छोरा मान्छेको पीडा / राजन गिरी "राज"

 

यार, यो के देख्दैछु  ? हेर हेर केटीहरू झैँ रोईरहेछ ! मतलब हामी केटाहरूको रुनुमा पनि तरिका  हेरियो  , यो त् केटीहरूले झैं रुन्छ | विचार गर्नेहो भने जुन सुकै साहित्यिक मंच हो या जमझट त्यहाँ कसै न कसैले आमाको बारेमा चार हरफ बर्णन गरेकै हुन्छन तर बा को कतै कुनै टाढा टाढा सम्म पनि उल्लेख भएको पाइंदैन | एकाध शेर होलान तर आमाको बारेमा केही न केही बोलेकै हुन्छन | 

तपाईहरू लाई थाहै छ महिला दिवसमा कैयौं वेवसाइट तथा संग सस्थाको तर्फ बाट केही न केही हरेक चिजमा उनीहरूलाई छुटको ब्यबस्था हुन्छ ,अनेक स्किमहरू आउँछन् तर मेन्स डे त  मान्छेलाई याद पनि हुँदैन होला कतिलाई त् यो कुन दिन  पर्छ जीवनभर थाहा नै  हुँदैन | 

आउनुस् म आज तपाईहरू लाइ एउटा रोचक मान्छेको बारेमा केही सुनाउन गैरहेको छु , म उसको जिन्दगी संग तपाईलाई रुवरु गराउँछु , १० कक्षामा तैयारी सुरु गरेर ११/१२ को तैयारी गर्दा गर्दै अगाडी आउने जुन प्रतिस्पर्धा छ त्यसको तैयारी गर्यो  ,१२ पछी राम्रो कलेजको राम्रो मेहनत गर्यो  , राम्रो कलेज गएपछि राम्रो जागिरको लागि मेहनत गर्यो  ,राम्रो नोकरीमा जानको लागी एडभान्स जम्मा गर्यो  ,किनकि त्यसको लागी केही प्याकेजको आवस्यकता पर्छ तपाईहरू सबै जानकार नै हुनुहुन्छ | कति नै  मिल्छ र पैसा नोकरीमा ,१५/२०/२५ हजार , त्यहाँ बाट सिंढी चड्न सुरु गर्दै गर्दै ७०/८० हजार कमाउन सकियोस ताकी कसैको बा आमाले आफ्नो छोरी दिन सकुन भन्यो  | त्यसपछि विहेको एक साल अगाडी देखिनै आउने ४ दिने  हनिमुनको लागि आफ्नो एक साल अगाडी देखि खल्ती घटाउन सुरु गर्यो , आउने मान्छेको नयाँ नयाँ माग हरु पुरा गर्नको लागि बिचरा आफ्नो फाटेको जिन्स रफ गरेर लगाई हिंड्नु पर्ने म जस्तै केटा मान्छेको बाध्यता हो   | 

जब ३०/३५ को उमेरमा पुगिन्छ  तब थाहा लाग्छ कि त्यो समय जब हामी साना थियौं बा लाई दशैंमा नयाँ लुगा किन्नुस न भन्दा पोहोरको पनि केही भएको छैन नि बाबु राम्रै छ भनेर किन कुरा टाल्नु हुन्थ्यो | 

कति सजिलो हुन्छ नि है सिर्फ एक लाइन भन्न " पख म आफ्नो लुगा च्यात्छु र पुलिसलाई बोलाउंछु " हाम्रो खबरमा नहोला तर कति छोरामान्छेले आफू यही  साबित गर्नकै लागि  पूरा जिन्दगी निकालिदिन्छन कि मैले त्यो बेला कुनै गल्ति नै गरेको थिइन् | कसैले सही भनेको थियो यार छोरा मान्छे लाई पनि उतिनै  दुख्छ बस कोही सोध्ने मान्छेको आवस्यक पर्छ | 

हामीले फेमिनिजम को कुरा गर्दा गर्दै एउटा वेलिटि लाई धेरै पछाडी छोडियो | अरे तँ त्  केटा होस् तँलाई के छ र ! कहीपनि गएर मुख गाड्न सक्छस ! कति नराम्रो शब्द , किन प्रश्न उठ्दैन यो हाम्रो क्यारेक्टर मा ? हाम्रो सेल्फ रिस्पेक्ट मा ? ऊ दुनियाँ संग लड्न सक्छ तर परेलीका डिल भत्काएर रुन सक्दैन , तर  तिमी रुन सक्छेउ यार ! तिमीले रोएरै भनिदिन्छ्यों कि म समस्यामा छु, पिडामा छु , हो यही कुराले हामी छोरामान्छे लाइ भित्र गहिरो पीडा दिन्छ थाहा छ ! कसैलाई तितो लाग्ला तर साँचो छ ,म यो भन्दिन कि तिमी मेहनत गर्दिनौ ,तिमी पनि म जस्तै खुब मेहनत गर्छ्यौ ,ठुला इछ्या छन्  ,अशिम चाहना बोकेर हिंडेकी छौ तिमी पनि ,म यो कुरा मान्छु तर लास्ट सम्म पनि तिमीलाई सक्सेस मिलेन भने "यु ह्याव अ ब्याकअप" कि तिमी संग एउटा अप्सन छ,  मेरो मान्छे ले त् कमाउँछ | हुनत आजकल का महिला हरु यस्ता छैनन् तर यो पनि साँचो हो  कहीं न कही उनीहरुको ब्याकअप त् छ , सेक्युरिटी छ , ठिकै छ यार मेरो मान्छेले कमाउनेछ ,यो कुरा हामी केटाहरूको साथमा हुँदैन | उसले जे गर्नुछ स्वोयम ले गर्नुपर्छ | 

यस्तै अर्को पाटो हेर्ने हो  भने आफ्नो परिवार छोडेर अर्काको परिवारको रहन सहन , तौर  तरिका मा ढलेर बस्न सक्ने सक्ति सिर्फ नारीमा नै हुन्छ | दिनभर काम गर्यो घर आयो सासु ससुरा बाल बच्चा पति को सुन्यो एक ठाउँमा रहेर दुइटा परिवार लाई जोडेर उनीहरूलाई खुशी सिर्फ यिनै महिला दिन सक्छिन | सबैका आफ्ना आफ्ना कथा ब्याथा  हुन्छन सबैलाई आफ्नै पिडा ठुलो लाग्ने हुँदा तपाइको सोचाईमा मेरो विचार  के कस्तो लाग्यो तल कमेन्ट बक्समा जरुर राख्नु हुनेछ भन्ने आशामा छु |

समाप्त 

राजन गिरी "राज"

रुपा गाउँपालिका ३ 

कास्की 



Comments

Popular posts from this blog

ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"

आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"