Posts

Showing posts from May, 2020

मार्मिक गीत : कसम / राजन गिरी "राज"

Image
तिमीले एस्तो मजाक गर्यौ ,मेरो जीवन बरवाद भयो , आशाहरु लास बने , इज्जत पनि सती गयो । इज्जत पनि सती गयो । अब तिम्रो नामै मैले , बाँचुन्जेली लिने छैन  आजबाटै मायाँ मैले , कसैलाई नि दिने छैन अब आफ्नो भन्नु पर्ने, जिन्दगीमा के नै रह्यो आशाहरु लास बने, इज्जत पनि सती गयो । इज्जत पनि सती गयो मेरो एउटा अर्ती सुन, सधैँभरी मनमा राख्नु कहिलै झुटो बोल्दिन म भनी देवी देऊता भाक्नु तिम्रो बानी गलत हुँदा, अहिले मेरो हालत छ यो आशाहरु लास बने , इज्जत पनि सती गयो । इज्जत पनि सती गयो । तिमीले एस्तो मजाक गर्यौ , मेरो जीवन बरवाद भयो आशाहरु लास बने , इज्जत पनि सती गयो । इज्जत पनि सती गयो । #राजन_गिरी ''राज'' रुपा गाउँपालिका ३ कास्की (ग . प्र) 28 May 2020 05:37

नेपाली लोकगीत : राजन गिरी "राज"

Image
ए मैले , ऐना हेर्नै छोडिदिएँ , छोडेँ राम्रो बन्न फुलमायाँ लाई् दिलकी रानी, नपाएसि भन्न । किन लाऊनु किरीम पाउडर, किन लाऊनु टोपी आज सम्मन घरवार छैन , कर्मै रुखो होकी । पढाई छैन जागीर छैन, खेत् बारीले क्यार्नी कस्ती आऊली यो कालेलाई, बुढेसकालमा स्यार्नी । यौवन् बित्यो बाटो हेर्दै , गाला चाउरी पर्‍यो कपाल् फूल्यो हिउँ जस्तै , बङ्गारो नि झर्‍यो । आउने भए आऊ है कान्छु , पेन्सन सारि दिन्छु तिम्रै नाममा गैरी खेत् र , गाउँको बारी दिन्छु । राजन गिरी "राज " रुपा गाउँपालिका ३  कास्की (ग.प्र)

ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"

Image
ब्रे कअप्  एस्तो फिल हो, जस्तो की कसैले हाम्रो औंलाको नङ लाई कुनै वस्तुले  जवर्जस्ती च्यापेर बाहिर खिंचदा को पीडा | हामीहरु सबैलाई यो चिज अहिले सोचिरहँदा पनि दुखेको अनुभब  गरेका छौँ  भने बास्तबिक पीडा कतिहोला | यस्तै हामी धेरैजसो  भाबुकतावश  कसैसँग निकै अटैज भएका  हुन्छौं  , कसै न कसैको साथमा समय निकै राम्रो खुसी खुसीका साथ्  बिताइरहेका हुन्छौं  | यस्तो लाग्छ कि हामी ऊ सँग अलग  हुनै सक्दैनौं | सम्झिनुस,  त्यही  बेलामा अचानक एउटा घटना घट्छ र हाम्रो ब्रेकअप् हुन्छ | यो घटना पश्चात् हामी नीकै टुट्छौं ,हाम्रो हृदय काँच  जस्तै  छिन्नभिन्न भएर कहिलै जोड्न नसकिने गरि चकनाचूर भएको भान हुन्छ  , ति पोखिएर छरिएका खुसीहरू अब कहिलै जोडिने छैनन् भन्ने मनमा लिएर अगाडीको बाटो  सबै बन्द भएको ठान्दछौं  , एस्तो लाग्छ कि जिन्दगीले पूर्णविराम लगायो ,अब हरेक बाटो अन्धकार छ ,म अब कुन उदेश्य लिएर बाँच्ने ? को सँग बाँचे ? किन बाँच्ने ? एस्तै  फिलहरु मनमा आउँछन् ,  दिमाखमा  केही आइरहेको हुँदैन , अब के गर्ने ? दिमाखले काम गर्न बन्द  गरेको अनुभब हुन्छ  किनकि त्यो पीडा अर्थात त्यो दुखाई हामी माथि  हावी भएको

