्दै रोएर फर्कें इश्वोर बुध्द अल्ला प्रभु जिऊदो नभेटेर || आँसुले नै आफ्नो घरको दैलो धोएर फर्कें| “राज” रुपा गाउँपालिका(कास्की) हाल अफगानिस्तान १० अगस्त २०१७

*** गजल ***

Image
आँखा खुल्ला छन् जागिरहेछु म कल्पनामै कता कता भागीरहेछु म | बादलुको घुम्टो भित्र लडिबुडी खेल्दै तिम्रो न्यानो स्पर्श मा नाचिरहेछु म | तिमि साथमै हुनु पर्छ भन्ने छैन तर हराएको स्पन्दन त्यो मागीरहेछु म | चाँदनी ले चन्द्र प्रभा छर्दा तिमीमा पृथ्बी को बुट्टा हेर्दै बाँचिरहेछु म | उही आँखा उही नाक उस्तै रुप रङ्ग सम्झनामै सम्पूर्ण हद नागिरहेछु म | “राज” रुपा गाउँपालिका (कास्की) हाल अफगानिस्तान १० अगस्त २०१७

गीत

Image
झुटो रहेछ संसार यो झुटा तिम्रा कसम हरु ढोंगी रैछ हामि बिचका माया प्रेमका रसम हरु | तिम्रो निम्ति के गरिन शुली चड्न तैयार हुँदा घुक्क घुक्क मन हुन्थ्यो पिंजडा मा मायाँ रुंदा एउटा नाटक रहेछ तिम्रा ति साह्रा जसन हरु ढोंगी रैछ हामि बिचका माया प्रेमका रसम हरु | माछी जस्तै जालमा परें चाहन्छु म स्वोतंत्रता उड्न मन छ चरी जस्तै बेग हानेर कता कता उडाइदेउ हावा भुल्छु जिन्दगीका टसन हरु ढोंगी रैछ हामि बिचका माया प्रेमका रसम हरु | झुटो रहेछ संसार यो झुटा तिम्रा कसम हरु ढोंगी रैछ हामि बिचका माया प्रेमका रसम हरु | राज काबुल 1 Aug 2017

गीत

Image
जिबन का हरेक कथा हरु तीर बनेर घोचिरहे घुम्दै उड्ने वाज हरुले लाश मानेर नोचिरहे | दुइटा दिन निर्मोही साँ बिताउनु नै गल्ति भयो मायाँ लाइ भोग गरि छोडी जाने चल्ती भयो एकान्त मा आँसु झारी प्रत्येक घटना सोचिरहें घुम्दै उड्ने वाज हरुले लाश मानेर नोचिरहे | पामर को पाहार तापी उड्ने परावत जस्तै पियालो मा लुकामारी खेल्ने येथाबत जस्तै बिर्सनलाई सम्झनु पर्दा आफैं होचिरहें घुम्दै उड्ने वाज हरुले लाश मानेर नोचिरहे | जिबन का हरेक कथा हरु तीर बनेर घोचिरहे घुम्दै उड्ने वाज हरुले लाश मानेर नोचिरहे | “राज” रुपा गाउँपालिका (कास्की) हाल अफगानिस्तान ०२/०८/२०१७ जटिल सब्दार्थ पियालो =लुकी छिपी हिंड्ने बाटो /चोर बाटो ,पाहार =पहारिलो ,परावत=परेवा ,पामर =फटाह

--- गजल ---

Image
धामी गुरु मोहनी को मंत्र लगाइदेउन् उनको नजिक भुन्भुनाउने किरा भगाइदेउन | जुनदिन छोडे ति आँखामा कामदेब ले बाण त्येही दिन देखि मात्तिएँ म लौन बोलाइदेउन | हातको गास नि मुखमा जान्न कत्ति सम्झे पछी उनलाई पनि म प्रति को मायाँ जगाइदेउन | जति माग्छौ दिन्छु म घर घडेरी नै बरु दिल हो यो तेही मोरी को जौ तिल चढाइदेउन | पर्छ भने मशान जगाउ भोग चढाउ मध्येरात मा मेरै हातको सिन्दुरले त्यो सिउँदो सजाइदेउन | “ राज “ रुपा गाउँपालिका (कास्की) हाल अफगानिस्तान १३ श्रावण २०७४

