केही गजल /राजन गिरी "राज"



विहे एकबार हुन्छ, बार बार हुँदैन 
विहे गर्दैमा जिन्दगी, वार पार हुँदैन |


झुटो बोल्छन मान्छे, धेरै झुटा हुन्छन 
एक्लो जीवन पनि त् ,बेकार हुँदैन |


सबै भन्दा ठुलो कुरा, सुटुक्क भन्छु 
आमा हेरौंकी श्रीमती, दोधार हुँदैन |


झगडा हुँदैन घरमा ,शान्ति छाउँछ 
तनाब लिएर मान्छे, बिमार हुँदैन |


दाम हुन्छ नाम हुन्छ, पुग्ने सबै हुन्छ 
आज म जस्तो , हल्लनटार हुँदैन |
@@@@@@@@@@@@


फरक पर्दैन अब ,घृणा गर या प्यार गर
जिन्दगी जिन्दगी रहेन ,अझै बरवाद गर | 


कुपोषणले थलापरेका , उडुस महोदय !
मेरो रगत रहुन्जेल ,आफ्नो उपचार गर | 


हेरत ! ति तारा हरु ,रात् भर रोई रहेछन्
जाऊ थोपा टिपेर ,आँशुको ब्यापार गर | 


मलाई थाहा छ ,लुटेराहरुको जमातमा छौ
यी गरीबका झुपडीमा ,केही चमत्कार गर |
@@@@@@@@@@@@@@@


नआऊ छेउमा मेरो , म मात्तिएको बेला
बेहोशीमा पिउन सक्छु ,आत्तिएको बेला |


मेरा नजर तिम्रा नजर ,लुका छुपी खेल्दा
गल्ति हुन सक्छ मुटु , साट्टीएको बेला |


जिन्दगी लाइ नशा संग ,घोली पिउंदै छु म
सहारानै येही छ शरीर , काठ्ठीएको बेला |


टाढै बस सिरमैरानी , मेरो  शिरको कसम
कता छुन्छु थाहै हुन्न, म लाट्टीएको बेला |
@@@@@@@@@@@@@


साहेब इच्छ्या मृत्यु देऊ बरु ,बाँचेर सार छैन
तिम्रो देशमा म जस्ताको ,कोइ अधिकार छैन |


बुद्धको देशमा अब ,बन्दुक चल्न थाले पछी
हनुमान जी सोध्दैछन ,मलाइ तलवार छैन ?


ए सरकार ! किन मौन छौ ,यो महांमारीमा
हुनत तिम्रो पनि बोले जस्तो ,ब्याबहार छैन | 


फोन गरेर सोध्दैछ छोरो ,पानी जहाजको
कसरी सम्झाऊ उसलाई, कुनै आधार छैन |


परिवार पाल्न जवानी ,काटिसकेकी छोरी
भन्छिन विहे गर्न मेरो ,अहिले हतार छैन | 
@@@@@@@@@@@@@@@


न आफ्ना छन् न आफन्ती छन् ,जे छन् पैसामै छन्
तर पैसा कमाउने हर यत्न प्रयत्न ,सबै नाकामै छन् | 


उनको भविष्य राम्रो होला भन्दै ,जोडेको सम्पती त्यो
सुख चाहिएको सबैलाई साहेद, उनीहरु आरामै छन् |


बाह्र छोरा तेह्र नाती  ,दुखको थैलो आफैं माथि भन्थे
साँच्चै रहेछ बाआमा अझै ,गोठका कुनामै छन् |


अंश मागेर अलग हुन ,पटक पटक आयो छोरो
आमाको आँखामा उसको नाभी ,अँगेनामै छन
@@@@@@@@@@@@@@@


मन्दिरमा रेसमी कपडा चढाई ,बाहिर बलात्कार गर्छन 
नाता, उमेर, जिन्दगी हेर्दैनन् ,इज्जत तार-तार गर्छन |


न्याय कानुन हातमा लिन्छन ,पावोर देखाउन थाल्छन
धम्कि दिंदैं इज्जत किन्छन ,पैसालाई सर्मसार गर्छन |


मनभरी पीडा बोकी ,छाती माथि ढुंगा राख्दै 
लाचार परिवार त्यो पैसाले ,बलात्कृतको उपचार गर्छन |
@@@@@@@@@@@@@