वर्ण विन्यास शृङ्खला : कौशिला रिसाल

Image
वर्ण विन्यास शृङ्खला : १ आज दस शब्द । आजबाट सामान्य व्याकरण सिक्न चाहनेहरूका लागि थोरै थोरै गरेर म सिकाउने कोसिस गर्नेछु । हुन त म पनि सिक्दै छु, तैपनि ठूला भनिने र गनिने साहित्यकारहरूले अति सामान्यभन्दा सामान्य शब्दहरू पनि अशुद्ध लेखेर पोस्ट गरेको देख्दा साह्रै सङ्कोच लाग्छ | जस्तैः अशुद्ध= पानि, पनी, साहित्तिक, कबिता, बाचन, सान्ती, आँफु,सरिर, निति,निन्द्रा, समुन्द्र । हुनुपर्ने = पानी, पनि, कविता, वाचन, शान्ति , आफू, शरीर , नीति,निद्रा, समुद्र । ******    ****** वर्ण विन्यास शृङ्खला : २ पदहरूलाई एउटै डिकामा जोडेर वा मिलाएर लेख्नुलाई पदयोग भनिन्छ । नेपाली भाषाको शुद्धतामा पदयोगले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । पदयोग हुनुपर्ने शब्द पदवियोग र पदवियोग हुनुपर्ने शब्द पदयोग भएमा वर्णविन्यासमा त्रुटि हुन जान्छ र अर्थको अनर्थ हुने गर्दछ । आज केही पदयोग हुने नियम -: १. विभक्ति जनाउने प्रत्यय (शब्दको पछाडि लाग्ने सर्ग) पदयोग गरी लेख्नुपर्छ , जस्तै : रामको, हरिले, उसलाई , रुखमा, छानामाथि , घरदेखि आदि । २. बहु वचन जनाउने , `हरू´ पदयोग गरी लेख्नुप

गजल : हनुमानको तलवार

Image
साहेब इच्छ्या मृत्यु देऊ बरु बाँचेर सार छैन  तिम्रो देशमा म जस्ताको कोइ अधिकार छैन | बुद्धको देशमा अब बन्दुक चल्न थाले पछी हनुमान जी सोध्दैछन मलाइ तलवार छैन ? ए सरकार ! किन मौन छौ यो महांमारिमा हुनत तिम्रो पनि बोले जस्तो ब्याबहार छैन | फोन गरेर सोध्दैछ छोरो पानी जहाजको कसरी सम्झाऊ उसलाई कुनै आधार छैन | परिवार पाल्न जवानी काटिसकेकी छोरी भन्छिन बिहे गर्न मेरो अहिले हतार छैन | @@@समाप्त@@@ राजन गिरी "राज" रुपा गाउँपालिका ३ कास्की (ग.प्र)

पाँच मुक्तक : अर्ती / राजन गिरी "राज"

Image
खल्ती हुँदैन कात्रोमा यो सम्पति के कामको दान  गर्नु   धर्म  गर्नु  नाम लिनु  हरि रामको  नगर्नु  रिस राग है वचन  नलाउनु  कसैलाई स्वोर्ग जस्तो चर्चा चलोस जन्मिएको ठामको | अघि नजानु साँढेको ,पछि नजानु  घोडाको  झुकाई शिर नारीलाई  ,पानी  नदिनु  गोडाको  देवता  हुन्छन  शिरमा , झुक्न  हुँदैन  जानेर, नबिर्सनु पितृ लाइ  ,कार्य निभाउनु छोराको | नभुल्नु आफ्नो संस्कार नभुल्नु बा को  उपदेश  आत्तिनुहुन्न  जीवनमा  हजारौं पल्ट लाग्छ  ठेस  परिवार  एउटा खम्बा हो हल्लिन  दिनु  हुन्न  है  ढलाउन खोज्छन सत्रुले सम्हाल्नु पर्छ  परिवेश | खाएको  विष  लाग्नेहो इश्वोर  छन् हेर्  माथिमा नगर्नु  धोका  कहिलै  चौथाई  मानो  र पाथीमा हुँदैनन् कोही  दुखमा सुखका मात्र आफ्ना हुन् नपोख्नु आँशु कसैमा लुकाउनु पीडा  छातीमा | एकै हुन् प्रभु अल्ला राम नपर्नु कुनै झाँसोमा चार जात छत्तिस वर्ण फुलेको हाम्रो माटोमा बाँडिनु हुन्न अरुले बाँड्न खोज्दैछन भन्दैमा हिंड्नु  हुँदैन  हामीले  काँडा छरेको बाटोमा | @@@समाप्त@@@ राजन गिरी "राज" रुपा गाउँपालिका ३  कास्की (ग.प्र)

