केही गीत ,केही रित /राजन गिरी "राज"


गीत
बालुवामा बनेको घर् , बाढी आयो बगाईदियो 
सपनाको संसारमा , कोईले आगो लगाईदियो ।
यही धर्तीमा जन्मिएर , चन्द्र छुन्छन कोईले 
खान लाउन नपाएर , किन रुन्छन कोईले 
जस्लाई पूजेँ उसैलेनै , जिन्दगीमा दगाइदियो 
सपनाको... 
न त मागेँ हिरा मोती , न त मागेँ सुन मैले् 
किन इश्वोर आलो घाउमा ,छरेको हो नुन तैँले्
दुलही जस्ता रातहरू , याद आयो जगाईदियो 
सपनाको ... 
पापी तँलाई आज भन्छु , साँचो कूरा एउटा 
ढुङ्गा थिइस् मेरै कारण , बनेको हो देउता 
फूल चढाई मायाँ माग्दा ,उल्टै छुरा चलाईदियो 
सपनाको ... 
बालुवामा बनेको घर् , बाढी आयो बगाईदियो 
सपनाको संसारमा , कोईले आगो लगाईदियो ।
@@@@@@@@@@@@@@@@@


जिन्दगीमा सबैको प्रीत हुन्छ रीत हुन्छ 
थोरै थोरै हार हुन्छ थोरै थोरै जीत हुन्छ 
कसैको गीत बन्छ कसैको जीन्दगीमा 
कसैको जिन्दगीनै कसैको गीत हुन्छ ।
@@@@@@@@@@@@@@@@@


डाली त्यागेर पंक्षी , जुन् दिन् उँडेर गयो 
उसै दिन् मेरो किस्मत, मलाई छ्लेर गयो 
अन्तिम मिलन सम्झेर, उनलाई भेट्न जाँदा 
गाडी छुटेर गयो , यो मन जलेर गयो ।
@@@@@@@@@@@@@@@@@


बाटो हेर्दै बग्ने नदी समुद्रमा पुग्छन् 
समुद्रलाई हेर्दै बग्ने बिच बाटोमै सुक्छन् ।

चाहे जस्तो हुनै पर्ने जिन्दगीको चल्ती 
निधारलाई दोष दिन्छौँ कति ठूलो गल्ती 
तिमी आफ्नो कर्म गर शत्रु आफैँ झुक्छन 
समुद्रलाई हेर्दै बग्ने बिच बाटोमै सुक्छन् |१|

धेरै आउँछन यात्रा गर्दा बाटो भड्काउने 
आफ्नै हुन्छन सफलताको हलो अड्काउने 
धेरै जसो मान्छेहरू यहीँ नेर चुक् छन् 
समुद्रलाई हेर्दै बग्ने बिच बाटोमै सुक्छन् |२|

बाटो हेर्दै बग्ने नदी समुद्रमा पुग्छन् 
समुद्रलाई हेर्दै बग्ने बिच बाटोमै सुक्छन् |
@@@@@@@@@@@@@@@@


पिउन देऊ मलाई , मदिरा यहाँ पुजारी 
छैनन कहाँ र ईश्वर , हेर आँखा उघारी ।

देख्छु म आज तट्मा, मसान बनेका मान्छे 
रित्तो गयो महाँजन , छोडेर खेत बारी ।
जाने सबैले एक दिन, संसारको यो रित 
मेरो चिहानमा आउनु , पर्खि रहन्छु प्यारी ।

श्रृंगार खोस्न हुन्न, एउटा कूरा म भन्छु 
सिउँदो सजाउनु तिमी, भन्दा वयस्क नारी ।
@@@@@@@@@@@@@@@


सुल्टो चिजलाई उल्टो देख्ने , बैगुनीको बानी 
ऐना माथि बिश्वास गर्दा , धोका खान्छौँ हामी । 

बाउ बाजेले भन्ने गर्थे , आँखा धोका खान्छ 
तर पनि हाम्रो नजर , सुन्दरता मै जान्छ 
अनुहारमा लाएको मायाँ , हुन्छ पानी पानी 
ऐना माथि बिश्वास गर्दा , धोका खान्छौँ हामी ।

धर्म हुन्न मन्दिरमा , जोर बत्ति बालेर 
दिल भित्रको कालो मैलो , जान्न पखालेर 
कहिले काहीँ ठूलो गल्ती , गर्छौँ जानी जानी 
ऐना माथि बिश्वास गर्दा , धोका खान्छौँ हामी ।

सुल्टो चिजलाई उल्टो देख्ने , बैगुनीको बानी 
ऐना माथि बिश्वास गर्दा , धोका खान्छौँ हामी । 
@@@@@@@@@@@@@@@