----- गजल -----

Image
घरवार बिग्र्यो भन्दै रुने, आफ्नै गाउँको नानि रैछ निरासा र कुण्ठित हुने, अचम्मै को बानि रैछ | हिंड्नु हुँदैन अतित बोकी, इखालु भै बाच्नु पर्छ असामान्य दुर्घटना, मात्र भन्न जानी रैछ | प्रेम सबको उस्तै हुन्छ ,फरक ठान्नु कत्ति हुन्न जस्तो लेख्यो भोग्दै जाने, त्यो नै मान्छे ज्ञानी रैछ | मर्छु जिबन बरबाद भयो, भन्ने सबै काएर हुन्छन  साहसी भै दह्रो मुटु, बनाउने कै नामी रैछ | छुट्नै पर्छ साथ् एकदिन , बा आमा र पति को नि    नफस्नु है कुलत मा, जिबन स्वोर्णिम खानि रैछ | राज काबुल २५/०७/२०१७

----- गजल -----

Image
तिम्रो प्रेमको दोषी हो ‘राज‘ गिरफ्तारी गरे हुन्छ बाँध मलाइ हतकडी ले अनि बसाइ सरे हुन्छ | मायाको अतिवृष्टि ले अतिव्याप्ति रुझाइदियो अद्यादेश ल्याई नयाँ मेरो प्राण हरे हुन्छ | अतिरन्जित तिम्रा बयान सहस्र स्वीकार्य छन तिमीले थापेको अज्यौली मा मुस्कान छरे मैले | तिम्रो निम्ति सधै हुनेछु अधवेसुरो अज्ञानी म बुध्दिमानी नौजवान को अब सरण परे हुन्छ | सरकार तिम्रो अडान तिम्रो न्याय कानुन सबै तिम्रो अझै धित नमर्याभा जन्जिर लिएर झरे हुन्छ | राज रुपा गाउँपालिका (कास्की) हाल अफगानिस्तान २४/०७/२०१७

------ गजल -------

Image
कसो गरि छुट्छ होला बानि तिनपानेको थोरै खाँदा झ्याम्म लाग्ने पानि तिनपानेको | के राखेर बनाउछेउ सिकाइदेउन् ‘ मुन ‘ पुरै सरिर सल्बलाउने खानि तिनपानेको | नाकै टोल्ने गन्ध तर पिए पछी मज्जा बोलम बोलम छुम छुम लाग्ने हानि तिनपानेको | ठिक्क पिए मात लाग्ने धेरै पिए वाक्क नजरैमा नशा रैछ नानि तिनपानेको | कोमल हातले गिलासमा भर्दा निहुरेर घर्की भन्दा असाध्दै छिन दानी तिनपानेको | “ राज ” रुपा गाउँपालिका ( कास्की ) हाल अफगानिस्तान ४ श्रावन २०७४

---- गजल ----

Image
खै चाल थियो या जाल थियो सिरानी मुनि कसैको कपाल थियो | अफ्ठ्यारो मा पासो थापेर साएद मलाइ फँसाउने जन्जाल थियो | म अन्धो भएर बहंदै गएछु होसमा आउदा दुइ भंगाल थियो | निक्लूं म कसरि कैद परेपछि येहाँ पुर्याउने सामाजिक संजाल थियो | प्रायश्चित जब गर्न खोजें मेरो हातमा हथकडी र पुलिसको सँगाल थियो | “राज” रुपा गाउँपालिका ( कास्की ) हाल अफगानिस्तान ४ श्रावन २०७४