पाँच मुक्तक : राजन गिरी "राज"

Image
ठाडो  परेको ढुङ्गा भेटे भगवान्  ठान्छौं  हामी  हात जोडेर झुक्दा मनमा शान्ति  मान्छौं हामी कस्ता हुन्छन भगवान् कस्सम मैले देख्या छैन , खाने मुख नै  छैन प्रसाद ,चढाई रान्छौँ  हामी | तिम्रो मेरो  प्रेमको कुरा जताततै छाए हुन्थ्यो ससुरालाई जुवाई भनेर चिनाउन पाए हुन्थ्यो  भन्न त  तिमी  घरमा आमाकै चल्छ  भन्छेऊ म  चाहन्छु  यो औंसीमा  जून  उदाए  हुन्थ्यो |  बाँच्ने  आधार नै  तिमी  मेरो  भोलि  नरुवाऊ  है  दिलको  टुक्रा बिदाई गर्दा नरोई नरोई जाऊ है  संसारको रितहो तिमीले हरेक रुपमा बाँच्नु पर्छ  पठाउँदैछु  आमा  बन्न दोष मलाई  नलगाउ  है | नाइल नदी झैं शान्त छन् गाजल का ति किनारहरु  सुनटिकी ले प्रज्वोलित छन् भाग्य लेख्ने निधारहरु  मूर्ति हौ  कि  अप्सरा  हौ  ,को  हुन् तिम्रो  विधाता   रुपको बयान म के  गरौँ  उस्तै  तिम्रा  श्रीन्गारहरु | परापुर्व  कालमै  संस्कार हाम्रो सडेको देखें सत्तरीको बुढोले गोमालाइ विहे गरेको देखें हुनत के के देख्न पहिन्छन बाँची बस्यो  भने गाई खानेले कमिज खोल्दा जनै धरेको देखें | @@समाप्त@@ राजन गिरी "राज"

गजल : चिन्तै चिन्ता

Image
खेति गरेर के गर्नु आफ्नो लगानी उठदैन आ काल लैजा भन्दा  जिन्दगानी  उठ्दैन आकाश रुँदैन , कुलो नहरको खै ब्यबस्था जावो भुँइको  सिन्को  पनि  नतानी उठदैन | जाग मेरा किसानहरु कति खप्छौ पिडा अरु निदाएको कपास  पनि  लौरो नहानी उठ्दैन | तिलहरी बेचेर छोरो मुग्लान पठाएकी आमा कठै विचरा आफ्नै अस्तूको खरानी  उठदैन |  राजन गिरी "राज" रुपा गाउँपालिका ३  कास्की 

गजल : कता छुन्छु थाहै हुन्न

Image
नआउ छेउमा मेरो , म  मात्तिएको  बेला  बेहोशीमा पिउन सक्छु ,आत्तिएको बेला | मेरा नजर तिम्रा नजर ,लुका छुपी खेल्दा गल्ति  हुन  सक्छ  मुटु , साट्टीएको  बेला | जिन्दगीलाइ नशा संग ,पिउन चाहन्छु म  सहारानै येही छ शरीर , काठ्ठीएको बेला | टाढै बस सिरमैरानी , मेरो शिरको कसम कता छुन्छु  थाहै हुन्न, म  लाट्टीएको  बेला | राजन गिरी "राज" रुपा गाउँपालिका ३  कास्की 

गजल : नातीको ऋण

Image
यो ढुङ्गा कसले बनायो , देउता    कसले   बनायो मान्छेहरुको पहीलो आमा ,एउटा कसले बनायो ? एहाँ  कैयौँ  टुहुरा  छन् , आफ्नै आमाको खबर छैन गाईलाई आमा मान्नु पर्ने ,सम्झ्यौता कसले बनायो ? दिक्क लाग्छ मलाई यिनको रीतिरिवाज देख्दा खेरी बा-लाई   नाती   तिर्नै  पर्ने , बक्यौता  कसले  बनायो ? राजन गिरी "राज" रुपा गाउँपालिका ३ कास्की

गजल : उडुस महोदय !

