नेपालका जोगी जातीहरूको इतिहास
जोगी जातीको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरुमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा प्रलेख भेटिएको छैन तथापी वुढापाकाहरुका अनसार जोगीहरुको आदिम वसोवासको थलो कुनै निश्चित थिएन र केही पछिको थलो चाहिँ नेपालको तेह्रथुम जिल्ला रहेको मानिन्छ । आदिम अवस्थामा जोगीहरु घुमन्ते 'गण' को रुपमा थिए । उनीहरुको कुनै स्थायी गाउँ वस्ती थिएन । आ-आफ्नो कूलको परिवारका विभिन्न गणको रुपमा जोगीहरुको वसोवास थियो । जङ्गलका प्राकृतिक आहार बटुलेर खाने त्यस युगमा ज्यादै ठूलो समूह एकै ठाउँमा बसी गुजारा गर्नु सम्भव थिएन । घुमन्ते जीवनयापनको क्रममा तिनै विभिन्न गणहरुको समूह 'जन' वा 'कविला'को रुपमा कुनै एक ठाउँमा भेला भई अस्थायी रुपमा बस्न पुगे । आफ्नो मूल गणवाट वनेका धेरै जन कविलाहरु विभिन्न ठाउँमा स्थायी घरवास वस्ति बसाली 'जाति'को रुपमा बस्न थाले । यसरी जोगीहरु इकाइगत रुपमा जन र सामुहिक रुपमा जातीको रुपमा तेह्रथुम जिल्लाको ओयाक्जुङ गाविसमा स्थायी वसोवास गरेको विश्वास गरिन्छ । जङ्गली अवस्थाको जीवनयापन गर्दा जङ्गलका प्राकृतिक आहार वटुलेर खाने जङ्गली जनावर मारेर खाने क्रममा जोगी जातिका मानिसले जङ्गली जनावर 'वराँठ' को सिङ्ग फुक्न सिके । त्यही सिङ्गलाई आजभोलि 'फेरी' भनिन्छ । रुद्राक्षका दाना र प्वाँलोहरु मालाको रुपमा भिर्न सिके । यसरी विभिन्न कूलका परिवार गण जन कविला हुँदै करिव १२ हजार वर्षभन्दा पहिले देखिनै जोगीहरु आदिवासीको रुपमा नेपालमा वस्दै आएको विश्वास छ । यिनीहरुको गण जन जातीको अवस्था देखिनै आफ्नो कूल जसलाई अहिले भैरुङ्ग भनिन्छ रहिआएको पाइन्छ । तसर्थ जोगी कामको आधारमा वर्ण व्यवस्थाले छुट्याएको समूह - जात नभई खास आदिवासी समुदाय जाती हो ।
जोगीहरु विशेष मन्त्र जप्दै कृष्णसारको सिङ्ग (फेरी) फुक्दै टाढा टाढा सम्म नयाँ नयाँ ठाउँ घुम्न जाने र रोग विरामले थलिएका मानिसलाई जडिवुटी खुवाएर र झारफुक गरेर निको पार्ने गर्न थाले । त्यस वापत उनीहरुले केही खानेकुरा अन्न पैसा पाउन थाले जसलाई भिक्षा दान भनियो । यसरी उनीहरुको जिविकोपार्जन फेरी फुकेरै हुन थाल्यो ।
जोगीहरु 'फेरी' फुक्दै टाढा टाढा सम्म पुग्ने र त्यही सिलसिलामा नयाँ-नयाँ ठाउँमा पुग्दा जुन ठाउँ मन पर्यो त्यही ठाउँमा आफ्ना परिवार र नातेदारलाई लिएर वसाईसराइ गरी घरजम गरेर वस्ने गरेकाले जोगीहरु नेपालको पूर्वाञ्चलका प्रायः सवै जिल्लाहरुमा केही न केही संख्यामा वसेको पाइन्छ । हाल जोगी जातीको वसोवास मुख्य रुपमा पूर्वाञ्चलका अधिकांश जिल्लाहरुमा रहेको पाइन्छ । जोगी जातीको यकिन र आधिकारिक जनसंख्या थाहा नभएपनि नेपालमा लगभग १० हजारको हाराहारीमा जोगी जातीको जनसंख्या रहेको अनुमान गरिएको छ ।
जोगीहरुको परम्परागत भेषभुषा
जोगी समुदायका पुरुषहरुले दौरा सुरुवाल शिरमा पहेँलो रङ्गको कपडाको फेटा र पटुकी लगाउने गर्दछन् । त्यस्तै घाँटीमा १०८ वटा रुद्राक्ष दानाको माला पहिरिने गर्दछन् भने महिलाहरुले पहेँलो रङ्गको कपडाको पटुकी वाँध्ने र घाँटीमा रातो रङ्गको प्वाँलोको माला लगाउने गर्दछन् । तर हिजोआज आधुनिक शैली र डिजाईनका पहिरनको प्रभावले यस्ता भेषभुषा धारण गर्नेहरु कमैमात्र भेटिन्छन् ।
जोगीहरुको भाषा लिपी
