Posts

Showing posts from January, 2021

नेपालका जोगी जातीहरूको इतिहास

Image
                                 जोगी जातीको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरुमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा प्रलेख भेटिएको छैन तथापी वुढापाकाहरुका अनसार जोगीहरुको आदिम वसोवासको थलो कुनै निश्चित थिएन र केही पछिको थलो चाहिँ नेपालको तेह्रथुम जिल्ला रहेको मानिन्छ । आदिम अवस्थामा जोगीहरु घुमन्ते 'गण' को रुपमा थिए । उनीहरुको कुनै स्थायी गाउँ वस्ती थिएन । आ-आफ्नो कूलको परिवारका विभिन्न गणको रुपमा जोगीहरुको वसोवास थियो । जङ्गलका प्राकृतिक आहार बटुलेर खाने त्यस युगमा ज्यादै ठूलो समूह एकै ठाउँमा बसी गुजारा गर्नु सम्भव थिएन । घुमन्ते जीवनयापनको क्रममा तिनै विभिन्न गणहरुको समूह 'जन' वा 'कविला'को रुपमा कुनै एक ठाउँमा भेला भई अस्थायी रुपमा बस्न पुगे । आफ्नो मूल गणवाट वनेका धेरै जन कविलाहरु विभिन्न ठाउँमा स्थायी घरवास वस्ति बसाली 'जाति'को रुपमा बस्न थाले । यसरी जोगीहरु इकाइगत रुपमा जन र सामुहिक रुपमा जातीको रुपमा तेह्रथुम जिल्लाको ओयाक्जुङ गाविसमा स्थायी वसोवास गरेको विश्वास गरिन्छ । जङ्गली अवस्थाको जीवनयापन गर्दा जङ्गलका प्रा

हाम्रो नामको पछाडी लेखिने जातको उत्पती ;

Image
  भागवत गीता शास्त्रको अध्याय ४ अन्तर्गत श्लोक संख्या १३ को आधारमा जात चारवोटा मात्र छन् ब्राह्मण क्षेत्री वैश्य र सूद्र | यी जात प्राकृतिक गुण र कर्मका आधारमा मैले मानव समुह हरूको सृष्टि  गरेको छु  म नै यिनको कर्ता हुँ मलाई अभिनासी ठान्नु भनेर श्री कृष्ण भगवानले  भनेका छन्  | मानिस हरूले यो गुण जन्मदैमा पनि लिएर आएको हुन सक्छन  र पछी आर्जन गरेर  कुनै पनि समूहमा प्रवेश गर्न  सक्छन  | यो मैले बनाएको नियम हो कहिलै पनि नष्ट हुँदैन भन्ने कुरा शास्त्रमा  उल्लेख छ |  यो हिसाबले हेर्दा जात एति मात्र हुनु पर्ने आज एति धेरै जातजाती  कसैले सानो जाती भनेका छन् कसैले म ठूलो जाती भनेकोछ  तैले यो छुनु हुँदैन , मन्दिर जानुहुँदैन  यो सब  कसरी भयो ? शास्त्रको ज्ञान नै नहुने कसरि ब्राम्हण भए ? यावत कुराहरुले शास्त्रमा उल्लेखित बाणी हरूलाई चुनौती दिएको छ | आज हामी आफ्नो नामको पछाडी जो कास्ट लेख्ने गर्दछौं त्यो बेलाएतले ल्याएको सिस्टम हो | बेलाएतले  जब इन्डिया लाइ उपनिवेस बनायो त्यहाँ देखि यो कास्ट सिस्टम सुरु भएको हो त्यो भन्दा अगाडी हामी वैदिक सिष्टम मा थियौं यो भनेको वर्ण र आश्रम जहाँ चार वोटा वर्ण र च

"सारङ्गीको कथा ब्यथा "

Image
                                सारङ्गी तारद्वारा बजाइने नेपालको राष्ट्रिय बाजा हो । जसलाई बजाउन गज अर्थात धनुको प्रयोग गरिन्छ | हामी सबैलाई थाहा भएकै कुरा हो नेपालको राष्ट्रिय फूल लालीगुराँस बढ्दो जनसंख्याको कारण फँडानीको भइरहकाे छ । भने राष्ट्रिय पशु गाइ भोजनमा पस्किन थालिएका छन् । त्यसरी नै लोप हुँदै गइरहेको बाजा सारङ्गीलाई अाजका युवा पुस्ताले नचिन्ने अवस्था सृजना भएकाे छ । सारङ्गी जस्तै बाजा गितार विश्व बजारमा फैलिरहँदा सारङ्गी किन लाेप हुँदैछ छ त ? अाजकाे अवस्थामा सारङ्गी गन्धर्वहरूमा मात्र सिमित छ । भनाैँ सारङ्गीकाे इज्जत गन्धर्वले धानेका छन र लाेप हुनबाट बचाएका छन् ।  भारत तथा पाकिस्तानमा समेत स्थानीय बाजाको रूपमा मानिने सारङ्गीलाई विशेष गरेर शास्त्रिय संगीतमा प्रयोग गरेको पाइन्छ । त्यस्तै नेपालमा बढि मात्रामा मौलिक लोक गीतहरूमा प्रयोग गरिन्छ | यसको धुन मान्छेको स्वर जस्तो हुने हुनाले संगीतमा स्वरलाई आलंकारिक रूपले प्रस्तुत गर्न पनि सारङ्गीको प्रयोग गर्ने गरिन्छ | सारङ्गीकाे इतिहास खाेतल्ने हाे भने प्राचिन कालमा सारङ्गी गन्धर्व जाति विशेष बाध्य यन्त्र थियो । जसको नाम "सार

गीत

Image
                                गीत कसैलाई   माया   लाउनु  , मन्दिरको  प्रसाद   हुन्छ  किन कोहीको त्यही मायाले  , जिन्दगी बरबाद हुन्छ  न लाउँ  भने  पनि  माया   , सृष्टि   धान्न  गाह्रो हुने  बा आमाले   लाएको   गुन   , म   बाट  उधारो  हुने  खाउँ कि नखाउँ सोच्दा सोच्दै , सधैँ आधि रात हुन्छ  किन कोहीको त्यही मायाले , जिन्दगी बरबाद हुन्छ । कसैलाई  माया   लाउनु  ...   के हो माया  कस्लाई  थाहा छ  यसको परिभाषा भन किन  गर्छन   मान्छेहरू    जिन्दगी    नै    नास भन  सङ्गै   बाँच्ने   सँगै   मर्ने   भन्ने   बाटै   घात  हुन्छ  किन कोहीको त्यही मायाले जिन्दगी बरबाद हुन्छ । कसैलाई माया लाउनु ... कसैलाई   मायाँ  लाउनु  , मन्दिरको  प्रसाद   हुन्छ  किन कोहीको त्यही मायाले  ,जिन्दगी बरबाद हुन्छ । राजन गिरी ''राज''   रुपा 3 कास्की