Image
फरक पर्दैन अब घृणा गर या प्यार गर जिन्दगी जिन्दगी रहेन अझै बरवाद गर | कुपोषण ले थलापरेका उडुस महोदय ! मेरो रगत रहुन्जेल आफ्नो उपचार गर | हेरत ! ति तारा हरु रात् भर रोई रहेछन् जाऊ थोपा टिपेर आँशुको ब्यापार गर | मलाई थाहा छ लुटेराहरुको जमातमा छौ यी गरिबका झुपडीमा केहि चमत्कार गर | @@समाप्त@@ राजन गिरी "राज" रुपा गाउँपालिका ३  कास्की (ग.प्र) 

गजल : आमा हेरौं कि श्रीमती

Image
विहे  एकबार हुन्छ, बार  बार  हुँदैन विहे  गर्दैमा जिन्दगी, वार पार हुँदैन  झुटो बोल्छन मान्छे, धेरै झुटा हुन्छन एक्लो जीवन  पनि त् ,बेकार   हुँदैन | सबै भन्दा ठूलो  कुरा, सुटुक्क भन्छु आमा  हेरौंकी  श्रीमती, दोधार हुँदैन | झगडा  हुँदैन घरमा ,शान्ति  छाउँछ तनाब  लिएर  मान्छे , बिमार   हुँदैन | दाम  हुन्छ नाम हुन्छ, पुग्ने सबै हुन्छ 'राज' को कुरा छ , हल्लनटार हुँदैन | @@समाप्त@@ राजन गिरी "राज"  रुपा गाउँपालिका ३  कास्की (ग.प्र)

कविताको शिर्षक : छोराको जीवन

Image
हो ! कूरा सही हो, उनी एसैघरकी बुहारी हुन् , इज्जत हुन् बाजा बजाएरै भित्र्याएकी लक्ष्मी हुन् म आगो छोएर भन्न सक्छु ,अहिलेसम्म उनी ! मेरी पत्नी हुन् | हो ! त्यो साँचो हो , बाआमाको कठोर परिश्रम बाट म कमाइते भए पछि म स्वीकार गर्छु आफ्नो जोईटीन्ग्रे पन यो अनुहारमा निदाएको एउटा तनको असर यौवनको कालो कालखण्ड संगै खण्डित ! एता लिपापोती गरिरहेका आँशु हरु बुढाएका आँखाबाट पग्लिंदै पग्लिंदै भिजेर भुइँमा पलाएका छन् आशाको हरियो दुबोहरु किनकि ! म जिउंदै थिएँ ,अझै पनि | हो त्यो साँचो हो छोरी दिएर छोरी बेसाएकै हुन् बाआमाले छोरी दिएर छोरा बेसाएका हौँ , उनले भन्थ्ये समय बित्दै गए , हुर्कंदै गए ,जल्दै अनि जलाउंदै गर्दा वर्तमान एति जल्न पुगेछन कि आखिर घामले बादल पैचो लिएर ,आफु सेलाउन खोज्दैछ मेरो आँखाको दुइटा आकाशमा | हो यो साँचो हो हजारौ पटक सन्तापका हुरी संग बहेली खेल्दा लछारिंएका मनोवलका छालाहरु , कैयौ पटक टाउको संगै भुइँ छुँदै गरेका चोटिल पाखुरा लुथ्रुक्क थाकेर आँगनमा टुक्रुस्स बस्दा गरिएको बेवास्ताको चिंगारी सल्किएर एकदिन , बुडूम्म ! एउटा भयानक आवाज आउँछ निकै शक्तिशाली आवाज जुन आवाजबाट

गीत :

Image
झुटो केही बोल्दिन म तिम्ले नबोलिदेऊ बाहिरफेर हामी दुईका कुरा नखोलिदेऊ | सक्नुपर्छ कहिलेकाहीँ कुरा लुकाउन बरबर झर्ने आँसु आँखाभित्र सुकाउन छिया छिया भाछ मुटु आऊ बतोलिदेऊ बाहिरफेर हामी दुईका कुरा नखोलिदेऊ झुटो केही बोल्दिन म तिम्ले नबोलिदेऊ बाहिरफेर हामी दुईका कुरा नखोलिदेऊ | तिम्रो मेरो जिन्दगीमा एउटै  मिल्ने कुरा दुईटै मुटु  घाइते  भाछ  घोपिएर   छुरा विश्वासले पिउँदैछु म विष नघोलिदेऊ बाहिरफेर हामी दुईका कुरा नखोलिदेऊ  झुटो केही बोल्दिन म तिम्ले नबोलिदेऊ बाहिरफेर हामी दुईका कुरा नखोलिदेऊ | @@समाप्त@@ राजन गिरी "राज" रुपा गाउँपालिका ३ कास्की (ग.प्र)