---- प्रणय गजल ----

Image
उतार्न देउ सौन्दर्ये लाइ मन को ऐना भित्र बनिदेउन मेरी दुलही अर्को मैना भित्र | रातो सारी लार्कायेर पाउजू बजाउंदै सुस्त सुस्त छिरिदेउन मेरो रैन भित्र | कति खुसि होलिन आमा आशिर्वाद माग्दा बुहारी लाइ राखेस बाबु भन्लिन नैन भित्र | खोले ढिडो खाउला खुसि मनाउंला दुनिंयालाइ डाहा होस्न हाम्रो चैन भित्र | दुइ चार वोटा फुच्चे फुच्ची जन्माएर काली आनन्दले दिन काटौला सुखी सएन् भित्र | “ राज “ रुपा गाउँपालिका ( कास्की ) हाल अफगानिस्तान ४ श्रावन २०७४

---- गजल ----

Image
(२०७२ बैशाख१२ गते गएको भूकम्प लाइ लिएर ) काउँ काउँ काग करायो दैलोमा सुनेर शिसु डरायो दैलोमा | नभ,जग मिलि रोय जस्तो लाग्यो सुरक्षा को जन्तर हरायो दैलोमा | सुभकामना नवबर्ष को कहाँ सक्याथ्योर एक्कासी त्राहिमाम गरायो दैलोमा | चल्यो खैला बैला रुदै कराउदै अघि उभिएको घर भर्भारायो दैलोमा | काम्यो धर्ति आफैँ ठुलै क्षेति भयो आफ्नै घरले किची किची मरायो दैलोमा | पुर्खेउली शान ति कैयौ धरोहर ले अँगालो मा च्यापी ढलायो दैलोमा | “राज” रुपा गाउँपालिका(कास्की) हाल अफगानिस्तान

--- प्रणय गजल ---

Image
साँझ खाको जुठा भाँडा भिजाएर राख नागबेली केशरासी फिँजाएर राख | पुर्णिमा को जुन जस्तै कोमल कल्की बदन मध्येरातमा आउंछु बत्ति निभाएर राख | पलंग को चाइ -चुँइ हुँदा मुस्किल बढ्न सक्छ सुत्न राम्रो भुइँ मै हुन्छ मिलाएर राख | अध्यारो मा छाम-छुम गर्दा हुन्न तेती मेसो हात लागे फाट्न सक्छ सिलाएर राख | घरका सबै सुतेपछि छोटो मिसकल दिनु कुकुर भुक्ला आज मात पिलाएर राख | आधिरातमा बिज रोपी ठुलो बनाउनुछ डल्ला फोरी झार टिपी जिलायेर राख | “ राज “ रुपा गाउँपालिका कास्की हाल अफगानिस्तान ०७/०७/२०१७

---- प्र : गजल ----

Image
मिर्मिरे मा गाग्री बजाई “झरिन” मैसाब तातो तातो मूल को पानि “भरिन” मैसाब | पानि पिउदै चोंच मिलायछन जोडी भंगेरा अत्तालिंदै मलाइ फोन “गरीन” मैसाब | बिस्तारामै उल्टो पाल्टो के के सोची राथें देख्ना साथ् अंगालोमा “परिन” मैसाब | मात लाग्यो मलाइ कुन्नि के मा हात लाग्यो छताछुल्ल यौवन पोख्दै “लरिन” मैसाब | तात्दा-तात्दै मूल को पानि भल्को फुटे पछी बे वर्षा मै रुझी पर “सरिन” मैसाब || “राज “ रुपा गाउँपालिका कास्की (७४ आषाड १०)