जोगीहरुको आफ्नै भाषा रहेको दावी वुढापाकाहरुले गर्ने गरेका छन् । वुढापाकाहरुलाई पनि आफ्नो भाषा वोल्न आउँदैन । ूफेरीू फुक्ने क्रममा जोगीहरुले जप्ने मन्त्रमा आफ्नो भाषाका केही अंशहरु प्रयोग हुने गरेको तर तिनको अर्थ के हो थाहा नभएको उनीहरुको भनाई छ । पुरानो पुस्तावाट पछिल्लो पुस्ताले मन्त्रोत्चारण गर्नमात्र सिकेको पाइन्छ । जोगी जातीको भाषाका केही शव्दहरु अवशेषको रुपमा यस जातीका केही वुढापाकाहरुले भन्ने गर्छन् । तसर्थ जोगी जातीको छुट्टै भाषा रहेको तर कालान्तरमा लोप भएको वुझ्न सकिन्छ ।
जोगीहरुको प्रकार र थर
जोगीहरुले आफ्नो थर लेख्दा लेखाउँदा अधिकांश रुपमा 'जोगी' प्रयोग गर्ने गरेका छन । केहीले लज्जावोध गरि वा वुढापाकाहरुले 'य'लाईनै 'ज'को रुपमा उच्चारण गर्ने गरेकाले जोगी र योगी एउटै हो भनि 'योगी' प्रयोग गर्ने गरेका छन तर जोगीहरु १०८ थरी वा प्रकारका रहेको पाइन्छ । जोगीहरुको थर/प्रकार छुट्याउने मुख्य आधार यिनीहरुको 'भैरुङ्ग' हो । यस जाति भित्र १०८ वटा 'भैरुङ्ग'हरु रहेका छन । बाल, काली, सेती, ज्वाला, काल, वज्र, वटुकी, भद्र, अग्नी, लोहासुर, ठिङ्गला जस्ता भैरुङ्गहरु हुन्छन् । यही भैरुङ्गलाई जोगीहरुले आफ्नो 'कूल' वा वंशको रुपमा मान्छन् । तरपनि जोगी जाति भित्रका 'थर'का सम्पूर्ण नामहरु अहिले सम्म पहिचान हुनसकेका छैनन । यद्यपी १०८ वटा भैरुङ्गका नामहरुलाईनै जॊगीको थरहरुको रुपमा लिन सकिन्छ । त्यस्तै गरी जोगीहरुको प्रकार केलाउनको लागि 'पाछा', 'शाखा' र 'गोत्र'को सहायता लिइन्छ । वैवाहिक प्रयोजनका लागि र वंश नाता-सम्वन्ध छुट्याउनको लागि जोगीहरुले यिनै भैरुङ्ग, पाछा, शाखा र गोत्र केलाउने गर्दछन ।
जोगीहरुको खानपान रहनसहन
जोगीहरु ढुंगा, माटो र काठले वनेका प्रायः धेरै वटा कोठाहरु भएको घर बनाउँछन । यिनीहरु आफ्नो सवैभन्दा माथिल्लो तलामा वर्षेनी कूल पूजा गर्ने गर्दछन । उक्त पूजा गर्ने ठाउँमा आफूले फुक्ने फेरीलाई नचलाएका वखत सुरक्षित रुपमा ठड्याएर राख्ने गर्दछन । जोगीहरु आफ्नो घरमा गाई, भैंसी, गोरु, बाख्रा, कुखुरा र सुँगुर/बंगुर पाल्ने गर्दछन । यिनीहरु खानामा दाल भात तरकारी ढिडो र रोटी खाने गर्दछन भने खसी कुखुरा र सुँगुर/वंगुरको मासु र जाँड, रक्सी जस्ता मादकपदार्थहरू समेत खाने गर्दछन । यिनीहरु आफ्नै घरमा जाँड रक्सी बनाउँछन । यिनीहरु विभिन्न अवसरमा आयोजना गरिने भोजभतेरमा जाँड, रक्सीको प्रयोग गर्ने गर्दछन । घरमा आफन्त तथा पाहुनाहरु आउँदा जाँड, रक्सी, कुखुरा तथा बंगुरको मासु खान दिएर स्वागत सत्कार गर्ने गर्दछन ।
जोगीहरूको चाडपर्व
जोगीहरु हरेक वर्ष चण्डीपूर्णिमाको दिन हानै आफ्नो भैरुङ्गको पूजा धुमधामका साथ गर्ने गर्दछन । एउटै भैरुङ्ग मान्ने जोगीहरु एकै ठाउँमा भेला भई पूजा गरिने हँदा यो दिन जोगीहरुको ठाउँ-ठाउँमा विशेष जमघट हुने गर्दछ । भैरुङ्गको पूजामा जोगीहरुले भैरुङ्गको प्रकार अनुसार १ देखि ७ वटा सम्म बास्ने र फुल पार्ने उमेरका भाले र पोथी कुखुराहरुको वलि दिने गर्दछन । त्यस्तै पूजा सामग्रीको रुपमा १ राते र ३ राते जाँड चामलको पिठोबाट आगोको कोईला र खरानीमा पकाईएको रोटी, चामलको पिठोबाट तेलमा पकाईएको बाबर र चामलको प्रयोग गरिन्छ । त्यस्तै भैरङ्गको पूजा गर्दा गाईको घ्यू र धुपीको पातले धूपध्वाँर गरिन्छ । यसरी शुरुमा धुपध्वाँर गर्दा, वली दिँदा पूजा सम्पन्न गर्दा फेरी बजाउने गरिन्छ । त्यस्तै वेलुका पुनः