Posts

Showing posts from December, 2020

गीत ; उही मायाको /राजन गिरी ''राज''

Image
गीत  कोर्दिको  चिसो  पानी हावा बिसाउनेको   फेरी आज याद आयो बोल्दा रिसाउनेको ।  पहिलो  मायाँ  मुटु  भित्र  हुने   सधै  भरी  बाँचुन्जेली  आँखा अघि आउने  घरि घरी   पँधेरीको पानी सङ्ग  माया  मिसाउनेको  फेरी आज याद आयो बोल्दा रिसाउनेको । मंसिरमा लाए्को माया  बैसाखमा  छुट्यो  सङ्गै बाँच्ने  सङ्गै मर्ने वाचा कसम टुट्यो  छैन  खबर  पराई  बनि  टाढा  बिताउनेको  फेरी आज याद आयो बोल्दा रिसाउनेको । कोर्दिको  चिसो  पानी हावा बिसाउनेको   फेरी आज याद आयो बोल्दा रिसाउनेको  🌺धन्यवाद 🌺 राजन गिरी ''राज''  रुपा ३ , कास्की 

हरेक नेपालीले एक पटक सुन्नै पर्ने नेताज्युको तलवारी भाषण

Image
 

भ्रष्टाचार र यसबाट हुने आर्थिक तथा सामाजिक असर ;/ राजन गिरी "राज" Corruption and its social /economic impact

Image
सत्ता तथा पावोरमा रहेका व्यक्तिहरू द्वारा गरिने बेइमानी या धोकाधडीको आचरण अर्थात सार्वजनिक जीवन वा स्वीकृत मुल्यको विरुद्ध गरिने मनोमानी लाई भ्रष्ट आचारण भनेर बुझिन्छ | ( भ्रष्टाचार = भ्रष्ट + आचार ) आम जनजीवनमा यसलाई आर्थिक अपराध सँग जोडेर हेरिन्छ |  भ्रष्टाचार गरिने तथा गराइने क्षेत्र् हरू निम्न छन् :- १. सरकारी तथा सार्वजनिक क्षेत्र ;                                            क . राजनैतिक भ्रष्टाचार                                             ख.  पुलिस द्वारा भ्रष्टाचार                                              ग.  न्यायिक भ्रष्टाचार  २. शिक्षा प्रणालीमा भ्रष्टाचार  ३. श्रमिक संग संस्था हरूमा भ्रष्टाचार  ४. धर्म मा  भ्रष्टाचार  ५. दर्शनमा भ्रष्टाचार  ६. उद्योग जगतमा भ्रष्टाचार (corporate corruption) इत्यादि | भ्रष्टाचारका मुख्य विधिहरू :- १. घुस लिने घुस दिने  २. चुनावमा धाँधली  ३. यौन सम्पर्कको बदलामा  पक्षपात्  ४. हप्ता असुली  ५. जवर्जस्ती चन्दा असुली  ६. अधिक्रमण,अधिग्रहण  र ब्लैकमेलिंग (extortion/blackmail)  ७. विवेकाधिकार (discretion) को दुरुपयोग  ८. भाइ भतिजावाद (nepotism)

नेताज्यू लाई सुशासनको ट्युसन / राजन गिरी " राज "

Image
ईतिहास गवाही छ पृथ्वीनारायण शाहले एकीकरण गरेर सिङ्गोे नेपालको जगेर्ना गरे | हामी आज आफ्नो सानो  परिवार अथवा संगठन लाई एक गर्न असमर्थ छौं | उनि पनि नेपाल आमाकै छोरा हामी पनि नेपाल आमालेनै जन्माएर हुर्के बढेका मान्छे | यत्रो अन्तर आखिर कसरी आयो ! हामी कुन हैसियेतले हतौडा चलाउन पुग्यौं पृथ्वीनारायणको शालीक माथि ? को रहेछौं त्  हामी ? उनको शालिक फोरेर आखिर हामीले गर्न र पाउन खोजेका  के  रहेछौं ? मैले त् आज सम्म एसको जवाफ पाइन् | कतै हामी फेरी वानर युगमै त् फर्किंदै छैनौं , यो चिन्तन को विषय हो | सत्ताको प्रलोभनमा  मान्छेले नैतिकता कसरी बेच्दो रहेछ हालको राजनैतिक घटनाले  छर्लङ्ग देखाउँछ | आफूलाई सुशासनको ऐनाले हेर्ने हरू नैतिकताको खोक्रो  खाङग्रे  ओढेर सडक तताइरहेका छन् र हामी जनता हरू मुख दर्शक बनिरहेका छौं |  हामी जनताको माग  के नै छ र !  मात्र देशको सामाजिक  तथा राजनैतिक इकाई [ जस्तैः गाउँ , नगर,राज्य सरकार इत्यादि ]  लाई यस प्रकारले चलाइयोस कि जसबाट बांछित परिणाम मिलोस् | सुशासनको अन्तर्गत धेरै चिजहरू आउँछन जसमा : पर्याप्त बजेट ,सही प्रबन्धन ,कानूनको शासन , सदाचारी इत्यादि | यसको विपरीत

आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"

Image
  आधुनिक लोकतन्त्रको एस्तो कुनै सर्वमान्य परिभाषा त् छैन जो कि एस शब्दको पछाडी लुकेको सम्पूर्ण ईतिहास तथा अर्थलाई आफूमा समाहित गर्न सकोस | भिन्न-भिन्न युगमा बैज्ञानिकहरूले अनेकौं परिभाषा दिएका भएपनि अन्त्यमा लोकतान्त्रिक व्यवस्थामा जनतानै  संप्रभुता हुन भन्नेमा स्वीकार गरिएको छ  |  जनताको अर्थ के हो ,संप्रभुता कस्तो र कसरि हुनुपर्छ, यी  मुद्दाहरू भने सधैं विवादास्पद नै रही रहे | अब्राहम लिंकन को अनुसार लोकतन्त्र  जनताको लागि र जनता द्वारा शासन - प्रमाणित मानिएको छ | लोकतन्त्रमा जनतानै सत्ताधारी हुन्छन | जनताकै अनुमतिले शासन हुन्छ , उनको प्रगति नै शासनको एक मात्र लक्ष्य मानिएको छ | लोकतन्त्र केवल एउटा विशिष्ट प्रकारको शासन प्रणाली मात्र नभएर एक बिशेष प्रकारको राजनैतिक संगठन ,सामाजिक संगठन ,आर्थिक व्याबस्था तथा नैतिक एवम मानसिक भावना पनि हो | लोकतन्त्र जीवनको समग्र दर्शन हो जसको व्यापक परिधिमा मानव जीवनको सम्पूर्ण पाटो पर्दछन |  लोकतन्त्र को शत्रू :- भ्रष्टाचार  उग्रवाद , आतंकवाद , हिंसा  वंशवाद ,परिवारवाद ,कार्पोरेट वाद  राजनैतिक अधिनायकवाद  निरंकुश शासकीय व्यवस्था                      

नेपालको राजनैतिक घटना २०७७

Image
       नेपालको विवादित राजनैतिक अवस्थालाई केलाएर हेर्दा कता कता सभ्यताले जन्माएको एउटा अभिशाप ,काकाकुलको तिर्खा मेटाउने उपक्रम अर्थात चट्यांगको त्रासद विभीषिका लाग्छ | माफी चाहन्छु विषय नै गहन छ , हालको स्थिति लाई  समग्रमा भन्नु पर्दा हामीले जसको भरोशामा आफ्नो औंला काट्यौ आज उसैले हाम्रो गरिखाने पाखुरा काट्न खोज्यो , जो संग धेरै आशाहरू  राख्यौं ऊ त् आफैंमा निरिह , भित्र गुदी नभएको खोक्रो ,नितान्त रित्तो तथा निदाएको मष्तिस्क जस्तो रहेछ भन्ने कुरा पछिल्ला वर्ष बाट गरिएका र गराइएका हरेक बेसुरा हावादारी क्रियाकलापहरुले पुष्टि गरिदिएको छ |    हामी नेपालीहरूले कहिले सम्म यो सतिको सराप लागेको भनेर चित्त बुझाएर बस्ने ? अब पनि औला नउठाए कहिले उठाउने ? हजारौ सहिदहरूका छातीबाट निक्लेका लहूको ऋण कसरि तिर्ने ! ए संविधानका रक्षक् बनेर टुप्पामा बस्नेहरु हो ! नढाटि भनत एतिका संघर्ष र बलिदान बाट ल्याएको एस परिवर्तन लाई कुठाराघात गर्दा तिम्रो हात कामेन ? आफैले जन्माएको आफ्नै काखमा हुर्किंदै गरेकी छोरीजस्तो संबिधानको बलात्कार गर्दा तिम्रो आँखा रसाएन ? तिमी र तिम्रो आडमा लुक्दै हिंडेका निर्मलाको बलात्का

गजल / राजन गिरी "राज"

Image
गजल उनको जिन्दगीमा अरु कोही आएको बेला  दैलोमा काग करायो दुश्मन बनाएको बेला ।  कोपी फुटेर भर्खर फूल फक्रँदै थियो  लग्यो चुँडेर पापीले निदाएको बेला । किन आउँछन जिस्क्याउन परेवाका जोडीहरू  कसैको वियोगले मन छट्पटाएको बेला । #राज