केही मुक्तकहरू /राजन गिरी "राज"
दुखेको हातले उसको तस्बिर बनाउने गर
तिमी आफ्नै खुट्टामा उभिन चाहन्छ्यौ भने
प्रेम निभाउनु पनि जागीर हो कमाउने गर ।
म निधार देख्दिन त्यसैले किस्मत लेख्न सक्दिन म
आफ्नो फाईदाको लागि तिम्रो सुख छेक्न सक्दिन म
खुशी लाग्छ तिम्रो विहे राम्रै मान्छे सङ्ग भयो
तर तिमी सङ्ग तिम्रो श्रीमान देख्न सक्दिन म ।
मलाई धोका दिए पछि ऊ , पैसा ओडेर निदाएकी होली
दुख देखेर आत्तीएकी मान्छे , अबत खुब् रमाएकी होली
महाँमारीले कतिको जागीर खोस्यो , कति भोकै मरे बरा !
चामल देख्न मुस्किल मलाई , हिरा मोती पकाएकी होली ।
खाएका थियौ त्यो बाचाको के भयो ?
हुकूमतको नेक् इरादाको के भयो ?
निर्दोष् लाई जिउँदै टाँग्दियौ शुलीमा ,
भाई मार्ने त्यो हरामजादाको के भयो ???
ढुङ्गा मुडा हुर् हुल्दङ्गा गर्ने नायक् भए
स्वोर् चाहिँदैन् पैसा तिरेसी गायक् भए
यो राजनीति त् एतिसम्म गिर्दो रहेछ कि्
घुस्याहा बेईमानहरू पनि विधायक् भए ।
न बाबुरामको कामी काम आयो
न पि एम जी को धामी काम आयो
राता रात देशको नाम चलाउन त्
घुसखोरी र बदनामी काम आयो ।
स्कुल जाँदा तिमी र म , ढिलो भको याद छ !
पानी पर्दा चिप्ली स्कट , हिलो भको याद छ !
गाउँ भरि तिम्रो मेरो , चर्चो चले पछि ,
तिम्रो दाईले हिर्काई गाला , निलो भको याद छ !
म चाहे अब जे सुकै गरम् , तिमीलाई के मतलब् !
मेरो मर्जी बाँचम् कि मरम् , तिमीलाई के मतलब् !
भतेर् को टपरी झै अघाएसी , मिल्काएर हिँड्यौ् !
राम बनम् या सिता हरम् , तिमीलाई के मतलब् !
आज बिदा देऊ मलाई, म फर्केर आउनेछु
साथ लगेर तिमीलाई , त्यो ठाउँ देखाउनेछु
दिलको मन्दिर जहाँ , आरती भएन कहिलै
तिम्रो हातबाट एउटा , दियो जलाउनेछु ।
नारी बनी जन्म्यौ सुनका चुरा लगाउन लाई ,
बिहान उठी पँधेरोमा कूरा लगाउन लाई ,
हाम्रा पालाँ गुन्यो चोलो जिउ ढाकेर हिँड्थे ,
हिजो आज गाह्रो मान्छन पूरा लगाउन लाई ।
आफू भन्ने हरूलाई , ज्यान दिएर सघाउँछु म
सच्चा मन्ले दिएको , एक गाँसमै अघाउँछु म
ए मुखमा राम नाम जपेर , छूरा घोप्ने हरू हो !