आऊ एउटा वाचा गरौँ 
अब मायाँ लाउने छैनौँ 
भिर पाखा पखेरीमा 
प्रीतको गीत गाउने छैनौँ ।

किन लाउनु मायाँ प्रीति 
भोली छुट्नु पर्छ भनी 
किन रोप्नु फूल ब्यार्थै 
कोपिलामै मर्छ भनी ।

लुकाएर के सकिन्थ्यो 
समाजले ताली पायो 
तिम्रो मेरो बिचमा कठै
पिरथीले गाली खायो ।

आऊ आज फूल अक्षता 
देउरालीमा पाती चढाउँ 
पिरथीलाई थाति राख्दै
जिन्दगीलाई अघि बढाउँ ।
@@@@@@@@@


शिर्षक= मेरी स्वास्नी /ब्याङ्ग्य( झ्याउरे)
कस्तो मति बिग्रिएर , विहे गरेछु मैले 
दैला ठेलाँ टाउको समाई, रुनु पर्यो ऐले 
मोटाएर त्यत्रो हुँदा , खानै पाईन भन्छे 
एकै पटक लाको लुगा ,पुरानोमा गन्छे |१|

न त यस्लाई बेच्न मिल्ने , न त मिल्ने साँट्न 
मलाई भने मर्नु भयो , जिन्दगानी काट्न 
तिनमानाको भात पकायो , उस्लाई मात्र हुन्छ 
गरि खाने जाँगर छैन , सम्झ्यो मन रुन्छ |२|

यस्सो केही भन्नै हुन्न, खाम्ला जस्तो गर्छे 
जहिले हेर्यो मुख अँध्यारो, सधैँ ठुस्स पर्छे 
मर्ने गरि पिट्छे छोरी , मेरो रिसले होला 
कहिले लिन आउँछ यस्लाई, यमराजको डोला |३|
@@@@@@@@@@@@@@@@


छटपटिँदै् यता उता , अनि माथी हेर्यो 
यस्तो लाग्छ अब भने , बिपत्तिले घेर्यो ।
पैरो आयो पुरी लग्यो , बस्ने घर बारी
तिमीलेनै भन्देउ प्रभु , बाँचौ कसो गरी |१|

रिम झिम पानी पर्यो , सल्लेरी सुसायो 
आफ्नो भने बासै छैन ,आधी मासु खायो ।
कस्ले हेर्छ गरीब लाइ , शिव राम हरी ! 
तिमीलेनै भन्देउ प्रभु , बाचौँ कसो गरी |2| 

जन्म दियौ कर्म दियौ , भाग्य ठग्यौ किन 
कुन् जन्मको पाप लागि ,आयो एस्तो दिन 
मानिसको जिन्दगी यो , भयो किरा सरी 
तिमीलेनै भन्देउ प्रभु , बाचौँ कसो गरी |३|

कित प्राण हरि लैजाउ , कित खुसी देऊ 
कित आऊ माफी माग , बैरागिको छेऊ 
कतिन्जेली यि आँखामा ,आँशु भरि भरी 
तिमीलेनै भन्देउ प्रभु , बाचौँ कसो गरी |४|

@@@@@@@@@@@@@


(भ्रुण हत्यामा मारिन लागेकी छोरीको आग्रह)
एउटा बिन्ती गर्छु बाबा , सुन मेरी आमा 
छुरा घोपी नमारिदेउ , मलाई कलेजामा 
रुँदै भन्छु जन्मिन देऊ , केही माग्ने छैन 

रुखो सुखो भए पुग्छ , राम्रो चाहिँदैन 
जसो भन्छौ उसै मान्छु , शिर हत्केलामा 
छुरा घोपी नमारिदेउ, मलाई कलेजामा ।१। 

मुख हेर्न देऊ मलाई , धर्ती हेर्न देऊ 
पुतली साँ खेल्छु बाबा, आँगनिको छेउ 
गरी खान्छु तिमी पाल्छु , वल पाखुरामा 
छुरा घोपी नमारिदेउ , मलाई कलेजामा ।२।

व्रह्मा जि को आशिर्वाद, बिष्णु पालन गर्ने 
भगवान कै नियम यो , संसार चल्नु पर्ने 
जन्म लिन देऊ मलाई , खुशी हुन्छ धाम 
छुरा घोपी नमारीदेउ, मलाई कलेजामा ।३। 
अन्तिम बन्द
जति सोच्यो उति मुटु , दुख्छ मेरो पिता 
कस्ले लाउला मेरो भाईको ,निधारैमा टिका 
कस्ले गाउला तीज आउँदा , घर कटेरामा 
छुरा घोपी नमारिदेउ , मलाई कलेजामा ।४।

एउटा विन्ती गर्छु बाबा , सुन मेरी आमा 
छुरा घोपी नमारिदेउ , मलाई कलेजामा ।
@@@@@@@@@@@@@@