धुपध्वाँर गर्दा र पूजासामग्री विसर्जन गर्दा पनि फेरी बजाउने गरिन्छ । यसरी भैरुङ्गको पूजा अवधिमा ५ पटक फेरी बजाउने गरिन्छ । यो पूजाको दिन एउटै भैरुङ्ग मान्ने जोगीहरुले आ-आफ्नो घरवाट वलि दिनका लागि कुखुरा लिएर आउने हुनाले तीनै कुखुराहरु काटी पकाएर सवै मिलि भोज खाने गर्दछन । यो दिन उनीहरु जाँड, रक्सी समेत खाँदै खुव रमाईलो गर्ने गर्दछन । यो दिन उनीहरु एक अर्कामा दुःख सुख साटासाट गर्दै मारुनी नाच समेत नाच्दछन । यो दिन यिनीहरु मान्यजनहरुबाट टीका प्रसाद र दक्षिणा समेत ग्रहण गर्ने गर्दछन । यो जातीका मानिसहरु खेती गर्ने अघि र खेतीपछि चैत्र र कार्तिक महिनामा भूमिको पूजा गर्ने गर्दछन । हरेक चण्डीपूर्णीमाको भोलिपल्ट बिहान घर नजिकैको दोवाटोमा कूल पूजाको सामग्र्री विसर्जन गर्ने वेलामा वर्षभरी रोगव्याधि हैजा नआओस भन्ने मान्यताले सहक पूजा गर्ने गर्दछन् । जोगीहरु आफ्नो मौलिक सँस्कृति÷परम्पराको रुपमा हरेक वर्ष कार्तिक र चैत्र महिनामा मात्र टाढा-टाढासम्म फेरी फुक्नका लागि जाने गर्दछन । फेरी फुक्ने क्रममा यिनीहरु घरको ४ वटा सुरमा, मूल ढोकामा र घरभित्रको मूल वीचको थाममा उभिएर फेरी फुक्ने गर्दछन । फेरी फुक्दा कसैसँग नवोल्ने प्रचलन रहेको छ । यसरी वर्षको २ पटक फेरी फुक्नाले घरमा भुतप्रेत नलाग्ने परिवारका सदस्यहरुलाई रोगव्याध नलाग्ने र ग्रहदशाहरु टरेर जाने घरमा सहले वास गर्ने धार्मिक विश्वास रहेको पाइन्छ । जोगीहरु फेरी फुकेको भोलिपल्ट दिउँसो घरघरमा गई भिक्षादान लिने गर्दछन । जोगीहरुलाई अन्य समुदायले झारफुक गर्न लगाउने र भविश्यवेत्ताको रुपमा समेत लिने गरेको पाइन्छ । जोगी जातीका हरेक पुरुष सदस्यहरुले जीवनमा अनिवार्य रुपमा एक पटक फेरी फुकेर हिड्नुपर्ने परम्परागत मान्यता रहेको छ । यस जातिका परिवारका सदस्यहरु विरामी पर्दा सवभन्दा पहिले आफ्नो कूलको पूजा गर्ने र आफ्नै जातीभित्रका झाँक्रीलाई फुक्न लगाउने चलन रहेको छ । त्यसपछि मात्र अन्य उपायहरु अपनाउने गरिन्छ । यस जातीभित्र महिलाहरु महिनावारि हुँदा नवार्ने चलन रहेको छ भने महिलाहरुले पेवा निजि सम्पत्ति आर्जन गर्ने र आफ्नो इच्छानुसार भोगचलन गर्न पाउने स्वतन्त्रता रहेको छ । जोगीहरु र रिमालहरु एकअर्कामा वोलचाल तथा अन्य व्यवहारहरु गर्नुहुँदैन र एकअर्काको पाइला समेत टेकिनु हुँदैन भन्ने परम्परागत मान्यता रहेको पाइन्छ । तर समयको गतिसँगै आजकल यो परम्परागत मान्यता पूर्णतः हटिसकेको छ । हाल जोगी र रिमालहरुको वीचमा सौहार्दपूर्ण रुपमा वोलचाल तथा अन्य व्यवहारहरु हुनेगरेको छ ।
जोगीहरुले आफ्नो मुख्य र महत्वपूर्ण चाडको रुपमा चण्डीपूर्णिमालाई मनाउने गर्दछन । यसका अतिरिक्त साउने संक्रान्ति र माघे संक्रान्तिलाई पनि महत्वपूर्ण चाडको रुपमा मनाउने गर्दछन । यी पर्वहरुमा जोगीहरु आफ्ना नातेदारहरु एकै ठाउँमा भेला भई मिठोमसिनो खाने दुःख सुख साटासाट गर्ने र रमाईलो गर्ने गर्दछन । यस वाहेक अधिकांश नेपालीहरुले मनाउने चाडहरुदशैं र तिहार पनि मनाउने गर्दछन ।
जोगीहरुको जन्म संस्कार
