आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"

 

आधुनिक लोकतन्त्रको एस्तो कुनै सर्वमान्य परिभाषा त् छैन जो कि एस शब्दको पछाडी लुकेको सम्पूर्ण ईतिहास तथा अर्थलाई आफूमा समाहित गर्न सकोस | भिन्न-भिन्न युगमा बैज्ञानिकहरूले अनेकौं परिभाषा दिएका भएपनि अन्त्यमा लोकतान्त्रिक व्यवस्थामा जनतानै  संप्रभुता हुन भन्नेमा स्वीकार गरिएको छ  | 

जनताको अर्थ के हो ,संप्रभुता कस्तो र कसरि हुनुपर्छ, यी  मुद्दाहरू भने सधैं विवादास्पद नै रही रहे | अब्राहम लिंकन को अनुसार लोकतन्त्र  जनताको लागि र जनता द्वारा शासन - प्रमाणित मानिएको छ | लोकतन्त्रमा जनतानै सत्ताधारी हुन्छन | जनताकै अनुमतिले शासन हुन्छ , उनको प्रगति नै शासनको एक मात्र लक्ष्य मानिएको छ | लोकतन्त्र केवल एउटा विशिष्ट प्रकारको शासन प्रणाली मात्र नभएर एक बिशेष प्रकारको राजनैतिक संगठन ,सामाजिक संगठन ,आर्थिक व्याबस्था तथा नैतिक एवम मानसिक भावना पनि हो | लोकतन्त्र जीवनको समग्र दर्शन हो जसको व्यापक परिधिमा मानव जीवनको सम्पूर्ण पाटो पर्दछन | 

लोकतन्त्र को शत्रू :-

  1. भ्रष्टाचार 
  2. उग्रवाद , आतंकवाद , हिंसा 
  3. वंशवाद ,परिवारवाद ,कार्पोरेट वाद 
  4. राजनैतिक अधिनायकवाद 
  5. निरंकुश शासकीय व्यवस्था                      
  6. अवांछित गोपनियता 
  7. प्रेस स्वोतंत्रतामा रोक
  8. अशिक्षा एवं निरक्षरता 
यीनै  निम्न  चिजहरूले लोकतान्त्रिक पध्दति माथि निकै ठूला असर पार्दछन ,जहाँ यस्ता खालका प्रवृत्ति पाहिन्छ्न त्याहाँ शुसाशनको अपेक्षा गर्नु आकासको फल हुनेछ |  यदि यस्ता खालका अवान्छनीय कार्य हरु गरिएको या गर्न लगाइएको थाहा भएमा त्यसको विरुध्दमा आवाज उठाउनु हामी जनताको दायित्वो हो |                                                      
@@@ समाप्त @@@                                                                                                        
राजन गिरी "राज"  
रुपा ३, कास्की 
                                                                                                                  

Comments

Popular posts from this blog

ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"