Posts

Showing posts from October, 2020

गजल / राजन गिरी "राज"

Image
तिमी रिसाउँदा के गरिन मैले ,मनाउनको लागि  धिक्कार छ , उल्टै चाल चल्यौ , दिल जलाउनको लागि | पागल थिएँ सोची रहें , मेरो नै तक्दिर खराब किन ! थाहा पाएँ भगवान् घुस लिन्छ , मलाई रुवाउनको लागि | हरेक प्रयास गर्नेछु भुल्न , चिर निद्रामा जानु अघि  उ ! आयो मृत्युको फरमाइस , मलाई उठाउनको लागि | मैले बुझिसकेको छु अब ,तिम्रो अगाडी रुने छैन  बिचरा घाईते दिलनै मान्दैन , कसैमा धाउनको लागि |  एकपटक मेरो प्रेमलाई कमसेकम , बुझेर त् हेर्थ्यौ तिमी ! म स्वोर्ग उतारी दिन्थ्यें धर्तीमा , तिमीलाई पाउनको लागि | तर , अब तिमी जाँदैछु त् जाऊ , मेरो भन्नु केही छैन ! म सँग अब के नै बच्यो र , तिमीलाई बताउनको लागि | समाप्त @@@@ राजन गिरी "राज" रुपा गाउँपालिका ३  कास्की ग.प्र 

छोरा मान्छेको पीडा / राजन गिरी "राज"

Image
  यार, यो के देख्दैछु  ? हेर हेर केटीहरू झैँ रोईरहेछ ! मतलब हामी केटाहरूको रुनुमा पनि तरिका  हेरियो  , यो त् केटीहरूले झैं रुन्छ | विचार गर्नेहो भने जुन सुकै साहित्यिक मंच हो या जमझट त्यहाँ कसै न कसैले आमाको बारेमा चार हरफ बर्णन गरेकै हुन्छन तर बा को कतै कुनै टाढा टाढा सम्म पनि उल्लेख भएको पाइंदैन | एकाध शेर होलान तर आमाको बारेमा केही न केही बोलेकै हुन्छन |  तपाईहरू लाई थाहै छ महिला दिवसमा कैयौं वेवसाइट तथा संग सस्थाको तर्फ बाट केही न केही हरेक चिजमा उनीहरूलाई छुटको ब्यबस्था हुन्छ ,अनेक स्किमहरू आउँछन् तर मेन्स डे त  मान्छेलाई याद पनि हुँदैन होला कतिलाई त् यो कुन दिन  पर्छ जीवनभर थाहा नै  हुँदैन |  आउनुस् म आज तपाईहरू लाइ एउटा रोचक मान्छेको बारेमा केही सुनाउन गैरहेको छु , म उसको जिन्दगी संग तपाईलाई रुवरु गराउँछु , १० कक्षामा तैयारी सुरु गरेर ११/१२ को तैयारी गर्दा गर्दै अगाडी आउने जुन प्रतिस्पर्धा छ त्यसको तैयारी गर्यो  ,१२ पछी राम्रो कलेजको राम्रो मेहनत गर्यो  , राम्रो कलेज गएपछि राम्रो जागिरको लागि मेहनत गर्यो  ,राम्रो नोकरीमा जानको लागी एडभान्स जम्मा गर्यो  ,किनकि त्यसको लागी केही प्

केही गजल /राजन गिरी "राज"

Image
विहे एकबार हुन्छ, बार बार हुँदैन  विहे गर्दैमा जिन्दगी, वार पार हुँदैन | झुटो बोल्छन मान्छे, धेरै झुटा हुन्छन  एक्लो जीवन पनि त् ,बेकार हुँदैन | सबै भन्दा ठुलो कुरा, सुटुक्क भन्छु  आमा हेरौंकी श्रीमती, दोधार हुँदैन | झगडा हुँदैन घरमा ,शान्ति छाउँछ  तनाब लिएर मान्छे, बिमार हुँदैन | दाम हुन्छ नाम हुन्छ, पुग्ने सबै हुन्छ  आज म जस्तो , हल्लनटार हुँदैन | @@@@@@@@@@@@ फरक पर्दैन अब ,घृणा गर या प्यार गर जिन्दगी जिन्दगी रहेन ,अझै बरवाद गर |  कुपोषणले थलापरेका , उडुस महोदय ! मेरो रगत रहुन्जेल ,आफ्नो उपचार गर |  हेरत ! ति तारा हरु ,रात् भर रोई रहेछन् जाऊ थोपा टिपेर ,आँशुको ब्यापार गर |  मलाई थाहा छ ,लुटेराहरुको जमातमा छौ यी गरीबका झुपडीमा ,केही चमत्कार गर | @@@@@@@@@@@@@@@ नआऊ छेउमा मेरो , म मात्तिएको बेला बेहोशीमा पिउन सक्छु ,आत्तिएको बेला | मेरा नजर तिम्रा नजर ,लुका छुपी खेल्दा गल्ति हुन सक्छ मुटु , साट्टीएको बेला | जिन्दगी लाइ नशा संग ,घोली पिउंदै छु म सहारानै येही छ शरीर , काठ्ठीएको बेला | टाढै बस सिरमैरानी , मेरो  शिरको कसम कता छुन्छु थाहै हुन्न, म लाट्टीएको बेला | @@@@@@@@@@@@@ साहेब इच्