म दुखी छैन खुशी मात्र हुन ,नसकेको हो
तिमीलाई तनाब दिन्न भनि ,रुन नसकेको हो 


सोच्दाहुन मान्छे हरु मलाई ,कठोर सोच्दाहुन
मुटु त मेरो पनि दुख्छ ,बताउन नसकेको हो | 


भित्ताको तिम्रो तस्बिरले ,मलाई हेर्दै रुन खोज्दा 
म औकातमा उभिएको मान्छे ,छून नसकेको हो |
@@@@@@@@@@@@@@@@


खेती गरेर के गर्नु आफ्नो, लगानी उठदैन
आ काल लैजा भन्दा ,जिन्दगानी उठ्दैन 

आकाश रुँदैन , कुलो नहरको ,खै ब्यबस्था
जावो भुँइको सिन्को पनि ,नतानी उठदैन | 

जाग मेरा किसानहरु ,कति खप्छौ पिडा अरु
निदाएको कपास पनि ,लौरो नहानी उठ्दैन | 

तिलहरी बेचेर छोरो ,मुग्लान पठाउँछिन आमा
कठै  !आफु मर्दा अस्तुको ,खरानी उठदैन |
@@@@@@@@@@@@@@


तिम्रो बाटोमा माटोको ,घर आउँदैन
म जस्तो सानो तिनो ,नजर आउँदैन |

खुशीको आँखामा आँशुको ,ठाउँ राखिरहनु
दशा बाजा बजाउंदै ,वर पर आउँदैन |

मलाई थाहा छ दुख के हो पीडा के हो
त्यसैले त परेलीमा पानी बर बर आउँदैन |
@@@@@@@@@@@@@@ 


हो मेरो अस्तित्व मेटिएको थिएन ,मेट्न खोजिएको हो
घाँटी समातेर भुत्ते खुकुरीले ,रेट्न खोजिएको हो ।

म आत्तिएर छट्पटिँदै ,गुहार गुहार चिल्लाई रहेँ
साथ दिन आउने बाटनै मलाई ,अंचेट्न खोजिएको हो ।

मलाई थाहा छ आँखा अघिकै, विश्वास गर्छन मान्छेहरु
मेरो राम नै हराए पछि ,हनुमान लखेट्न  खोजिएको हो ।

सम्झियो दुश्मनले दुश्मनी लिएरै ,बोलाउन पठायो
मलाई बिकाऊ सम्झिएर साहेद ,भेट्न खोजिएको हो ।
@@@@@@@@@@@@@@@@


आँशु दिएर उनि संग, दिल किनेको मान्छे
ब्यापारी पो रैछिन बरा ,मैले चिनेको मान्छे |

टुक्रा टुक्रा बिक्री भएँ ,आफ्नै आँखा अघि
बिस्वास गर्नै नसकिने ,संगै हिंडेको मान्छे |

दिनहुँकै यसै गरि ,लाखौँ प्रेमी मर्छन तर
मुटु चिरी देखाउंदैनन् ,खुशी छिनेको मान्छे |

आफ्नो सम्झी जसको निम्ती ,आफैँ रित्तिएँ
ऊनि रैछिन आँखा अघि, उभिनेको मान्छे |

थला परेको छ आज एउटा, बिशाल हृदय
छल कपटका तीर हरुले ,उधिनेको मान्छे |
@@@@@@@@@@@@@


मेघ गर्जेर फूल फुल्दैन ,पानी नपाईकन 
फु गरेर बल्ब निभ्दैन ,बटन नदवाईकन |

चर्को बोलेर भोगटे ,झार्न खोज्छन् मान्छे
झर्दैन भेट्नोमा ऊ ,तोस्रो नलगाइकन |

येहाँ सोच्ने समय छैन हजुर ,सम्झाउनु पर्छ
आमाले अमृत पियाउंदिनन, बच्चा नकाराईकन |

झुट बोल्छन अनशन बसें ,अन्न पानी त्यागें भनी
लो बाँचेर देखाओस् त् ,दस दिन नखाईकन !
@@@@@@@@@@@@@@
@@@@@@@@@
राजन गिरी "राज"
रुपा गाउँपालिका ३ 
कास्की


Comments

Popular posts from this blog

ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"

आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"