गोबर सुँघेरै भैसिको , नश्ल पत्तो लगाउँछु म ।
कवि , हाँस्य लेख्छन त कहिले परिहास लेख्छन्
यो पत्थरको बस्तीमा पनि मुलायम घाँस लेख्छन्
कठिन यो परिस्थितिमा एस्को महत्वोलाई सम्झनु
रोएको वक्तमा पनि हाँसेको इतिहास लेख्छन् ।
न आफू केही काम् गर्छे, न मेरो सुरले गर्न् दिन्छे
गृहस्थी नै त्याग्छु भन्दा , न त पहिरन् धर्न् दिन्छे
साह्रै सकस् पर्दा खेरी , ज्यानै फाल्न खोजेँ मैले
तीजको व्रत निर्जल बसि ,न त मलाई मर्न् दिन्छे ।
विहे गरि पहिलो पल्ट ससुराली गैयो
दुई चार किलो स्याउ सुन्तला किनेर नि लैयो
पुगे पछि ढोगभेट चल्यो सबै भित्र पसे
आफू बाहि र एकलकाटे बाँदर जस्तो भैयो ।
मलाई चालू सम्झिनु या क्लेवर सम्झिनु
मेरो मस्तिको आफ्नै अलग फ्लेवर सम्झिनु
भलै तिन महिना पछि मलाई जे जे भन्ने भन्नु
अहिले फाल्गुन छ् दिदीको देवर सम्झिनु ।
तिमी ठान्छ्यौ म मा कन्फिडेन्स् रहेन
समय लाई चिन्न सक्ने सेन्स् रहेन
कन्फिडेन्स् , सेन्स् अनि भेलेडिटी छ
तर् के गरौँ उमेर् को ब्यालेन्स् रहेन ।
साँस रहुन्जेल आश हुने, बाँच्नै पर्ने रहेछ
जोरी बैरी लागे पनि , हाँस्नै पर्ने रहेछ
दुनियाँ स्वार्थि छ अरुका खुशीको लागि
घुँडा टेकेरै भएपनि , नाँच्नै पर्ने रहेछ।
तीजलाई किनेको गहना लाउनै पाइएन थुक्क कोरोना
सुनको भाउ बढ्दा झन देखाउनै पाइएन थुक्क कोरोना
न त माइत जान दियो बरै न दर खाएरै हिँड्न दियो !
कुर्चिमा बसेर बुढो कजाउनै पाइएन थुक्क कोरोना।
मलाई गुट् मन् पर्दैन त्यो लुट् मन् पर्दैन
कसैलाई मर्ने सम्म कसैलाई छुट् मन् पर्दैन
ऐँचो पैँचो भारा पर्म ,आज एता भोली उता
साहित्यमा यस्ता जैरी कर्तुत् मन् पर्दैन ।
हे रात ! केहीबेर म सङ्गै बस , आज निदाउन देऊ
उनी आउँदैछिन क्या प्लिज , आँखा मिलाउन देऊ
थोरै सास पैचो मागेर , आएको छु यमराज सङ्ग
धित् मरुन्जेली हेर्छु उनलाई , अनि बिलाउन देऊ ।
सुनको भाउ बढ्यो ह्वात्तै , बुढी पाउनै गाह्रो
एक तोलाको मङ्गलसूत्र, किनी ल्याउनै गाह्रो
गर्दिन म विहे सिहे , बरु एसै बस्छु भन्यो्
दिन् ढल्दै ढल्दै जान्छ , मन् बुझाउनै गाह्रो ।
तिमी मलाई हेर , ऐना नहेर , तस्बिर झुटो छ
म बायाँ फर्कँदा , दायाँ फर्किन्छ, तक्दिर झुटो छ
पाप् गरेर भगवान् सङ्ग , वरदान किन माग्छौ
सेवा गर अनि धर्म कमाऊ , यो मन्दिर झुटो छ ।
तस्बिर जस्तै टालाटुली , बोटलेको जिन्दगी
छोपिएनन् तिम्रै हातले ,जलेको जिन्दगी
तिम्रो मनमा प्रश्न उठला , मेरो जवाफ सुन्नु
वियोगैले कोपिलामै , भुइँ झरेको जिन्दगी ।
पसिना पिएर मोटाएको ज्यान हो कमजोर नसोच्नु
मेहनतको कमाईले अघाएको पेट् हो चोर नसोच्नु
टाढा छु ,देश दुखेको छ,नेपाली हुँ ,चिन्ता त हुन्छ् नै
पावोरमा बसेर गध्दारी गर्ने जस्तै हरामखोर नसोच्नु ।

राजन गिरी "राज"
रुपा गाउँपालिका ३
कास्की ग.प्र
Comments
Post a Comment