यस जातीमा पहिलो बच्चा जन्मँदा जन्मने वित्तिकै बच्चाको निधारमा बावुले भिजेको चामल र फुलको टिका लगाईदिएर धर्तीमा स्वागत गर्ने परम्परा रहेको छ । बच्चा जन्मेको ५ दिनका दिन न्वारान गर्ने प्रचलन रहेको छ । न्वारान गर्दा एउटा भाले, एउटा पोथी, सात रङ्गको धागो, मकैको पिठोको रोटी तथा अण्डा पहिलो बच्चा भए १/१ वटा दोस्रो भए २/२ वटा तथा एवं रितले र फूलहरु पूजा सामग्रीको रुपमा चाहिन्छ । आमा र बच्चालाई सात रङ्गको धागोले एक अर्कालाई वाँधी बच्चाको नामाकरण गरिन्छ । यसरी नामाकरण गर्दा जेठा मामाले निजको अनुपस्थितिमा अन्य मामाले फेरी फुक्ने चलन रहेको छ । न्वारानमा बच्चाको बावुले पूजा गर्नुपर्दछ । बच्चा जन्मेको ६ महिना पछि बच्चालाई अन्नप्राशन गराईन्छ । यस अवसरमा जेठा मामाले बच्चाको केश काटिदिने र पाकेको खानालाई बच्चाको मुखमा ३ पटक सम्म छुवाउने र त्यसपछि आमाले खुवाईदिने चलन रहेको छ । न्वारान तथा अन्नप्राशानको अवसरमा आफ्ना दाजुभाइहरु, माइती, मावली, नातेदार/आफन्त तथा छरछिमेकी र शुभचिन्तकहरुलाई बोलाएर भोज जाँड, रक्सी, मासु, खाना आदि खुवाउने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ । सुत्केरी भएको २१ दिनपछि माइतीले छोरीचेलीलाई घर लैजाने वा मिठो मसिनो खानेकुरा ल्याएर ख्वाउने चलन रहेको छ ।
जोगीहरुको विवाह संस्कार
जोगीहरुमा मागी विवाह र केटाकेटी विचको आपसि सहमतिमा प्रेम विवाह गर्ने चलन रहेको छ । केटाले केटी माग्न जाँदा ३ बोतल रक्सी लिएर जाने प्रचलन छ । दुवै तर्फको पारिवारिक एवं केटा-केटी वीच सहमति भएमा रित स्वरुप पैसा केटी पक्षका अभिभावकले लिने गर्दछन । केटी मञ्जुर भई जेठा मामाले स्वीकृति दिएमा केटीले रक्सी र रितलाई फूल, अक्षताले पूजा गरिसके पछि केटा र केटीवीच फूलमाला गरिन्छ र तोकिएको साइतमा जन्ति लिएर बेहुली लिन बेहुला जाने गर्छन । तर रित स्वरुप पैसा लिने परम्परा विस्तारै छोड्दै गएको पाइन्छ । विवाहमा नौमति बाजा बजाउने गरिन्छ । विवाहमा सिन्दुर पोते लगाउने गोडा धुने र उपहारहरु दिने चलन रहेको छ । विवाहको सवै कर्मकाण्डहरु व्राह्मण पुरोहितद्वारा गरिन्छ । विवाह पछि बेहुली लिएर जाँदा रक्सी र खसी सुँगुर/बंगुरको साँप्राको मासु लानुपर्ने चलन रहेको पाइन्छ । यस जातिमा जेठा मामा वाहेक अन्य मामाका छोरीहरु सँग विवाह गर्ने परम्परा रहेको छ तर फुपूको छोरीहरुसँग विवाह गर्न नपाईने चलन रहेको छ । तर यो चलन विस्तारै हराउँदै गएको छ । त्यस्तै सहज पहुँचगम्य स्थलमा विवाहका लागि कटुम्व नपाइएमा आफ्नै वंश भित्र ७ पुस्ताको अन्तरमा विवाह गर्ने चलन रहेको छ । यस जातीमा विवाह पछि ज्वाइँ सशुराली घरमा वस्ने परम्परा पनि रहि आएको छ । तर आजभोलि यो चलन नगण्य रुपमा मात्र रहेको छ ।
जोगीहरूको मृत्यु संस्कार
जोगी जातीमा परम्परा अनसार मान्छे मर्दा शवयात्रामा शङ्ख नबजाउने चलन रहेको पाइन्छ । लास उठाउने बेलामा पुर्ने वेलामा र दाहसँस्कार अन्त्य हुँदा ३ पटक विशेष मन्त्रका साथ फेरी फुक्ने चलन रहेको छ । शवलाई अन्त्येष्टिका लागि लानु अघि लासलाई सफा पानीले मात्र नुहाईदिने, नयाँ कपडा लगाईदिने, जेठा छोराले सेतो कुनै फूल शिरमा राखिदिने र सेतो कपडाको कात्रोले बेर्ने चलन रहेको छ । शवलाई नजलाई जंगलमा लगेर खाल्डो खनी, साल वा अन्य कडा काठको बाकसमा उत्तरतर्फ टाउकोको अघिल्तिरको भाग फर्काई दुई हात जोडेर शवलाई बसाएर पुर्ने प्रचलन रहेको पाइन्छ । शव पुर्दा पहिलो पटक जेठा छोराले माटो हाल्ने र त्यस पछि जोगी जातीका मानिसले मात्र माटो हाली शव राखिएको वाकस नदेखिने गरी एकसरो पुरे पछि मात्र अन्य जातीका मानिसहरुले पुर्न पाउँछन । लासलाई अन्य जातीका मानिसले छुन पाइँदैन । यस्तो शङ्ख नवजाउने र खाल्डोमा शवलाई बसाएर पुर्ने चलन भने अहिले हट्दै गएको पाइन्छ । मर्दा शङ्ख बजाउने र शवलाई जलाउने चलन बढेको छ । मृतकको सम्झनामा मरेकै दिन १ दिन वा १३ दिनसम्म सवै छोरा र छोरीहरुले किरिया वार्ने चलन रहेको छ । किरिया सकेपछि केहीपनि नवार्ने तर मृत्यु भएको १ वर्षपछि मृतकको सम्झनामा श्रद्धान्जली कार्यक्रम गरी शुद्ध्याई गरिन्छ ।
