कतै तिमी , कतै म / राजन गिरी "राज"



धेरै भयो अब यस्तो , एउटा आन्दोलन चलाउनु पर्छ
जति मान्छे बचेका छन् , मान्छे जस्तो बनाउनु पर्छ ।
@@@@@@@@@@@@@@@@@

तिमीले भन्यौ विहे गरौँ , मैले भनेँ गर्न हुन्न
पुतली झै उड्न ठिक छ , पिन्जरामा पर्न हुन्न ।

 

एती मिठो माया मोह , विहे पछि के हो के हो ! 
भनावैरी होला कोही दिन्, रुँदै आँशु छर्न हुन्न । 

ब्याबहारले किचे पछि , त्यता तिरै चासो हुन्छ 
देखावटी रैछ माया , भन्दै आँखा भर्न हुन्न । 

विहे पछि बच्चा होलान ,पर्देशको बास मेरो 
एक अर्को साँ छुट्टिएर, पटक पटक मर्न हुन्न ।
@@@@@@@@@@@@@@@@@

सबै चिज जस्ताको तस्तै बताय त् राम्रै हुन्थ्यो 
हे भगवान् ! उनले केही नलुकाए त् राम्रै हुन्थ्यो ।

चाहे अदालत सजोस त्यो बस्तीमा पर्वाह छैन 
तर गवाही मेरो बस्ती बाट पनि बोलाए त् राम्रै हुन्थ्यो ।
@@@@@@@@@@@@@@@


अन्धाको शहरमा ऐना बेच्ने हरू छन
यहाँ हर् कोही घाँटी अँचेट्ने हरू छन ।

धर्म खोज्दैछ मान्छे् लालच् भएर हावी 
मूर्तिमा दुध पोख्दै् भोका लखेट्ने हरु छन
@@@@@@@@@@@@@


मैले दुइटा शेर के लेखिदिएँ , ऐना फजुल महसुर भयो 
हिजो साँझ तिमीलाई देख्दैमा , आफैँ चकनाचूर भयो ।
@@@@@@@@@@@@@@


बाबा र बेबीको दौरमा ए हजुर भनेर , डाक्ने खालकी पाए हुन्थ्यो 
म नयाँ जमानाको पूरानो ख्याली केटा , मुख ढाक्ने खालकी पाए हुन्थ्यो 
@@@@@@@@@@@@


बदनाम मात्र भएँ म यो घर् , इजारा्ले लुट्यो 
दुलही जस्ती रात् पापी , जून् ताराले लुट्यो । 

नयनले चोरेर ल्यायो , तस्बिर एउटा मुहारको 
आँखा दुबै जागि रहे दिल् , सितारा्ले लुट्यो । 

डुल्दैछ हावा सङ्गै मन् , आँखिझ्याल चियाउँदै 
प्यारो मनको रङ्ग मा रंगिन , इसारा्ले लुट्यो ।
@@@@@@@@@@@
साह्रा रात भर उनलाई छुन डराई रहेँ 
म बेवस बेचैन आखा फरफराई रहेँ ।
@@@@@@@@@@


सबै चिज जस्ताको तस्तै बताय त् राम्रै हुन्थ्यो 
हे भगवान् ! उनले केही नलुकाए त् राम्रै हुन्थ्यो ।

चाहे अदालत सजोस त्यो बस्तीमा पर्वाह छैन 
तर गवाही मेरो बस्ती बाट पनि बोलाए त् राम्रै हुन्थ्यो ।
@@@@@@@@@@@@@@


देश लोकतन्त्रको शरीर भए संसद् त्यसको आत्मा भयो 
तर यस आत्माको मालीक नै आजकल परमात्मा भयो ।
@@@@@@@@@@@@@


वर्षामा बाडी आउँछ , हिउँदमा खडेरी हुन्छ 
बा को आँखामा सधैँ , आँशुको घडेरी हुन्छ ।
@@@@@@@@@@@@


कवि , हाँस्य लेख्छन त कहिले परिहास लेख्छन 
यो पत्थरको बस्तीमा पनि मुलायम घाँस लेख्छन

कठिन यो परिस्थितिमा एस्को महत्वोलाई सम्झनु 
रोएको वक्तमा पनि हाँसेको इतिहास लेख्छन ।
@@@@@@@@@@@@@@@@@

