ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"


ब्रेकअप्  एस्तो फिल हो, जस्तो की कसैले हाम्रो औंलाको नङ लाई कुनै वस्तुले  जवर्जस्ती च्यापेर बाहिर खिंचदा को पीडा | हामीहरु सबैलाई यो चिज अहिले सोचिरहँदा पनि दुखेको अनुभब  गरेका छौँ  भने बास्तबिक पीडा कतिहोला | यस्तै हामी धेरैजसो  भाबुकतावश  कसैसँग निकै अटैज भएका  हुन्छौं  , कसै न कसैको साथमा समय निकै राम्रो खुसी खुसीका साथ्  बिताइरहेका हुन्छौं  | यस्तो लाग्छ कि हामी ऊ सँग अलग  हुनै सक्दैनौं | सम्झिनुस,  त्यही  बेलामा अचानक एउटा घटना घट्छ र हाम्रो ब्रेकअप् हुन्छ | यो घटना पश्चात् हामी नीकै टुट्छौं ,हाम्रो हृदय काँच  जस्तै  छिन्नभिन्न भएर कहिलै जोड्न नसकिने गरि चकनाचूर भएको भान हुन्छ  , ति पोखिएर छरिएका खुसीहरू अब कहिलै जोडिने छैनन् भन्ने मनमा लिएर अगाडीको बाटो  सबै बन्द भएको ठान्दछौं  , एस्तो लाग्छ कि जिन्दगीले पूर्णविराम लगायो ,अब हरेक बाटो अन्धकार छ ,म अब कुन उदेश्य लिएर बाँच्ने ? को सँग बाँचे ? किन बाँच्ने ? एस्तै  फिलहरु मनमा आउँछन् ,  दिमाखमा  केही आइरहेको हुँदैन , अब के गर्ने ? दिमाखले काम गर्न बन्द  गरेको अनुभब हुन्छ  किनकि त्यो पीडा अर्थात त्यो दुखाई हामी माथि  हावी भएको हुन्छ  , हामीलाई जितेको हुन्छ | जसको कारण  हामी धेरै जसो व्यक्तिले कुनै उपाय सोच्न सकिरहेको हुँदैनौं |

के गर्ने यो स्थितिमा :-

यो स्थितिमा कसैले भन्लान आफ्नो प्लान या प्यासन लाई फलो गर्नु , कसैले भन्लान पीडा  बाट बाहिर निक्लन त्यसलाई भुल्ने कोषिस गर्नु ,त कसैले Accept-in move up  को सल्लाह देलान | तर एउटा छ  Theoretical Solution जोकी आफैलाई मजबुत बनाउने ,Accepting जो आफुलाई Accepts गर्ने ,यो सब Actual मा Solution होइन  |

सही तरीका के हो भने यदि यो सब भईरहेको छ भने आफूलाई त्यो स्थितिमा लैजान जरुरी छ कि म यो पीडा कति सम्म सहन सक्छु , अझै कति सहने शक्ति छ म संग म हेर्न चाहन्छु  , म जान्न चाहन्छु  आफूले आफै लाइ ,म चेक गर्न चाहन्छु , म यस्लाई फेस गर्छु , म आफ्नो थ्रेसहोल्ड लिमिट के हो त्यो पता लगाउँछु |  यदि यो धारणा मनमा जगाउन सफल भइयो भने त्यसबाट इनर्जी प्राप्त हुन्छ | जुन इनर्जी बाट त्यो लिमिट बढाउन सफल हुनुहुनेछ | यदि तपाइँ Divert गरेर अन्य उपाय खोज्न लाग्नु भयो भने तपाइँ जीवन भर  यसैमा अल्झिरहनु हुनेछ | तपाइँ त्यो घट्ना संग जोडिनुनै solution हो ,भाग्नु भनेको  आफूलाई अझै समस्यामा पार्नु हो |

कुनै एकान्त ठाउँमा एक्लै बसेर आफैले आफैंलाई भन्नुस,  म हेर्छु मलाई कत्तिको नराम्रो लाग्दो रहेछ यस्तो गर्दा ,मेरो सहन शक्ति कति छ ,म हेर्छु कि म मर्छु या मर्दिन ,म हेर्छु यो पीडाले मलाई के के गर्दो रहेछ ,म हेर्छु मेरो माइण्ड मा कस्तो र कुन लेवलको थर्डस् आउँदोरहेछ  ,म सोच्न छोड्दिन , म थर्ड्स लाइ रोक्दिन, हेर्छु के के हुँदो रहेछ ,यसको Maximum Limit  कहाँ सम्म जाँदो रहेछ म हेर्छु भन्ने धारणा लिएर  यदि एती गर्न सकियो भने यो Psychological Pain  लाई हामी सधैका लागि  हराउन सक्छौं |

यो Subjective Pain  हो | त्यो नङ वाला Objective Pain थियो जसकारण सबैलाई उस्तै अनुभब हुन्छ | तर यो  Subjective Pain या Psychological Pain  भने तपाइँ माथि मात्र निर्भर हुन्छ कि तपाइले त्यसलाई कसरी लिनु  भएको छ त्यहि same Situation मा धेरै मान्छेहरु हुन्छन, कसैले आराम सँग जीवन यापन गरेका छन् भने कसैले  निकै पीडादायी जीवन बिताईरहेका छन् , केही मान्छे त निकै गम्बिर स्थितिमा पुगेका पनि भेटिन्छन , कोही  ठिकै छ मोडोरेसन गरेर अगाडी बढ्छु भन्ने पनि हुन्छन | तपाइले त्यसलाई राम्ररी  फेस गर्नु भयो भने बिस्तारै बिस्तारै त्यो सब Psychological Pain आफै कम हुँदै जान्छ | डिपर लेवल बाट त पुरै तरहले निक्लन सकिन्छ , तर यो सब तपाईको हातमा छ |
@@@समाप्त@@@
राजन गिरी "राज"
रुपा गाउँपालिका ३
कास्की (ग.प्र)

Comments

  1. लेखाइ एकदम ठिक छ सर तर यस कलियुग मा जति नै खुसी छौं या दुखी छौ त्यो हामी आफ्नो गल्ती को कारणले छौ त्यसको समस्या समाधान खोज्न हामी अझै गहिराइमा बुझ्न जरुरी छ

    ReplyDelete

Post a Comment

Popular posts from this blog

आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"