जोगीहरुले आफ्नो मुख्य र महत्वपूर्ण चाडको रुपमा चण्डीपूर्णिमालाई मनाउने गर्दछन । यसका अतिरिक्त साउने संक्रान्ति र माघे संक्रान्तिलाई पनि महत्वपूर्ण चाडको रुपमा मनाउने गर्दछन । यी पर्वहरुमा जोगीहरु आफ्ना नातेदारहरु एकै ठाउँमा भेला भई मिठोमसिनो खाने दुःख सुख साटासाट गर्ने र रमाईलो गर्ने गर्दछन । यस वाहेक अधिकांश नेपालीहरुले मनाउने चाडहरुदशैं र तिहार पनि मनाउने गर्दछन ।
जोगीहरुको जन्म संस्कार
यस जातीमा पहिलो बच्चा जन्मँदा जन्मने वित्तिकै बच्चाको निधारमा बावुले भिजेको चामल र फुलको टिका लगाईदिएर धर्तीमा स्वागत गर्ने परम्परा रहेको छ । बच्चा जन्मेको ५ दिनका दिन न्वारान गर्ने प्रचलन रहेको छ । न्वारान गर्दा एउटा भाले, एउटा पोथी, सात रङ्गको धागो, मकैको पिठोको रोटी तथा अण्डा पहिलो बच्चा भए १/१ वटा दोस्रो भए २/२ वटा तथा एवं रितले र फूलहरु पूजा सामग्रीको रुपमा चाहिन्छ । आमा र बच्चालाई सात रङ्गको धागोले एक अर्कालाई वाँधी बच्चाको नामाकरण गरिन्छ । यसरी नामाकरण गर्दा जेठा मामाले निजको अनुपस्थितिमा अन्य मामाले फेरी फुक्ने चलन रहेको छ । न्वारानमा बच्चाको बावुले पूजा गर्नुपर्दछ । बच्चा जन्मेको ६ महिना पछि बच्चालाई अन्नप्राशन गराईन्छ । यस अवसरमा जेठा मामाले बच्चाको केश काटिदिने र पाकेको खानालाई बच्चाको मुखमा ३ पटक सम्म छुवाउने र त्यसपछि आमाले खुवाईदिने चलन रहेको छ । न्वारान तथा अन्नप्राशानको अवसरमा आफ्ना दाजुभाइहरु, माइती, मावली, नातेदार/आफन्त तथा छरछिमेकी र शुभचिन्तकहरुलाई बोलाएर भोज जाँड, रक्सी, मासु, खाना आदि खुवाउने र शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ । सुत्केरी भएको २१ दिनपछि माइतीले छोरीचेलीलाई घर लैजाने वा मिठो मसिनो खानेकुरा ल्याएर ख्वाउने चलन रहेको छ ।
जोगीहरुको विवाह संस्कार
जोगीहरुमा मागी विवाह र केटाकेटी विचको आपसि सहमतिमा प्रेम विवाह गर्ने चलन रहेको छ । केटाले केटी माग्न जाँदा ३ बोतल रक्सी लिएर जाने प्रचलन छ । दुवै तर्फको पारिवारिक एवं केटा-केटी वीच सहमति भएमा रित स्वरुप पैसा केटी पक्षका अभिभावकले लिने गर्दछन । केटी मञ्जुर भई जेठा मामाले स्वीकृति दिएमा केटीले रक्सी र रितलाई फूल, अक्षताले पूजा गरिसके पछि केटा र केटीवीच फूलमाला गरिन्छ र तोकिएको साइतमा जन्ति लिएर बेहुली लिन बेहुला जाने गर्छन । तर रित स्वरुप पैसा लिने परम्परा विस्तारै छोड्दै गएको पाइन्छ । विवाहमा नौमति बाजा बजाउने गरिन्छ । विवाहमा सिन्दुर पोते लगाउने गोडा धुने र उपहारहरु दिने चलन रहेको छ । विवाहको सवै कर्मकाण्डहरु व्राह्मण पुरोहितद्वारा गरिन्छ । विवाह पछि बेहुली लिएर जाँदा रक्सी र खसी सुँगुर/बंगुरको साँप्राको मासु लानुपर्ने चलन रहेको पाइन्छ । यस जातिमा जेठा मामा वाहेक अन्य मामाका छोरीहरु सँग विवाह गर्ने परम्परा रहेको छ तर फुपूको छोरीहरुसँग विवाह गर्न नपाईने चलन रहेको छ । तर यो चलन विस्तारै हराउँदै गएको छ । त्यस्तै सहज पहुँचगम्य स्थलमा विवाहका लागि कटुम्व नपाइएमा आफ्नै वंश भित्र ७ पुस्ताको अन्तरमा विवाह गर्ने चलन रहेको छ । यस जातीमा विवाह पछि ज्वाइँ सशुराली घरमा वस्ने परम्परा पनि रहि आएको छ । तर आजभोलि यो चलन नगण्य रुपमा मात्र रहेको छ ।