सडक गल्ली बन्द गराएर , जलवा आफ्नो नाम गराएर 
घर् फर्किँदैछन् बटुवा , शहरमा कत्लेआम गराएर ।
@@@@@@@@@@@@


चाहिए सम्मन कि छिन भनेर केटी हेर्न गैयो 
धपक्क बलेको अनुहारले आफैँ अन्धो भैयो ।
@@@@@@@@@@


ऊ मरेको बर्षौँ बित्यो , जल्न बाँकि थियो 
चिता माथि हाड मासु , गल्न बाँकि थियो ।
@@@@@@@@@@@@@


प्रेमको दुखाईमा अनुलोम विलोम काम गर्दैनन्
कपालभाँती होस् या भ्रामरी आराम गर्दैनन् 


सिर्फ एक पटक प्रेममा बदनाम भएर त हेर ! 
पूरै गाउँमा कसैले तिमीलाई राम राम गर्दैनन् ।
@@@@@@@@@@@@@


यि पत्थर फुटेर कैयौँ, लापता भएर गए 
किस्मत हुने हरू सबै , देवता भएर गए ।
@@@@@@@@@@@


पिउन देऊ मलाई , मदिरा यहाँ पुजारी 
छैनन कहाँ र ईश्वर , हेर आँखा उघारी ।

देख्छु म आज तट्मा, मसान बनेका मान्छे 
रित्तो गयो महाँजन , छोडेर खेत बारी ।

जाने सबैले एक दिन, संसारको यो रित 
मेरो चिहानमा आउनु , पर्खि रहन्छु प्यारी ।

श्रृंगार खोस्न हुन्न, एउटा कूरा म भन्छु 
सिउँदो सजाउनु तिमी, भन्दा वयस्क नारी ।
@@@@@@@@@@@


एस्तो देख्न पाईदो रैछ , मृग शहर डुलेका छन 
मन्दिर मस्जिद बन्द भए ,मधुशाला खुलेका छन ।
@@@@@@@@@@@


कुनै दोष छ भने बताईयोस साहेब ! 
जिउँदै छु आगो नलगाईयोस साहेब ! 

क पाउन सकिन ख मा रमाउन सकिन 
सजाएँ कस्तो हुन्छ सुनाईयोस साहेब ! 

मारियोस छोडियोस या दासि बनाइयोस 
मायाँ बस्ने मुटु सबैको हटाईयोस साहेब ! 
@@@@@@@@@@@


साँझमा खालि हात घर फर्किँदा बिचार गरेको हुन्छु 
मुस्कुराउँदै आउँछन मुना मदन अनि मरेको हुन्छु ।
@@@@@@@@@@@@


कसैले बुझ्दै बुझेनन् उदासी मेरो 
एउटा गुलाबले खोस्यो जिन्दगी मेरो ।
@@@@@@@@@@@


धैर्यताको ज्वालामुखी फुटेर , लावा बनेको छ
तिमीलाई लाग्याहोला सब् ,देखावा बनेको छ ।
@@@@@@@@@@@


चारैतिर फैलिएको , हरियालीले गवाई दिन्छ 
तिमी दोषी छौ या निर्दोष , कसले सफाई दिन्छ । 

🌺घुसखोर🌺 
म पाइताला घोटेर , बर्ष भरी जती कमाउँछु 
हाकिम् जि को पि ए ले , दुई महिना मै कमाई दिन्छ । 

🌺नास्तिक को नाटक 🌺 
काज , क्रिया , घर्म , कर्म , जसले मान्दै मान्दैन 
राम मेरै हो भन्दै फलाक्दै , मलाइ मुर्ख बनाई दिन्छ । 

🌺आदत🌺 
छिमेकीले चन्द्र्मामा , पाईलो राख्दा चुप् चाप् बस्छन् 
मेरो देशले उसको जुठो , चारो बाँड्दा बधाई दिन्छ । 

🌺भ्रष्टाचार 🌺 
नाती केटो दैलो फोर्दै , बाउको खल्ती सखाप् पार्छ 
हजुर् बाउले अङ्गालोमा ,च्याप्दै उस्लाई बचाई दिन्छ।
@@@@@@@@@@@@@@@@



