गजल / राजन गिरी "राज"




तिमी रिसाउँदा के गरिन मैले ,मनाउनको लागि 

धिक्कार छ , उल्टै चाल चल्यौ , दिल जलाउनको लागि |


पागल थिएँ सोची रहें , मेरो नै तक्दिर खराब किन !

थाहा पाएँ भगवान् घुस लिन्छ , मलाई रुवाउनको लागि |


हरेक प्रयास गर्नेछु भुल्न , चिर निद्रामा जानु अघि 

उ ! आयो मृत्युको फरमाइस , मलाई उठाउनको लागि |


मैले बुझिसकेको छु अब ,तिम्रो अगाडी रुने छैन 

बिचरा घाईते दिलनै मान्दैन , कसैमा धाउनको लागि | 


एकपटक मेरो प्रेमलाई कमसेकम , बुझेर त् हेर्थ्यौ तिमी !

म स्वोर्ग उतारी दिन्थ्यें धर्तीमा , तिमीलाई पाउनको लागि |


तर , अब तिमी जाँदैछु त् जाऊ , मेरो भन्नु केही छैन !

म सँग अब के नै बच्यो र , तिमीलाई बताउनको लागि |

समाप्त

@@@@

राजन गिरी "राज"

रुपा गाउँपालिका ३ 

कास्की ग.प्र 


Comments

Popular posts from this blog

ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"

आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"