पाँच मुक्तक

Image
आफ्नै घरवार बिगारियो उसको मतीमा लाग्दा मुटु दुखेको बेला  आँखाको, ओखतीमा लाग्दा अर्काको  लहै  लहैले आफ्नो  मती  छाडे पछी खाइयो धोका  कलेज छोडी ,पिरतीमा  लाग्दा |                         २ चालिस  काटेसी  नजर जुधाउन  मन्थ्यो उनको दिलमा जून बनि उदाउन मन्थ्यो खै सोचे जस्तो कहिलै किन पुग्दैन यार ! चिल्लो कारमा उनीलाई कुदाउन मन्थ्यो |                        ३ जिन्दगी संग  गम्भीर नहुने   मान्छे को होलान यहाँ  पिर  नहुने  मान्छे दु:ख पछी सुखले  साथ् दिन्छ  तर , भेट्नै सकिन अस्थिर नहुने  मान्छे |                       ४ मन पर्यो भन्दैमा  पो  कहाँ पाइँदो रैछ सपनामा देख्न पनि इज्जत चाहिँदो रैछ अर्काको कुरा नबुझी मनले ढिपी गर्दा , बिना सित्तै जीवनमा धोका खाईदो रैछ |                      ५ कुहीरोमा   हराएको  काग  सरि भो सोह्र वर्से  जवानी  सब भुँई भरि भो तिमीले दिएको गुलाब रोपेको त् हो  , तिम्रो मायाझैं  त्यो पनि थरी थरी भो | @धन्यबाद@ राजन गिरी "राज" रुपा गाउँपालिका ३ कास्की (ग.प्र

गजल

Image
तिम्रो विचार अर्कै भए आजै बाटो फुकाइदिन्छु त्यो पीडाले  बग्ने आँसु आँखाभित्रै  लुकाइदिन्छु | चाहना  छ  सधैँ  मेरो  गुनगान  तिम्रो  सुन्न पाउँ मुस्किल परे भन्नु मलाई सगरमाथै झुकाइदिन्छु | सफलताका पाइलाहरु बढ्दै आऊन् यसरी नै बीच बाटोमा पर्ने बाढी भेल  सबै  सुकाइदिन्छु | तेज गतिमा उड्नु तिमी संसारले चिन्न सकोस् तिम्रो निम्ति पृथ्वीको  समयलाई रुकाइदिन्छु | प्रसङ्गमा मलाई देखाई होलान् तिम्रा विवादहरु त्यस्तो परे हाँसी -हाँसी जिन्दगी नै लुटाइदिन्छु | @@@समाप्त@@@  राजन गिरी "राज" रुपा गाउँपालिका ३ कास्की (ग.प्र)

खै मेरो खुसी ? के भईरहेको छ यो म सँग !

Image
"हामी झुटो हाँसो र झुटो खुसीमा बाँचेका छैनौं भने यो के हो त्  ?  यो फेसबुक ,  मोबाइल  , इन्स्टा    , यो सब झुट नै त हो ,यसमा जो हामी मुस्कुराउँछौं  , के त्यो मुस्कान झूटो होइन  ?  हामी आफ्नो तस्बिरमा आउने लाइक कमेन्ट हेर्दा एति रमाउने गर्दछौं कि म भन्दा सुन्दर कोही छैन  ,  मेरो भन्दा अब्बल    कसैको छैन  ,  हामी संसार जितेको महशुस गर्दछौं | यसैबीच कसैसंग दिल दिएर बस्छौं  , दुइटा दिन खुब प्रेम हुन्छ एक अर्को बिना बाँच्ने नसकिने झैं गर्दछौं तर चौंथा दिन कुनै सानो घट्ना घट्छ अनि एउटाले ब्लक गर्दिन्छौँ त्यो साह्रा मायाँ प्रेम जिन्दगीको कसम खतम हुन्छ  ,  एउटा बटन मै प्रेम हुन्छ र बटन बाटै साह्रा सम्बन्ध छुट्छ     के यो झुटो होईन  ?  त्यति मात्र कहाँ हो र त्यसपछि    हामीमा    बदलाको विचार आउँछ म त्यसलाई बरवाद गर्दिन्छु ,एस्तो गर्दिन्छु ,उस्तो गर्दिन्छु  ,  के यो देखावटी होईन  ?" हामी यदी केहीबेर नितान्त एक्लो रहेर   न कुनै व्यक्ति न कुनै साधन जस्तै मोबाइल , बिना बिचार गरौँ त हामी बाहिर देख्नको लागि पूरा त दुनियाँ संग जोडिंदै गईरहेका छौं तर भित्री रुपमा हामी एक्लो भै रहेका