उसले तँ यहीँ छस् भन्छ मैले मलाई देख्दिन
हुनत म कपुरी क पनि चस्मा नलाई देख्दिन ।
@@@@@@@@@@@@


बाढिले घर् बगायो आँशुले मलाई बगायो 
शत्रुकै आँगन अगाडी गोरु गाई बगायो ।

छोरीको फाटेको सुरवाल फेर्न नपाउँदै 
दैवले मेरो आजसम्मको कमाई बगायो ।

पसिना बेचेर खाई नखाई गरेर के भो 
लोभीको भाँडो सधैँ उत्तानो बनाई बगायो ।

सरकार ! जाग , बाँध लगाऊ छेकवार् गर 
आफ्नो त ! खुशीमा छूरा्घोपी रुवाई बगायो ।
@@@@@@@@@@@@@@


आफैँ हराएको छु तिमीलाई , पाउने आशामा 
एक् पल तिम्रो आँखा बनेर, निदाउने आशामा।
@@@@@@@@@@@@@@@


अपांग भिखारी 
पुग्यो भगवान् तिम्रो दया , करुणा नदेखाउ् 
ठेस नलाग्ने खुट्टामा छु, तुना नदेखाउ्।


ए तस्बिर दिएर कारवारी , बन्न खोज्ने मान्छे् ! 
म पैतालो खोज्न निक्लेको हुँ , मुना नदेखाउ्। 


प्यारो लाग्दैछ आजकल् , बाटो चौबाटो् नै 
मलाई बस्नु छैन दिलको , कुना नदेखाउ्।
@@@@@@@@@@@@@@


तिमीलाई बोल्न मन नभएर कर् नगरेको 
यो लकडाउनमा खर्च गर्ने रहर् नगरेको।
@@@@@@@@@@@


त्यो मस्तिष्कमा तानाबुना , बुनाउनको लागी 
केही शेर लेख्दैछु उनीलाइ , सुनाउनको लागी ।


त्यो पनि त राम्रो होईन, सजिलै बिर्सिदिउन् 
कुनै बहानामा याद गरेर, गुन् गुनाउनको लागी ।


कहाँ सजिलो छ र कसैको ,हात मागेर साथी 
मायाँको हतकडीले दिलमा , थुनाउनको लागी ।


तिमी खोज्दैछौ कुराहरुको ,औजार बनाउन 
आफू जल्न सिक फलाम , नुगाउनको लागी ।
@@@@@@@@@@@@@


जिन्दगी ! तैँले चुसेको रगतको उधारो खै्
मेरो शिर ढाक्ने छत् खै् ! तगारो खै् ! 
@@@@@@@@@@@@@@@


म आफ्नै तलाशमा छु , खोजी रहेछु
छु पनि या छ्ँदै छैन , सोची रहेछु ।


फरक त नपर्ला आफू ,हुनु नहुनु को
तर् वर्सौँ देखि आफैँलाई, ढाँटी रहेछु ।


गुलाफको इत्र झैँ प्रेम ,मगमगाई रहँदा 
नाक ढाकेर आयो कोरोना, पापी रहेछु ।


तिम्रो बगैँचामा फुल्ने रहर, रहर नै भयो 
तिमी सङ्ग का फूल झर्दा हाँसी रहेछु ।


आँखामा उदाएर आँखामै, अस्ताउने गर 
तिम्रै निम्ती आँखा आँसुले, माँझी रहेछु ।
@@@@@@@@@@@@@


खालि दिमाख शैतानको घर , कुराहरु खेल्छन् 
मन् भित्र खुकुरी तलवार , छूराहरु खेल्छन 


तिम्रो दरवारमा भगवान् , हात जोडेर बस्दा पनि 
आँखामा एउटा अनुहार , कानमा चूराहरु खेल्छन ।
@@@@@@@@@@@


एकोहोरो मायाँ अब , गर्न छोडिदिन्छु 
तिम्रो यादमा हरेक पटक, मर्न छोडिदिन्छु ।
@@@@@@@@@@@@@@
@@@@@@@
राजन गिरी "राज"
रुपा गाउँपालिका ३ 
कास्की ग.प्र 


Comments

Post a Comment

Popular posts from this blog

ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"

आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"