आँखा छैन,निद्रा छैन , न त कुनै आश 
बाँकी मेरो के रह्यो र् , भयो सर्व् नाश ।

हत्केलाका रेखा हरु , गए मेटीएर 
निधारमा भाग्य थिए , फुट्यो पोखिएर 
कलीयुग् को राम हो म , हुन्छु वन वास 
बाँकी मेरो के रह्यो र् , भयो सर्व् नाश ।

आँखा छैन ... 
बौलाएछु जस्तो लाग्छ , सम्झीदानी ऐले 
जस्को यादमा रुनु थियो , हाँसी रहेँ मैले 
सम्झना त्यो मेटी दिन्छु , के नै छ र खास 
बाँकी मेरो के रह्यो र् , भयो सर्व् नाश ।

आँखा छैन,निद्रा छैन , न त कुनै आश 
बाँकी मेरो के रह्यो र् , भयो सर्व् नाश ।
@@@@@@@@@@@@@@


फेवातालमा घुम्न जाँदा बेगनास ताल् लाई रिस 
मन् बुझाउन भेट्न गएँ भाडा लाग्यो तीस 
एक् कान दुईकान मैदान भयो रुपा तालले देख्यो 
माछापुछ्रे आँशु झार्दै एउटा चिठी लेख्यो ।
धरो धर्म फेवातालमा केही भएको छैन 
यो बबुरो डुङ्गा चढी कहीँ गएको छैन 
किन तिमी सङ्का गर्छेऊ मैले देखिराछु 
फेवा मेरी सिन्दूरी हुन तिमीलाई लेखीराछु । 
तिम्रो मेरो कुरा हो यो कतै नखोल्नु है 
भित्तोको नि कान हुन्छ बोल्दै नबोल्नु है 
रुपा मेरी कान्छि साली तिमी माईली पर्यौ 
माफी माग ब्यार्थै तिमीले उसलाई सङ्का गर्यौ ।
@@@@@@@@@@@@@@


बेहोसिमै छोडी मलाइ, रात आफैँ हराएछ 
के के पिएँ कता थिएँ , पागल जस्तै बनाएछ 
बानी थिएन नशा पिउने, आदत बनाई दियो 
छोड्छु भनेर फ्याँक्न खोजेँ तिम्रो मुहार थियो 
बेहोसीमै ...
@@@@@@@@@@@@@@@


तिमीले मनको कुरा खोल्यौ, थाहा पाएँ सही भयो 
जिन्दगीमा जे को डर् थ्यो , आज फेरी त्यही भयो 
हामी दुईका कहानीको , अन्त्य यस्तै हुनु थियो 
तिमी खोला पारी अनि , मैले वारी रुनु थियो 
तिम्रो मेरो गल्ती होईन , गल्ती संस्कृति को 
बालखैमा पायौँ हामीले, छुवाछुत् को सिखो ।
तिमीले ...
@@@@@@@@@@@@@@@@


तिमी मेरो आफ्नो मान्छे छोडी गयौ ऐले 
धन्दै हातको नशा काटी ज्यानै दिइन मैले ।
एकातिर हात दिन्छ्यौ अर्को तिर आँखा 
बल्ल आज फेला पर्यो मायाँ चोर्ने डाँका 
सधैँ तिम्रो पूजा गरेँ दिल दुख्यो र कहिले 
धन्दै ...
@@@@@@@@@@@@@@

युगल गीत
पिन्जराको चरी जस्तै , हाम्रो जिन्दगानी 
कहिले अन्त्य हुने होला, जीवन कहानी 
कहिले खुल्छ भाग्य हाम्रो ,कहिले खुल्छ ढोका 
किन दियौ प्रभु तिमीले , जन्माएर धोका 
पिन्जराको ... 
चाहिँदैन तिम्रो दया , अब हामी माथी 
बाचुन्जेली पिन्जरा नै , भयो जीवन साथी 
थिए होलान हाम्रा पनि , रहर हरु धेरै 
तिमी संग मन्नत मागेँ , गयो पोखिएरै 
पिन्जराको ... 
धेरै गर्यौ गुन तिमीले , एउटा बैगुन गर 
मैले पिउने पानी भित्र, थोरै जहर भर 
जाँदा जाँदै आशिष दिन्छु, एति गर्यौ भनी 
खुशी होला सुखी होला, तिम्रो जीवन पनि 
पिन्जराको चरी जस्तै हाम्रो जिन्दगानी 
कहिले अन्त्य हुने होला जीवन कहानी 
@@@@@@@@@@@@@@