जोगीहरूको मृत्यु संस्कार
जोगी जातीमा परम्परा अनसार मान्छे मर्दा शवयात्रामा शङ्ख नबजाउने चलन रहेको पाइन्छ । लास उठाउने बेलामा पुर्ने वेलामा र दाहसँस्कार अन्त्य हुँदा ३ पटक विशेष मन्त्रका साथ फेरी फुक्ने चलन रहेको छ । शवलाई अन्त्येष्टिका लागि लानु अघि लासलाई सफा पानीले मात्र नुहाईदिने, नयाँ कपडा लगाईदिने, जेठा छोराले सेतो कुनै फूल शिरमा राखिदिने र सेतो कपडाको कात्रोले बेर्ने चलन रहेको छ । शवलाई नजलाई जंगलमा लगेर खाल्डो खनी, साल वा अन्य कडा काठको बाकसमा उत्तरतर्फ टाउकोको अघिल्तिरको भाग फर्काई दुई हात जोडेर शवलाई बसाएर पुर्ने प्रचलन रहेको पाइन्छ । शव पुर्दा पहिलो पटक जेठा छोराले माटो हाल्ने र त्यस पछि जोगी जातीका मानिसले मात्र माटो हाली शव राखिएको वाकस नदेखिने गरी एकसरो पुरे पछि मात्र अन्य जातीका मानिसहरुले पुर्न पाउँछन । लासलाई अन्य जातीका मानिसले छुन पाइँदैन । यस्तो शङ्ख नवजाउने र खाल्डोमा शवलाई बसाएर पुर्ने चलन भने अहिले हट्दै गएको पाइन्छ । मर्दा शङ्ख बजाउने र शवलाई जलाउने चलन बढेको छ । मृतकको सम्झनामा मरेकै दिन १ दिन वा १३ दिनसम्म सवै छोरा र छोरीहरुले किरिया वार्ने चलन रहेको छ । किरिया सकेपछि केहीपनि नवार्ने तर मृत्यु भएको १ वर्षपछि मृतकको सम्झनामा श्रद्धान्जली कार्यक्रम गरी शुद्ध्याई गरिन्छ ।
धार्मिक आस्था/परम्परा/संस्कार
जोगीहरु वौद्ध र हिन्दू धर्मप्रति वढि आस्थावान् देखिन्छन् । यो जातीका मानिसहरु विभिन्न धार्मिक समुदाय र परम्परा सँस्कार प्रति सद्भाव राख्दछन् र सम्मानजनक व्यवहार गर्दछन् । जोगीहरुमा धार्मिक निरपेक्षताको भावना देखिन्छ । यिनीहरुमध्ये कसैकसैले शिवजी लाई पनि पूजा गर्ने गर्दछन् ।
शारीरिक वनावट[सम्पादन गर्ने]
जोगीहरु प्रायः गहुँगोरो वर्णका हुन्छन् । यिनीहरुको अनुहारको मोहडा केही गोलाकार खालको हुने गर्दछ । खासगरी यिनीहरुको नाक अन्य आदिवासी जनजाती समुदायका मानिसहरुको झैँ थेप्चो खालको हुन्छ । यिनीहरुको सरदर उचाई ५ फिट २ इन्च हुन्छ । यिनीहरुको शरिर केही मोटोघाटो हुन्छ ।
पेशा
जोगीहरुको मुख्य पेशा कृषिनै हो । यसका अतिरिक्त यस जातीका मानिसहरु पशुपालन तथा डोको, नाम्लो, थुन्चे, डालो, मान्द्रो, चित्रा, नाङ्लो, भकारी आदि वेतबाँसका सामग्रीहरु बनाउने गर्दछन । यस जातिका मानिसहरु सरकारी, गैर सरकारी एवं औद्योगिक रोजगारी र व्यापार व्यवसायमा अत्यन्त न्यून संख्यामा मात्र संलग्न रहेका छन । हाल आएर यिनीहरुले गरिवीको कारण फेरी फुक्ने मौलिक परम्परालाई नै जीविकोपार्जनको पेशा बनाएको पाइन्छ । पछिल्लो समयमा आएर फेरी फुक्ने पेशा विकृत र असुरक्षित हुन थालेपछि विकल्पको रुपमा यिनीहरु वैदेशिक रोजगारी तर्फ अधिकरुपमा आकर्षित भएको पाइन्छ । अहिले धेरै संख्यामा पुरुष जोगीहरु वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकहरुमा रहेका छन ।
जोगीहरुको अन्य जातिहरुसँगको सामाजिक-सांस्कृतिक सम्बन्ध
