Posts

Showing posts from 2018

गजल : अर्काको चुलो चाख्ने हरु

Image
गजल घांटी राखेर अचानोमा छुरा ताक्ने हरु     तिखो तीर माथि तातो मुटु राख्ने हरु   | पखालेर मायाँ खालि रित्त्ता मन संगै मेरो दुख हेर्छु भन्दै देबी भाक्ने हरु | भनिदिनु उनीलाई मेरो उमेर लागोस ति सबै हुन् जो बाँचेर नथाक्ने हरु | सफल रहुन ति जिन्दगी येही कामना दोबाटोमा मलाइ देखि आँखा ढाक्ने हरु | उनकै चल्ने समाजमा उनै बलिया सर्मै नमानी अर्काको चुलो चाख्ने हरु | “राज” रुपा गाउँपालिका ३ कास्की (हाल काबुल)  

पहिलो कमाइ

Image
      फलामे गेटमा नराम्रो सँग ठोक्किय पछी साथी हरुको देखासिकी मा केहि कमाउने रहर लागेर आयो साना तिना समस्या त् आली हिलो गरेर पनि पुरा गरिन्थ्यो तर धर्ति मा उभिएर आकाश छुने चाहना किन मान्थ्यो र ! म गाउकै बाबाको साथि पर्ने (श्री लाल कुमार कर्माचार्य ज्यु ) सँग डिसम्बर २०९५ मा बिनागुड़ी पुगें ,त्याहाँ बाट उहाँले एकजना डम्मर बहादुर को नाम दिएर भेट्नु भन्दै  उहाँको साथि संग सिलोंग पठाउनु भो  तर डम्मर बहादुर छुट्टी मा हुनु भएको रहेछ नेपाल, मैले उहाँ र मेरो साथ्  जानुहुने साथि लाइ पनि तेस्पछी कहिलै भेट्न सकिन  |      सिलोंगको जाडो मा भौंतारिरहेको बेला आफ्नै गाउँको टिका राना (सुबेदार)जी संग  भेट भयो उहाँलाई सबै कुरा भनें उहाँले पेट पाल्ने बाटो अन्नपूर्ण क्यान्टिन मा काम लगाइदिनु भो त्येहाँ काम गर्दा पैसो मिल्थ्येन तर भर्ति खुल्ने दिन सम्म अडिनु नै थियो , म त्येही अल्झियें केहि दिन,यो समयमा उहाँको परिवारको ठुलो गुन  छ म मा साहेद म कहिलै तिर्न सक्दिन  | तिन महिना पछी भर्ति खुल्यो अगस्तको ६ तारिक मा ,मैले भाग लिएँ हर चिजमा उत्तम स्थान प्राप्त गरेको थिएँ , एकछिन पछी  एकजना काँध भरि स्टार भएको

Gajal : गजल : एउटा तेल दिन्छु भन्छ अर्को रेल दिन्छु भन्छ

Image

प्रणय गजल;

Image
रिमरिम साँझ मा मुरलीको धुन सुनी आउ है    भन्ज्यांग को रोधी बस्ने घर मुनि आउ है | आफ्नै सुरमा हुन्छन सबै कोठा छिरे पछी सबै सुते पछी सुस्त ढोका थुनी आउ है | बर्षौं भयो खुसु खुसु कुरा मात्र भाको पुर्णिमाको रातमा आज एक हुनी आउ है | केहि कुरा तिमि गर   केहि मेरा हुन्छन भेटे पछी झम्टियर एकछिन रुनी आउ है | बस्छौं होला दुइ चार घण्टा गफ गफैमा सित पर्न थाल्छ छिट्टै स्वोयटर उनि आउ है | “राज” रुपा गाउँपालिका ३ कास्की ( हाल काबुल )

गजल

Image
गजल मनको वहरमा सुन चाहार्ने हरु भेटिय बेवस पारेर दिल वोसार्ने हरु भेटिय | आफु सिधा    एकसुरमा  बसी  रहंदा लुक्दै   काँडे तारले कोतार्ने हरु भेटिय | कति रहेछन त् जल्ने हरु तिम्रो सहरमा   कोटको खल्ती झैं दिल उधार्ने हरु भेटिय | भौंतारिंदै थिएं चक्रपथका गल्लि हरुमा महल अघि आँशुले छाक टार्ने हरु भेटिय | के भेटियनन  र  भेट्नु  पर्ने सबै  भेटिय धेरैजसो झटारोले जुन झार्ने हरु भेटिय | “राज” रुपा गाउँपालिका ३ कास्की (हाल काबुल )

कसलाई मान्ने बेरोजगार..!