प्रधानमन्त्रीलाई चिठी

Image
                                         श्री                                   स्थान : नरमाईलो कोठी समय : रातको प्रथम पहर दिनांक :२०७७/०१/२६ श्री श्री स्वोस्ती श्री छ श्री त्याहाँ राज गरि बस्नु भएको प्रधानमन्त्रीज्यू मा म जनताको तर्फ बाट सु स्वास्थ्य एवं दिर्घायुको कामना ,साथै वल्लाघर पल्लाघर बस्ने सम्पूर्ण अंकल आन्टीहरुमा पनि मेरो नमस्कार एवं उत्तरोत्तर प्रगतिको कामना | म यहाँ आजका मिती सम्म आरामै छु त्याहाँ  हजुरका जिय शरीरमा पनि निका आरामै होस् भन्दै उनै  दयालु भगवान पशुपतिनाथ संग प्रार्थना गरिबसेको छु | पत्रमा लेख्नु पर्ने नविन समाचार त केहीपनि थिएन तपाईका कृपाले गर्दा म लगाएत हामी सम्पूर्ण जनतालाई  पुगेसरी आएको आभाष भैरहेको छ | यही खुशीले हजुरआमाले खाट बाट सकिनसकी उठ्दै बाबू आजकल हाम्रा देशाँ दुई तिन बिसे  राजा छन् क्याहो भनेर सोधिरहनु  हुन्छ ,मैले राजाको कूरा नगर्नु हजुरआमा पुलिस आउँछन भनेर जवरजस्ती चुप गराउने गरेको छु , हजुरले चिन्ता लिनु पर्दैन | खुशी लाग्छ हजुरलाई महिना दुई महिनामा अक्कल झुक्कल छोराले ल्याइदिएको टि भी मा देख्न पाउँदा स्वोस्थ रहनु हुँदो रहेछ भनेर मन ढ

लक्ष्य

Image
"जीवन एक सिंढी हो , जसले एकैचोटी फड्को मार्न खोज्यो ऊ गिर्ने निधो छ ,त्यसैले हरेक खुड्किला हरुमा बिस्तारै बिस्तारै पाइला राख्दै जानेहो भने लक्ष्य भेट्न गाह्रो छैन | लक्ष्य कुनै सिजनेवन फल होइन , यो त बाह्रैमास फल्ने फल हो उसलाई चिनेर जसले टिप्न सक्यो ऊ झन् स्वादिष्ठ हुन् जान्छ , जसले खाए उनीहरुले संसार चिने ,जसले फलको आशै गरेनन उनीहरुले संसार लाइनै बिर्सिदिए | हमेशा रिस , राग, क्रोध, लोभ, मोह, जस्ता भयंकर बिमारी पाल्दै ओकल्दै बाँचिरहे | आफ्नो डाहाको धारिलो औजार ले सभ्य छिमेकी हरुलाई रेटीरहे " मानिस आफ्नो दैनिक जीवन यापनको क्रममा आउने हरेक अवयव हरुलाई पार गर्दै जाँदा कूनै दिन एस्तो परिबन्धनामा फस्दछ कि त्यस घटना लाई नै माध्यम बनाएर ऊ आउने भविष्यको परिकल्पना नै गर्न छोडिदिन्छ |ऊ संग नैराश्यताले बलियो जग बसालीसकेको हुन्छ | हरेक सम्भावना  हरुलाई असम्भब देख्न थाल्दछ | फलत: पहाड झैँ लाग्न थाल्दछ जिन्दगी | ऊ अत्तालिरहेको हुन्छ छट्पटिमै बितेको हुन्छ साह्रा समय , एउटा नसोचेको , नचिताएको घटना आफु संग घटेको विस्वास त हो नि यो ? ऊ पटक-पटक आँखा घुमाउँछ चारैतिरको दृष्यावलोकन गर्छ ,

