कविता = मलाई याद गर्दै होलीन /राजन गिरी '''राज''




मलाई बिर्सने कोशिश बार बार गर्दै होलीन 
मेरो बाडुलीले लाग्छ मलाई याद गर्दै होलीन । 
मलाई मायाँ गरौँ नगरौँ यस्तै सोचाईहरूमा
भेटियो होला मेरो पूरानो चिठी आफ्नो किताबको बिचमा ,
पढेर चिठी सिरानीमा राख्न लाग्दा
मैले दिएको गुलदस्ता महकिन थाल्यो होला
आज फेरी हेरीन होला मेरो तस्बिर
मन बहकियो होला !
आज फेरी मेरो हातमा शिर राखेर 
निदाउने प्रयास गर्दै होलीन , 
मेरो बाडुलीले लाग्दैछ मलाई याद गर्दै होलीन ।

आज फेरी उनी घरमा एक्लै छिन होला
या त फेरी उनकी मम्मी आज छिटै सुतिन होला
उनी मेरो फोनको पर्खाईमा होलीन
मेरो लास्ट सिन चेक बार बार गर्दै होलीन
मैले दिएको पाउजुको स्वोर आज मुस्किल बढाउँदै होला
उनको बारेमा लेखेको चिठी आज उनैलाई चुप गराउँदै होला
उनी आफैँले आफैँलाई लाचार साबित बार बार गर्दै होलीन
मेरो बाडुलीले लाग्दैछ मलाई याद गर्दै होलीन ।

उनी अरु कसैलाई मेरो बारेमा बताईरहेकी होलीन
उनी अन्य कसैको मनमा हिनता जगाईरहेकी होलीन 
मलाई बदनाम गर्ने कोशिश उनी तमाम गर्दै होलीन
कैयौँ झुटा म मा उनी आरोप गर्दै होलीन
अनि जो भनाबैरी भएको थियो हाम्रो त्यो बन्द कोठा भित्र
आज उनले त्यो सब बरबाद गर्दै होलीन
मेरो बाडुलीले लाग्छ मलाई याद गर्दै होलीन ।

मेरो तस्बिरहरू जलाएर खरानी बनाउँदै होलीन
भुलाएर मलाई नयाँ सुरुवात गर्दै होलीन
सायद उनी आज मेरो हिसाब गर्दै होलीन
मेरो बाडुलीले लाग्छ मलाई याद गर्दै होलीन ।

अबत कोही पराई सङ्ग आफ्नो सपना सजाईरहेकी होलीन
त्यो कोही अरुनै होला जस्लाई आफ्नो बताईरहेकी होलीन
आज फेरी त्यो बर्शा भयो होला , 
पर्दाहरूले शिर चुम्ने इच्छ्या गर्दै होलान
उनी उसको हातलाई मेरो हात सम्झेर बसेकी होलीन 
उस्ले छुँदा मेरो भावना सम्झेर बसेकी होलीन
म हुनुको आभास लाई आफ्नो हृदयमा उतारिन होला
गल्तीले उसलाई मेरो नामले पुकारिन होला
मेरा यादका परिन्दाहरू अब आजाद गर्दै होलीन
मेरो बाडुलीले लाग्छ मलाई याद गर्दै होलीन ।

धोकेवाजीको साह्रा सिमा उनी पार गर्दै होलीन
अबत आफ्नो इज्जतको तार तार गर्दै होलीन
मेरो अलावा अरु कसैको बिस्तरामा 
कसै सङ्ग यो कमाल गर्दै होलीन 
अनि यो कस्को औँला हो तिम्रो शरीरमा
उसको बिस्तराको च्यादर पनि यो सवाल गर्दै होला
मेरो बाडुलीले लाग्छ मलाई याद गर्दै होलीन 
@ समाप्त@ 
राजन गिरी ''राज''
रुपा गाउँपालीका ३
कास्की

















Comments

Popular posts from this blog

ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"

आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"