Image
कलम : राजन गिरी ''राज'' प्रश्न सिधा साधा छ ,के हामि बेरोजगार हौँ ,हामी  लाइ यो जान्न आवश्येक छ कि बेरोजगार को हुन्छ ! के बेरोजगार त्यो व्यक्ति    हो जसलाई कुनै   काम मिलेको छैन ? या त्यो ब्यक्ति जसलाई सरकारी जागीर  मिलेन ! के सरकारी जागीर नमिल्दैमा बेरोजगार भैनेहो ? जसले  काम नै  गर्न चाहन्न त्यो  व्यक्ति  बेरोजगार हो   या जसलाई आफ्नो मनपर्ने जागीर मिल्न सकेन ऊ बेरोजगार हो ? मलाइ लाग्छ बेरोजगार त्यो ब्यक्ति हो जसले हर प्रकारको कार्य गर्न तैयार छ तर लाखौँ प्रयास गर्दा  पनि उसले काम पाउन सकेन  |  परन्तु जसले  चाहेको अनुरुप जागीर  पाएनन् ,या जसलाई सरकारी जागीर मिलेन ,या जसलाई काम गर्ने इच्छा नै भएन  ति व्यक्ति  कुनै पनि तवरमा बेरोजगार मान्य हुँदैनन  | अहिलेको स्थितिलाइ मध्येनजर गर्ने हो भने ९५% युवा बर्ग सरकारी जागीर मात्र  चाहन्छन  , उनिहरू सरकारी जागीर नमिले सम्म आफूलाई बेरोजगार मान्दछन  | के यो गलत होइन ? यहाँ प्रश्न यो छ  कि हाम्रो सरकार युवा लाइ जागीर पेशा दिनमा कत्तिको सक्षम् छ ?  कसैले  यो कुरामा ध्यान दिंदैनन | सबैलाई सरकारी जागीर नै चाहियो | यहाँ सम

गजल : इच्छा ,

Image
गजल पिर   पखालेर   आँशुले    हाँस्न   खोज्दैछ जिउंतिउँ गरेर दुइ दिन बाँच्न खोज्दैछ | मुग्लानको छोरा फर्किने बाटो हेर्दैछ बाउ बैतर्नी  अगाडी   छातीमा टाँस्न खोज्दैछ | उ  तडपिंदैछ देशमा सान्ति  छाएको हेर्न साएद खुसिले  मृत्युमायाँ गास्न खोज्दैछ | उ बाचुन्जेल .................................  हिंड्यो हतियार बनाएर लेखि गजल हरु सायद जिउँदा कुरीतिहरु मास्न  खोज्दैछ | नसोच्नु   निर्धो   कसैले    कमजोर  छैन  उ तिम्रो थकाइमा गित बनि नाच्न खोज्दैछ | ''राज'' रुपा गाउँपालिका ३  (कास्की) हाल अफगानिस्तान ३०/०५/२०१८  

गजल : कुरा कुरा माकुरा ,

Image
गजल मेरो त् जिन्दगीको कथा येहीं पुरा भो कति दुख त् भोगीसकें कुनै अधुरा भो | कसम त् खाएकै हो   बाचा पुरा गर्ने समयको कालखण्ड मा चूराचूरा भो | न्याय कानुन  संबिधान र प्रजातन्त्र थर्काइ खानेका बलिया  पाखुरा भो | उ सोध्दै थीइ   आफु पुग्ने बाटो कता देखाउने  संगै  इज्जत झुरा झुरा भो | हे सरकार ! यो देश भन्दा जंगेको राम्रो तिम्रा कुरा त् के कुरा सब माकुरा भो | ''राज'' रुपा गाउँपालिका ३ (कास्की) हाल अफगानीस्तान   ३०/०५/२०१८ 

