गीत - छरीएका बिस्कुनहरू /राजन गिरी "राज"


न त मैले तिमीलाई चिनें न त् चिन्न चाह्यौ 
के बुझेर तिमी मेरो जिन्दगीमा आयौ !

तिम्रो मेरो चिनाचानी संजालको मात्र 
मेरा अरु साथी जस्तै तिमी एउटा पात्र
हजार तिम्रा साथीमा म के भिन्नता पायौ
के बुझेर तिमी मेरो जिन्दगीमा आयौ !
न त मैले ....
मलाई हिजो दुख्दा किन तिमीलाई चस्को पर्यो
तिमी सँग बोल्दा मेरो किन आँशु झर्यो
के चाहन्छौं दुखी सँग कस्तो बानी लायौ
के बुझेर तिमी मेरो जिन्दगीमा आयौ !

न त मैले तिमीलाई चिनें न त् चिन्न चाह्यौ 
के बुझेर तिमी मेरो जिन्दगीमा आयौ !
@@@@@@@@@@@@@

हुन्न होला घर हाम्रो आफ्नो सुर गरौँ
एउटाले महाँकाली अर्को मेची तरौं |

कहिलै पनि नंग र मासु हुन् सकिएन
एक अर्काको दिलको धड्कन छुन सकिएन 
दुनियाँका कुरा सुन्दा हुन्छ अहिलै मरौं 
एउटाले महाँकाली अर्को मेची तरौं |
हुन्न होला .....

संगै हुँदा पिडा सुनाइ रुन सकिएन
रुमाल भिजाई तिम्रो आँशु धुन सकिएन
बेदना लाइ पोको पारि परेलीमा भरौं
एउटाले महाँकाली अर्को मेची तरौं |
हुन्न होला ....
@@@@@@@@@@@@@@

एकान्तमा बस्दा बस्दै तिम्रो याद आयो
मुटु बिचको भूकम्पले सुनामी उठायो |
बिर्सनलाई पनि रैछ सम्झी दिनु पर्ने
त्येहिबेलामा झनै कस्तो धेरै आँशु झर्ने
कुन पापीको नजरले भाग्य मेरो खायो
मुटु बिचको भूकम्पले सुनामी उठायो
एकान्तमा .....
मुटु बिचको ...
तिमीले रोज्यौ राम्रै होला तिम्रो लागि बाटो
छुन पनि नपरोस ति हातले ढुङ्गा माटो
तिम्रो प्यारो गुर्धौली फूल फेरी फुल्न लायो
मुटु बिचको भूकम्पले सुनामी उठायो
एकान्तमा ..
मुटु बिचको ..
@@@@@@@@@@@@@@@

मध्य रातमा आज किन आँखा फरफरायो
आमा बाबा दुखे छन् कि मुटु छटपटायो

के लाग्छ र परदेशीको मायाँ लाए पनि
बाबा आमा बिरामीको खबर आए पनि
सोच्दा सोच्दै मन भरियो परेली रसायो
आमा बाबा दुखे छन् कि मुटु छटपटायो

मध्य रातमा आज किन आँखा फरफरायो
आमा बाबा दुखे छन् कि मुटु छटपटायो

सानो हुँदा हात समाई हिंडन सिकाउने लाइ
दुख भोग्दै जिन्दगीको बाटो देखाउने लाइ
के नै गर्न सकें मैले दुई दिन बस्यो आयो
आमा बाबा दुखे छन् कि मुटु छटपटायो

मध्य रातमा आज किन आँखा फरफरायो
आमा बाबा दुखे छन् कि मुटु छटपटायो |
@@@@@@@@@@@@@@

छोडी जाने बैगुनीको फेरी याद आयो
धेरै पछी यी आँखाले आँशु झार्न पायो |

वियोगको आँशु दियौ हल्का भयो मन
तिमीलाई खुसि बनाउन म के गरौँ भन 
मौलाउंदै गयौ तिमि मलाइ दशा लायो
धेरै पछि ..

दुरी हाम्रो बढे पनि मन टाढा किन
मरिजाने जिन्दगी हो मायाँ गर्ने चिन
मेरो भागमा पर्ने फल कुन पापीले खायो
धेरै पछी .....
@@@@@@@@@@@@@@

तिमीलाई पर्खी बस्दा बस्दै आँखा धमिलो भो
देख्न पनि पाउँदिन कि मनै अमिलो भो ||२||


न त् तिमीले बिदा माग्यौ न त् मायाँ तोड़ेउ
किन मेरो हात बाँधी किनारामा छोड़ेउ
आधा खबर पाउँदा तिम्रो मनै गमिलो भो
देख्न पनि ......

तिमीले गर्येउ जे जे गरेउ बिर्सी सकें मैले
सम्झनामा बाँच्न गाह्रो हुँदै गाछ अहिले
सक्छौ भने आऊ प्रिया आँखा नुनिलो भो
देख्न पनि .......

तिमीलाई पर्खी बस्दा बस्दै आँखा धमिलो भो
देख्न पनि पाउँदिन कि मनै अमिलो भो ||२||
@@@@@@@@@@@@@@

तिमी पनि महिला हौ मेरी आमा जस्ती
बाबा संग पछि लागि आउने तिमी कस्ती

बाबाले त् गल्ती गरे तिमीले किन गर्यौ
हामी हिंडने बाटो भरी काँडा किन छर्यौ
हाम्रो बास खेदे पछि तिमीलाई भयो मस्ती
बाबा संग .....
तिमी पनि ..
नारी नै हुन् नारी माथि शोषण गर्ने हरु
अरुको घर बिगारेर खुसी छर्ने हरु
धन्यबाद छ तिमीलाई खोस्यौ घर बस्ती
बाबा संग पछि लागि आउने तिमी कस्ती

तिमी पनि महिला हौ मेरी आमा जस्ती
बाबा संग पछि लागि आउने तिमी कस्ती |
@@@@@@@@@@@@@@@

रात भरि तिमीलाई चिठ्ठी लेखिरहें,मेटी रहें
शब्दहरु उध्याई आफ्नो , घाँटी रेटी रहें |

किन आउँछन याद हरु एउटा पछी अर्को
मायाँ मारी सके पछी पिपलुले बर् को |
जिन्दगीका भोगाईहरु मसी बनाइ फेटिरहें
शब्दहरु उध्याई आफ्नो घाँटी रेटी रहें |

बैंस आयो कसैलाई त हुन सम्म भयो
संगै हिंडने मलाई किन रुवाएर गयो
हरेक पटक भुल्न खोज्दा उनलाई भेटिरहें
शब्दहरु उध्याई आफ्नो घाँटी रेटी रहें |

रात भरि तिमीलाई चिठ्ठी......
शब्दहरु उध्याई आफ्नो ......
@@@@@@@@@@@@
@@@@@@@
राजन गिरी "राज"
रुपा गाउँपालिका ३ 
कास्की


Comments

Popular posts from this blog

ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"

आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"