तिमी मेरो आफ्नै मान्छे , ठूलो हुनु छैन 
मलाई अन्य पाइतालाको ,धुलो हुनु छैन 
खुसी छु म आफैँ सँग , जस्तो भए पनि 
उनका लागि मेरो इज्जत , सस्तो भए पनि 
मनले भन्छ त्यो आँखाको , फुलो हुनु छैन 
मलाई 
शत्रु पनि चाहिँदा रैछन, बाँच्न सिकाउँछन 
आँखा भित्रै आँशु रोकि , हाँस्न सिकाउँछन 
हर् कसैले खेलाउने , कुरो हुनु छैन 
मलाई ...
तिमी मेरो आफ्नै मान्छे , ठूलो हुनु छैन 
मलाई अन्य पाइतालाको ,धुलो हुनु छैन 
@@@@@@@@@@@@@@


गीत ( लोकगीत )
ए मैले , ऐना हेर्नै छोडिदिएँ , छोडेँ राम्रो बन्न 
फुलमायाँ लाई् दिलकी रानी, नपाएसि भन्न ।
किन लाऊनु किरीम पाउडर, किन लाऊनु टोपी 
आज सम्मन घरवार छैन , कर्मै रुखो होकी ।
पढाई छैन जागीर छैन, खेत् बारीले क्यार्नी 
कस्ती आऊली यो कालेलाई, बुढेसकालमा स्यार्नी ।
यौवन् बित्यो बाटो हेर्दै , गाला चाउरी पर्‍यो 
कपाल् फूल्यो हिउँ जस्तै , बङ्गारो नि झर्‍यो ।
आउने भए आऊ है कान्छु , पेन्सन सारि दिन्छु 
तिम्रै नाममा गैरी खेत् र , गाउँको बारी दिन्छु ।
@@@@@@@@@@@@@@@@@@@


तिमीले एस्तो मजाक गर्यौ ,मेरो जीवन बरवाद भयो , 
आशाहरु लास बने , इज्जत पनि सती गयो ।
इज्जत पनि सती गयो ।
अब तिम्रो नामै मैले , बाँचुन्जेली लिने छैन 
आजबाटै मायाँ मैले , कसैलाई नि दिने छैन 
अब आफ्नो भन्नु पर्ने, जिन्दगीमा के नै रह्यो 
आशाहरु लास बने, इज्जत पनि सती गयो ।
इज्जत पनि सती गयो 
मेरो एउटा अर्ती सुन, सधैँभरी मनमा राख्नु 
कहिलै झुटो बोल्दिन म भनी देवी देऊता भाक्नु 
तिम्रो बानी गलत हुँदा, अहिले मेरो हालत छ यो 
आशाहरु लास बने , इज्जत पनि सती गयो ।
इज्जत पनि सती गयो ।
तिमीले एस्तो मजाक गर्यौ , मेरो जीवन बरवाद भयो 
आशाहरु लास बने , इज्जत पनि सती गयो ।
इज्जत पनि सती गयो ।
@@@@@@@@@@@@@@@@@


आधा चन्द्रमाको तल आधी जिन्दगी छ 
आधा जिन्दगीको पनि आधी बन्दगी छ ।
आधा चन्द्रमाको तल ... 
आधा जोवन पिरले खायो आधी बिमारीले 
कुन खुसीमा मुस्कुराउने दिलको फुलवारीले 
उधारोको ढुक - ढुकी यो आज मुल्तबी छ 
आधा जिन्दगीको पनि आधी बन्दगी छ 
आधा चन्द्रमा ... 
जसको लागि गर्दा गर्दै आफू खाली भयो 
बुढेसकालमा लौरो थमाई एक्लै छोडी गयो 
दुइटा दिन हो बाँच्नु यहाँ किन गुस्ताख़ी छ 
आधा जिन्दगीको पनि आधी बन्दगी छ 
आधा चन्द्रमाको तल आधी जिन्दगी छ 
आधा जिन्दगीको पनि आधी बन्दगी छ ।
@@@@@@@@@@@@@@@@


ऊ बेलामा पापिनीले , मलाई सस्तो गरी 
अहिले भने फोन गरेर, रुन्छे घरी घरी । 
रात बित्यो हिमाल हाँस्यो , जुनी फेरिएझैं 
मलाई भने रुवाई रह्यो , मनमा बेरिएझैँ 
तस्बिर बनि घुमी रान्छन आँखा वोरी परी 
अहिले भने ... 
सुखमा त किन चाहियो ,दुखको हो साथी 
दुख देखी भाग्ने भन्दा , नभएकै जाती 
छेपारोले जस्तै फेर्छन रङ्ग थरी थरी 
अहिले भने ...
ऊ बेलामा पापिनीले , मलाई सस्तो गरी 
अहिले भने फोन गरेर, रुन्छे घरी घरी ।
@@@@@@@@@@@@@@@
@@@@@@@@
राजन गिरी "राज"
रुपा गाउँपालिका ३ 
कास्की

Comments

Popular posts from this blog

ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"

आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"