--- गजल ---

Image
हेर्न जाँदा मुस्कुराइन उनले देखेपछी सर्मायेर लुक्दो होला जुनले देखेपछी | हजुरबा ले भन्नु भथ्यो सबै तिर हेरे एती सुन्दर छोड्थ्योर कुनले देखेपछी | लप्पन - छप्पन कतै तिर भय भन अझै नत्र भोलि सराप्नेछ नुनले देखेपछी | खुसि कति हुन्छेउ कुन्नि थाहा छैन मलाइ रुँदै बुबु भन्दै आफ्नै खुनले देखेपछी | धन छैन महल छैन मायाँ दिन्छु पुग्छ भने कतै मलाइ छोड्ने हौ कि सुनले देखे पछी | दु:ख पाउदा घरवार छोडी टाप कस्ने हौकी मेरो भन्दा पराइ को गुनले देखेपछी | “धन्यवाद” “राज“ रुपा गाउँपालिका कास्की हाल अफगानीस्तान २०७४/०३/११

---प्रणयपरक गजल ---

Image
के मुड चल्यो छिटै पकाई खान बोलायौत मात्तिएर मलाइ हेर्दै निकै टोलायौत | नुहाइधुवाइ कोरीबाटी चिटिक्क परेर आँखा मार्दै ओठ टोकी जिब्रो लोलायौत | घरमा छैनन् कोहि आज खुसि गर भन्दै बिस्तारामै कता कता हात डोलायौत | सिरिंग-सिरिंग ,जिरिंग जिरिंग .. सिरिंग -सिरिंग हुन् थाल्यो के दौडियो म मा कति छिटो नाइलोन को बोक्रा खोलायौत | रेशमी चोइटा फाल्दै औराख निक्लेपछी च्याप्प कस्दै सिखारी को नाल मिलायौत | हान्यो गोलि बन्दुके ले ठाम मै जाने गरि सिस्कारी मै आ..उं.. गर्दै छिटै सेलायौत | "राज " रुपा गाउँपालिका कास्की हाल अफगानिस्तान

-----प्रणयपरक गजल -----

Image
छरिएका केशरासी जुटाइदेउन बिन्ति कूरो विज्ला सारी माथि उठाइदेउन बिन्ति | बेढंगको झरिपर्दा भिज्यो बदन निथ्रुक्क भै अङ्ग-अङ्ग उजागर भो लुकाइदेउन बिन्ति | हलचल बढ्यो मन्मा लौन मेटाइ भोक प्यास तप्किएको जलधारा ले चुठाईदेउन बिन्ति | गर्ज्यो गगन दर्क्यो पानि बसम पाटि भित्र चिसो भुइँ मा तातो यौबन लुटाइदेउन बिन्ति | तिमि एक्लो म नि एक्लै बैंस का मात बेग्लै त्येही बैंसका हल्का आँच मा सुकाइदेउन बिन्ति | छुट्नु पर्छ शङ्का होला ढिलो नगरम भो जे त् पर्ला सुर्के गाँठो फ़ुकाइदेउन् बिन्ति || "राज" *****

------गजल ------

Image
रोयो मेरो देशको ढाका टोपी रोयो सगरमाथा चुचुरोले झन्डा बोकी रोयो | कहाँ गए गौतम बुद्ध कसले मान्यो अर्ति राष्ट्रप्रेमी हुम भन्नेले मुख छोपी रोयो | सहिदहरु सराप्दैछन आत्मा जगाएर जन्मेपछि दुधे बालक टाउको ठोकी रोयो | हत्या हिंशा बलात्कारी चोर डाकु को रेलो कुकुर आज बीचबाटो मा लास रोकी रोयो | “राज “ *****

---------गजल--------

Image
म तिम्रो सहरमा   रोकिंदैछु   प्रिया थाहा छैन कुन मोडमा ठोकिंदैछु प्रिया | मात को प्याला भित्र तिम्रै प्रतिबिम्ब झन्-झन् उन्मात ले सोकिंदैछु प्रिया | बस ! सब ठिक छ तर ... सबै ठिकैछ तिम्रो कमि खल्किरहंदा तप-तपी यौवन पोखिंदैछ प्रिया | कहां छौ तिमि कुन हाल मा छौ यो अन्जान सहर मा चोखिंदैछु प्रिया | “ राज “ रुपा गाउँपालिका (कास्की) हाल अफगानिस्तान ०३/०७/२०१७