सामाजिक सांस्कृतिक एवं धार्मिक दृष्टिले जनजाती समूहमै पर्ने जोगी समुदायको मौलिक सँस्कृति र जीवनपद्धतीमा पनि नेपाली समाजको प्रभुत्वशाली हिन्दू धर्म संस्कृतिले सांस्कृतिक अतिक्रमण गरेको देखिन्छ । यस जातीको मगर जातीसँग सवैभन्दा वढी सामाजिक-सांस्कृतिक समानता रहेको पाइन्छ । पहिले-पहिले मगरसँग यस जातीको वैवाहिक सम्वन्ध पनि निर्वाधरुपमा हुने गरेको पाइन्छ । जोगी र मगरहरुले एक अर्काको जातीका व्यक्तिहरु मर्दा लास शव छुने र शवयात्रामा बोक्ने समेत गर्दछन । अन्य जनजातीहरु राई, लिम्बू, गुरुङ, तामाङ लगायतका जातीहरुसँग पनि आपसी सद्भावयुक्त सामाजिक-सांस्कृतिक सम्वन्ध रहेको पाइन्छ । परम्परागत मान्यता अनुसार मगर वाहेकका अन्य जनजाती समुदायका मानिसहरुले पकाएको कालो दाल र ढिडो जोगीहरुले नखाने प्रचलन रहेको पाइन्छ । तर हाल यो प्रचलनको अवशेष मात्रै रहेको पाइन्छ । यस जातिलाई व्राह्मण, क्षत्री, ठकुरी र सन्यासीहरुले केही खास खानपानमा छुवाछुत गर्ने गरेको देखिन्छ । यी समुदायले अन्य जनजातीले जस्तै जोगीहरुले पकाएको भात दाल र कोदोको परिकार आदि नखाने र मूल चुल्हो छुन नदिने गर्दछन साथै यी समुदायमा जोगीहरुले छोएको पानी पनि भात पकाउनका चल्दैन । दलितहरुलाई यस जातीका मानिसहरुले आफ्नो घरभित्र पस्ने नदिने र सवै किसिमको खानपानमा छुवाछुत गर्ने गरेको पाइन्छ । तर समयको माग र चेतनाको विकास सँगसँगै यस्तो छुवाछुतपूर्ण व्यवहारमा क्रमशः सुधार भईरहेको देखिन्छ । खासगरी जोगी समुदाय आधुनिक नेपाल राज्यको निर्माण पछि नारायण शाहले नेपालको सामाजिक साँस्कृतिक राजनैतिक धार्मिक जीवनका समग्र पक्षमा गरेको हिन्दुकरणको कोपभाजनमा परेको पाइन्छ । जोगी जातीलाई वर्तमान नेपाली समाजमा व्याप्त मुख्यतया ३ तह तागाधरी मतवाली-मंगोल अछुतको सामाजिक पिरामिडको दोस्रो तहको मतवाली-मंगोल समुदाय भित्र राखी समाजका अन्य जाती जनजातीहरुले उनीहरु सँग सामाजिक साँस्कृतिक सम्वन्ध राख्दै आएका छन् । यस जातीभित्र अन्य जात जातीका समुदायसँग सद्भावपूर्ण व्यवहार पाइन्छ । उनीहरुमा धार्मिक तथा साँस्कृतिक सम्मान सहिष्णुता र सद्भावना पाइन्छ । उनीहरुमा हामी र हाम्रो भन्ने सामूहिक भावना पाइन्छ । जोगीहरुको पारिवारिक संरचनामा पनि लैंगिक विभेद अत्यन्त कम मात्र पाइन्छ । यस जातीभित्र महिलाहरु घर वाहिर जान सामाजिक कि्रयाकलापमा संलग्न हुन स्वतन्त्र रहन्छन् ।
जोगी, साधु, सन्त र सन्यासीवीचको फरक
वृहत नेपाली शव्दकोषमा शव्दको अर्थ खोज्दा जोगी, साधु, सन्त र सन्यासीलाई लगभग एउटै अर्थमा व्याख्या गरेको पाइन्छ । जसअनुसार 'जोगी' भन्ने शव्दको अर्थ केही नभएको वा रित्तो भएको भन्ने उल्लेख गरिएको छ र आजभोलि सामान्यतया यही अर्थमा जोगी शव्दको प्रयोग गर्ने गरिन्छ । साधु भन्नाले साँसारिक प्रपाच वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन विताउने व्यक्ति भनिएको छ भने सन्त भन्नाले व्यवहार वा विषयमा नअल्झी धर्म वा पुण्यकार्यमा लागेको व्यक्ति भनिएको छ । त्यस्तै सन्यासी भन्नाले घरवार परिवार त्यागेको भनिएको छ । यस्तो शव्दार्थ अनुसार साधु सन्त वाहेक जोगी र सन्यासीहरुको जीवन चलेको देखिदैन । जोगी र सन्यासीहरुको आफ्ना छुट्टाछुट्टै सामाजिक धार्मिक साँस्कृतिक परम्परागत आर्थिक जीवनपद्धती रहेका छन् । उनीहरु समाजमा पारिवारिक जीवन विताउँछन् । कसै-कसैले जोगी जाती र हिन्दू धर्मावलम्वीहरुले मात्र पूजाआजा गर्ने