गजल : समर्पण

Image
गजल जिन्दगीनै  सुम्पिएर  मुस्कान  पैंचो माग्छु पुग्दैन  यदि भने  म  मुग्लान   पैंचो माग्छु |  शीत को दुबो  सरि नचिस्सिउन  आँखाहरु सरकार ! उनि रुनै नपर्ने बिधान  पैंचो  माग्छु | फुल्यौ   जसरि  तिमि यो  दिलको बगैंचामा भंवरा र फुलका बिचको सम्मान पैंचो माग्छु | सरस्वती  साक्षात्  तिमि  बरदान   पाएकी तिम्रै भक्त हुँ  मायाँको खजान  पैंचो माग्छु | टिप्न  आएछन  यदी  कसैले  काँडा    बनेर   च्वास्स घोची माली संग मेरी जान  पैंचो  माग्छु | ''राज'' रुपा गाउँपालिका ३  (कास्की)  हाल काबुल २९/५/20१८

साथि र पैसा

Image
( एउटी साथि को आत्मकथा ) जिन्दगि का तिता मिठा बसन्त हरु पार गर्दा गर्दै आज एस्तो संघार मा ठोक्किएको छु मानौं जिन्दगि नै येहाँ आएर टक्क रोकियो |स्वास प्रस्वास ठिक संग चल्दै गरेको यो जिउँदो लास बिगत सात बर्ष देखि पल्टेको पुरानो खाटमा बसेर माथि छानो मा जाल बुनी रहेको माकुरा लाइ हेर्दै गर्दा अबत खाट्का खुट्टा पनि हल्लिसके तर आज सम्म न त् त्यो माकुराको जालो बनेर सकियो न त् मैले चाहेको जस्तो भयो | खुसि संग एउटा अधम बिस्वास को नाता भित्र बाँधिएर कुनै छल कपट नगरिकन आफ्नो कलेजो को आड मा राखेको थिएँ मैले उसलाई | भरोसा पनि थियो मलाई उ एउटा असल मित्र हो , दुख सुख मा साथ् दिने ,आत्मविश्वास दिने मित्र को दृष्टि ले हेरेको थिएँ मैले सधै भरि | हामीले कहिलै मित्रताको परिधि लाइ उधार्न खोजेनौं | येसरी नै दिन हरु बितिरहेका थिए हामि दुइ जना को मित्रता मा | उमेर बढ्दै गयो सरिरका बनावट हरु पनि बिस्तारै परिवर्तन हुँदै गए तेस्को साथ् साथमा उसको दुनियाँ लाइ हेर्ने नजर मा पनि परिवर्तन हुन थालेको पत्तै भएन मलाइ | उ अब धनि गरिबी जात भात् को फरक लाइ चिन्ने भै सकेछ ,पैसा लाइ धेरै मायाँ गर्न थालेछ , उ

को हो समाज विकास को जिम्मेवार ?

Image
कलम :राजन गिरी  "राज" आज जसलाई पनि हेर्यो सुन्यो समाजको विकासका कुरा  गर्छन एसमा सहभागी ठुला बडा तथा बृद्ध , शिक्षित्,अशिक्षित्,डाक्टर ,इन्जिनियर,वोकिल,या राजपत्राधिकारी सबै संलग्न छन् | कसैले सोध्यो , तपाइले समाज विकासको लागि के गर्नु भयो  एदी भने, उनि हरू बिभिन्न संघ ,संस्था तथा अनेक संगठनको  नाम लिएर म त्याहाँ  पदाधिकारी छु ,तेसै बाट समाज सेवा गर्छु भन्ने जवाफ आउँछ | यो जवाफ बाट उस ब्यक्तिको लक्ष्य नै दिशाहीन लाग्छ किनकि जो ब्यक्ति एक भन्दा अधिक संस्थाहरुमा पदाधिकारी छ उसले कसरि आफ्नो कार्य सही  एवं सफलता पुर्वक निभाउन सक्लार ! यो  आफैंमा एउटा ठुलो प्रश्न हो | एदि समाजमा उनि हरुले गरेका योगदानको गाथा सोध्ने हो भने , प्रतिभाशाली छात्र छात्रा हरुको सम्मान समारोह अथवा सामाजिक भवन निर्माण हेतु चन्दा संकलनमा मात्रै सिमित हुन्छन | के येही समाजको विकास हो ? समाजको विकासमा संस्थाको मूल उदेश्य शिक्षा हुनु पर्दछ किनकि शिक्षालेनै समाज तथा देशको भविष्य निर्धारण गर्दछ | समाजको विकासमा दोस्रो महत्वपूर्ण कार्य भनेको समाजका अधिकारको रक्षा गर्नु तथा समाजलाई उत्तम दिशा प्रदान गर्नु ह