गीत - छरीएका बिस्कुनहरू /राजन गिरी "राज"

Image
न त मैले तिमीलाई चिनें न त् चिन्न चाह्यौ  के बुझेर तिमी मेरो जिन्दगीमा आयौ ! तिम्रो मेरो चिनाचानी संजालको मात्र  मेरा अरु साथी जस्तै तिमी एउटा पात्र हजार तिम्रा साथीमा म के भिन्नता पायौ के बुझेर तिमी मेरो जिन्दगीमा आयौ ! न त मैले .... मलाई हिजो दुख्दा किन तिमीलाई चस्को पर्यो तिमी सँग बोल्दा मेरो किन आँशु झर्यो के चाहन्छौं दुखी सँग कस्तो बानी लायौ के बुझेर तिमी मेरो जिन्दगीमा आयौ ! न त मैले तिमीलाई चिनें न त् चिन्न चाह्यौ  के बुझेर तिमी मेरो जिन्दगीमा आयौ ! @@@@@@@@@@@@@ हुन्न होला घर हाम्रो आफ्नो सुर गरौँ एउटाले महाँकाली अर्को मेची तरौं | कहिलै पनि नंग र मासु हुन् सकिएन एक अर्काको दिलको धड्कन छुन सकिएन  दुनियाँका कुरा सुन्दा हुन्छ अहिलै मरौं  एउटाले महाँकाली अर्को मेची तरौं | हुन्न होला ..... संगै हुँदा पिडा सुनाइ रुन सकिएन रुमाल भिजाई तिम्रो आँशु धुन सकिएन बेदना लाइ पोको पारि परेलीमा भरौं एउटाले महाँकाली अर्को मेची तरौं | हुन्न होला .... @@@@@@@@@@@@@@ एकान्तमा बस्दा बस्दै तिम्रो याद आयो मुटु बिचको भूकम्पले सुनामी उठायो | बिर्सनलाई पनि रैछ सम्झी दिनु पर्ने त्येहिबेलामा

कविताको शिर्षक = छोराको जीवन

Image
हो ! कूरा सहि हो उनी एसैघरकी बुहारी हुन् , इज्जत हुन् बाजा बजाएरै भित्र्याएकी लक्ष्मी हुन् म आगो छोएर भन्न सक्छु ,अहिलेसम्म उनी ! मेरी पत्नी हुन् |  हो त्यो साँचो हो , बाआमाको कठोर परिश्रम बाट  म कमाइते भएपछी म स्वीकार गर्छु आफ्नो जोईटीन्ग्रे पन  यो अनुहारमा निदाएको एउटा तनको असर  यौवनको कालो कालखण्ड संगै खण्डित ! एता लिपापोती गरिरहेका आँशु हरु  बुढाएका आँखाबाट पग्लिंदै पग्लिंदै भिजेर भुइँमा पलाएका छन् आशाको हरियो दुबोहरु  किनकि ! म जिउंदै थिएँ ,अझै पनि |  हो त्यो साँचो हो  छोरी दिएर छोरी बेसाएकै हुन् बाआमाले  छोरी दिएर छोरा बेसाएका हौँ , उनले भन्थ्ये  समय बित्दै गए , हुर्कंदै गए ,जल्दै अनि जलाउंदै गर्दा वर्तमान एति जल्न पुगेछन कि आखिर  घामले बादल पैचो लिएर ,आफु सेलाउन खोज्दैछ मेरो आँखाको दुइटा आकाशमा |  हो यो साँचो हो हजारौ पटक सन्तापका हुरी संग बहेली खेल्दा  लछारिंएका मनोवलका छालाहरु , कैयौ पटक टाउको संगै भुइँ छुँदै गरेका चोटिल पाखुरा  लुथ्रुक्क थाकेर आँगनमा टुक्रुस्स बस्दा  गरिएको बेवास्ताको चिंगारी सल्किएर एकदिन , बुडूम्म ! एउटा भयानक आवाज आउँछ निकै शक्तिशाली आवाज  जुन आवाजबाट म हज