धन होइन 'मलामी' कमाउनुस

Image
महान व्यक्तिहरु सिर्फ क्षणभरका लागि जिउंछन् ,उनीहरु हरेक “तँ” मा “म” देख्छन ,यो कुरा अलग छ कि हामीहरु सन्तको “म” मा आफ्नो “म” देख्दैनौं  |  जबसम्म ऊ अर्को लाग्नेछ तबसम्म हामी ऊ संग लडन  सकिन्छ, झगडा गर्न सकिन्छ ,जब कुनै चिज आफ्नो लाग्छ तब मात्र मनमा आउँछ, को संग लड्नु,किन लड्नु |  यदि तपाईलाई कसैले थप्पड हान्यो भने तपाइँ पनि उसलाई फर्किएर दुइ चार थप्पड हिर्काउनु हुन्छ तर सोच्नुस  यदि तपाईका  हातको आफ्नै औँलाले आफ्नो आँखा घोच्चियो भने तपाइँ के गर्नुहुन्छ ? तपाई आफ्नो औँला काटेर त फाल्नु हुँदैन नि ,तपाईले खाना खाँदा दाँतले जिब्रो टोकियमा के गर्नुहुन्छ ? तपाइँ आफ्नो  दाँत भाँच्न त सक्नु हुँदैन नि ,जिब्रो पनि आफ्नो र  दाँत पनि आफ्नो | यसैले कोही बैरी हुँदैन ,औलाको आँखा  संग हुदैन र दाँतको जिब्रो संग हुँदैन |  ख्याल राख्नुस, जो स्वोर्गमा प्रतिष्ठित छन  ति हुन् आत्मनिष्ठा , सत्यनिष्ठा ,र तत्वोनिष्ठ , जो यसमा अनुशासित छन् उनै निष्ठावानहरु नै क्षण भरको लागि जिउंछन् | एक प्रकारले उनीहरुले सबै चिज बिर्सिएका हुनाले नै महात्मा बन्न सके |  हामीले यो सोच्नु जरुरि  छ कि, हामी मानब जाती ,ह

नेताज्युको भाषण (व्यंग्य)

Image
१३ महिना लगाएर गाउँमा एउटा पानी ट्यांकी बन्यो , अब नेताज्यूलाई बोलाएर उदघाटन नगराउनी हो भने फेरी ट्यांकीमा पानीनै नजाला , गाउँमा बैठक बसेर कसलाई बोलाउने  निधो हुन्छ निमन्त्रणामा नेताज्यू को सवारी हुन्छ | गाउँका चेलीबेटीहरु फूलमाला लिएर लस्करै उभिएका छन् ,  नेता ज्युलाई फूलमालाको कार्यक्रम सकिएपछी उदघाटन गर्न लगाइन्छ , रिबन काटियो पानि खसालियो अब नेताज्युको भाषण सुन्नको लागि खेतको डिल सम्म मान्छे टन्न बसेका छन् | नेताज्यू लाइ उभिनको लागि एउटा बलियो डेड फिट अग्लो काठको पिर्का राखियो पिर्कामा चट्ट रातो कपडा काँटी ठोकेर अघिल्लो दिनदेखिनै टाँसिएको थियो | नेताज्यु  पिर्का माथि चढेर भाषण सुरु गर्छन | आदरणीय जनसमूदायहरु ! तपाईहरु सबैलाई थाहा छ आज १३ महिना पछी यो गाउँमा एउटा पानीको ट्यांक बनेको छ | यो जो ट्यांक बनेको छ एसमा पानी भरिने छ | ट्यांक त फौजमा पनि हुन्छन तर त्येसमा वाटर भर्न मिल्दैन ,वाटर- वाटर माने पानी ,पानी दुई प्रकारको हुन्छ ,राम्रो पानी र नराम्रो पानी ,नराम्रो पानीमा कमल फुल्छ ,कमल एउटा फूल हो ,फूल त गुलाबको पनि हुन्छ ,गुलाब बाट गुलकन्द बन्छ ,गुलकन्द ले पेट साफ गर्छ , पेट स