कविता ( बासी भात् )

Image
खरानी ले ढाकेको अगुल्टो मा पाखुरीको फुसफुसे दाउरा जोड्दै धुवाँ को , सर्को तानेर ढुम्रो बाट मज्जाले छाती भित्र फोक्सो संग मुछदै ! सिखामा झुन्ड्याईएको बासि भात् डोको माथि चढेर निकाल्दै , भोक मेटाउने प्रयासमा बसाल्दै छु वोदान मा तात्तातो धुवाँ माथि !! सकिन साथीको आमाले झैँ भैसीको घिउमा जिरा पड्काइ मज्जाले भुटेर   मिठो बनाउँदै , चरेसको थालमा सजाउन   ! तर तेती गर्दानी खुसि हुन्थ्येन साथि ! उ सधै रुन्थ्यो खाने बेलामा मलाइ भने परिस्थितिमा पाकेको भान्छाको   भोक मिठो   त्यो पनि , बाँसको सिन्काले खिपेर , आमाले गाँसेको टपरी मै !! फुस्किन्दै गएको ठेउकामा चुलो नेर , आमाको आडमा बसेकी बहिनीको मुख हेर्दै जिस्क्याउँदै , आमाले पस्कने बेलामा उनको भाग छ कि छैन भन्दै , चोरी आँखाले हेर्दै देउचिमा ! चामल को भात् होस् या कोदाको पिठो जे जस्तो भएपनि संगै बसेर खाएको मेरो बाबा आमाको दुखम सुखम गरि बगाएको   पसिना मिठो | “ राज ” काबुल

कविता (राजधानी को चर्चो )

Image
रंगी विरंगी धुलो पोको पारेर राजधानीको रुमाल भित्र पोखिएला भन्दै हातले पटक पटक छाम्दै पछाडिको खल्ती रत्नपार्क को पेटीमा किनेको छर्केर अत्तर तरुनीको हुल अघि अनुहारमा घस्दै कोतार्दै आफ्नो अल्ट्रावायलट ले तन्द्रंग सुकेको सुकुटी छाला घिसार्दैछु राजधानीका सडक पेटी र मलाइ जानै नपर्ने प्रतिक्षालयमा || विदेश घुम्दाका दीनहरुमा बसेको येस्तै छेउ येस्तै चोक ,येस्तै सवारीका वोहोर दोहोर र उभिएका गगनचुम्मी महल हरु ! म आफुलाई टेकाउंदै सोच्दैछु टाउको ढाकेर बिज्ञापन को ठुलो बोर्ड मुनि सरिर को भार सर्लक्क छोडेर तेर्स्याइएको दुइ पाइप हरुमा किनकि यो विवस बाध्येता म नेपालि अनि हामि नेपालीको !! देख्दैछु दौडिरहेका काला शिशाभित्र लुकाउँदै एउटा ब्येक्तिको दुइटा अनुहार हरु सुन्दैन उ पछाडिको हुइ... हुइ... मुठीभर स्वास किन्न दौडिदै गरेको एम्बुलेन्सको आवाज बाटाहरु अवरोध छन चिनले खनेको भारतले खनेको अनि सेनाले खनेको किनकि मन्त्रि जी को सवारी रोगि होस् या विद्यार्थी सबमा भारि | हाकिम जी का हाकिम्नी हरु वोसार्दै गोबिका थुंगा हरु ,मान्छे नदेखिने गाडी राखेर लिंडे कुकुर हाकिमको