गीत

Image
मलाई   थाहा  छैन , म  किन   उँडिरहेछु्  रात् झै निदाईरहेछु , दिन्  झैँ  जलीरहेछु्  जुन् दिन् देखेँ मैले , मलाई  एती नै थाहा  तिमी महकिरहिछौ , म  नि   महकिरहेछु् । बर्षाको  छेको   छैन ,  बादल     गर्जिरहेछन्  उँडेर्  केश तिम्रो , आँखामा     अल्झिरहेछन् मधुमस्त एक भौँरा , के  खोज्दै्छ    कली्साँ  तिमीले सम्झि रहिछ्यौ , दिलले सम्झिरहेछन् । अझै एक मिठो सप्ना, आँखामा नाचिरहेछन्  परेलीको द्वार बन्द , तर आँशु निक्लिरहेछन्  निद्रा कसरी आवोस , सुतेर ओल्टो कोल्टो उहाँ तिमीले गरी रहिछ्यौ , यहाँ मैले गरी रहेछु  राजन गिरी 'राज'  रुपा गाउँपालिका ३  कास्की 

कविता = मलाई याद गर्दै होलीन /राजन गिरी '''राज''

Image
मलाई बिर्सने कोशिश बार बार गर्दै होलीन  मेरो बाडुलीले लाग्छ मलाई याद गर्दै होलीन ।  मलाई मायाँ गरौँ नगरौँ यस्तै सोचाईहरूमा भेटियो होला मेरो पूरानो चिठी आफ्नो किताबको बिचमा , पढेर चिठी सिरानीमा राख्न लाग्दा मैले दिएको गुलदस्ता महकिन थाल्यो होला आज फेरी हेरीन होला मेरो तस्बिर मन बहकियो होला ! आज फेरी मेरो हातमा शिर राखेर  निदाउने प्रयास गर्दै होलीन ,  मेरो बाडुलीले लाग्दैछ मलाई याद गर्दै होलीन । आज फेरी उनी घरमा एक्लै छिन होला या त फेरी उनकी मम्मी आज छिटै सुतिन होला उनी मेरो फोनको पर्खाईमा होलीन मेरो लास्ट सिन चेक बार बार गर्दै होलीन मैले दिएको पाउजुको स्वोर आज मुस्किल बढाउँदै होला उनको बारेमा लेखेको चिठी आज उनैलाई चुप गराउँदै होला उनी आफैँले आफैँलाई लाचार साबित बार बार गर्दै होलीन मेरो बाडुलीले लाग्दैछ मलाई याद गर्दै होलीन । उनी अरु कसैलाई मेरो बारेमा बताईरहेकी होलीन उनी अन्य कसैको मनमा हिनता जगाईरहेकी होलीन  मलाई बदनाम गर्ने कोशिश उनी तमाम गर्दै होलीन कैयौँ झुटा म मा उनी आरोप गर्दै होलीन अनि जो भनाबैरी भएको थियो हाम्रो त्यो बन्द कोठा भित्र आज उनले त्यो सब बरबाद गर्दै होलीन मेरो बाडुल

केही गीत ,केही रित /राजन गिरी "राज"

Image
गीत बालुवामा बनेको घर् , बाढी आयो बगाईदियो  सपनाको संसारमा , कोईले आगो लगाईदियो । यही धर्तीमा जन्मिएर , चन्द्र छुन्छन कोईले  खान लाउन नपाएर , किन रुन्छन कोईले  जस्लाई पूजेँ उसैलेनै , जिन्दगीमा दगाइदियो  सपनाको...  न त मागेँ हिरा मोती , न त मागेँ सुन मैले्  किन इश्वोर आलो घाउमा ,छरेको हो नुन तैँले् दुलही जस्ता रातहरू , याद आयो जगाईदियो  सपनाको ...  पापी तँलाई आज भन्छु , साँचो कूरा एउटा  ढुङ्गा थिइस् मेरै कारण , बनेको हो देउता  फूल चढाई मायाँ माग्दा ,उल्टै छुरा चलाईदियो  सपनाको ...  बालुवामा बनेको घर् , बाढी आयो बगाईदियो  सपनाको संसारमा , कोईले आगो लगाईदियो । @@@@@@@@@@@@@@@@@ जिन्दगीमा सबैको प्रीत हुन्छ रीत हुन्छ  थोरै थोरै हार हुन्छ थोरै थोरै जीत हुन्छ  कसैको गीत बन्छ कसैको जीन्दगीमा  कसैको जिन्दगीनै कसैको गीत हुन्छ । @@@@@@@@@@@@@@@@@ डाली त्यागेर पंक्षी , जुन् दिन् उँडेर गयो  उसै दिन् मेरो किस्मत, मलाई छ्लेर गयो  अन्तिम मिलन सम्झेर, उनलाई भेट्न जाँदा  गाडी छुटेर गयो , यो मन जलेर गयो । @@@@@@@@@@@@@@@@@ बाटो हेर्दै बग्ने नदी समुद्रमा पुग्छन्  समुद्रलाई हेर्दै बग्ने बिच बाटोमै सुक्छन्