गरेका मठमन्दिरहरुमा पूजारीको रुपमा वा आश्रय लिएर वस्ने साधु सन्तहरु मगन्ते साधु सन्तहरु - जसलाई जोगी पनि भन्ने गरिएको छ र सन्यासीहरु एउटै हुन भन्ने गरेको पाइन्छ । साथै जोगी जातीलाई सन्यासीको समूहमा समेत राख्ने गरेको पाइन्छ । तर यिनीहरु वीच सामाजिक साँस्कृतिक आर्थिक धार्मिक जीवनपद्धति र सम्वन्धहरुमा मौलिक अन्तर रहेको छ । जोगी समुदायका व्यक्तिहरुको पारिवारिक सामाजिक दायित्व र अन्तरसम्वन्धहरु हुन्छन् । यस समदायका व्यक्तिहरु साधुसन्तको रुप र भेषमा हिन्दू मठमन्दिरहरुमा वस्दैनन् । यस समदायका व्यक्तिहरु भिक्षा माग्दा साधुसन्तको भेष धारण गरी त्रिशुल र कमन्डलु वोकेर हिड्दैनन् । उनीहरु फेरी नवजाई भिक्षा लिँदैनन् तर मगन्ते साधसन्तहरु कहिल्यै फेरी वजाउँदैनन् र प्रयोग पनि गर्दैनन् । हिन्दू मठमन्दिरहरुमा साधुसन्तको रुपमा हिन्दुधर्म मान्ने जुनकुनै जातीका व्यक्तिहरु वस्न सक्दछन् भिक्षा माग्न सक्दछन । फेरी वजाएर जोगी वाहेक अन्य कुनै जाती वा समुदायका व्यक्तिहरुले भिक्षा माग्दैनन् । जोगीहरु फेरी फुक्ने कामलाई मौलिक परम्परा र साँस्कृतिक धार्मिक मान्यताको रुपमा लिन्छन् । जोगी जाती र साधुसन्तहरु वीच परम्परागत भेषभुषा खानपान रहनसहन सँस्कारहरु/रितिथिति र परम्परागत मूल्य मान्यताहरु धार्मिक आस्था/परम्परा/संस्कार पेशा जीवनशैली र सामाजिकिकरण प्रकि्रयामा विल्कुलै तात्विक र विशाल अन्तर रहेको छ । जोगी एउटा छुट्टै जाती हो भने साधुसन्तहरु विभिन्न जाती र जात भित्रका व्यक्तिहरु हुन् । त्यसै गरि विशेषणको रुपमा प्रयोग हुँदै आएको जोगी र सन्यासी शव्दको भावार्थमा रहेको समानता जस्तै जोगी र सन्यासीहरु एउटै हुन् भन्ने गरेको पाइन्छ । आग्रह-पूर्वाग्रहमा आधारित वौद्धिक सामन्तवादी चिन्तनका कारण यि दुवै समुदायको सामाजिक साँस्कृतिक जीवनको गहिराईमा विश्लेषण नगरि जोगी र सन्यासीहरु एकै हुन् भन्ने गरेको पाइन्छ । तर यि दुई छुट्टा-छुट्टै जातीय समुदाय हुन् । यि दुई वीच उँच-निचको सामाजिक-साँस्कृतिक सम्वन्ध रहेको छ । धर्म, संस्कृति, भेषभुषा, खानपान, रहनसहन, परम्परा र पेशा/व्यवसायमा विल्कुलै भिन्नता छ र केही कुरामा पनि समानता पाईँदैन । जोगी जाती र सन्यासी समूह वीच धेरै मौलिक अन्तरहरु छन् । यि दुई एउटै समुदाय जात जाती वा समूह होईनन् । जोगी एउटा छुट्टै जाती हो आदिवासी जनजाती हो भने सन्यासी जात हो वाहुन क्षत्री ठकुरी जस्तै समुदायमा पर्ने तागाधारी समूह हो । यि दुई वीच परम्परागत भेषभुषा खानपान रहनसहन सँस्कारहरु/रितिथिति र परम्परागत मूल्य मान्यताहरु धार्मिक आस्था÷परम्परा÷सँस्कार पेशा जीवनशैली आदिमा मौलिक भिन्नताहरु रहेका छन् । जोगी जाती र सन्यासी समूह वीच मुलभूत रुपमा निम्न भिन्नताहरु रहेका छन् ।
परम्परागत भेषभुषा
जोगी जातीको आफ्नो मौलिक भेषभुषा रहेको छ तर सन्यासीको कुनै मौलिक भेषभुषा रहेको पाइँदैन ।
खानपान रहनसहन
जोगी जातीकण मानिसहरु आफ्नै घरमा जाँड रक्सी वनाउँछन वंगुर पाल्छन् खान्छन् र विभिन्न सार्वजनिक कार्यहरु पूजापाठमा अनिवार्य रुपमा जाँडरक्सी र वंगुरको मासु चाहिन्छ तर सन्यासी हरु यसवाट अछुत रहन्छन् ।
संस्कारहरु÷रितिथिति र परम्परागत मूल्य मान्यताहरु
जोगी जातीको आफ्नो छुट्टै मौलिक जन्म विवाह मृत्यु जस्ता सँस्कार रितिथिति र परम्परागत मूल्य मान्यताहरु रहेका छन् भने सन्यासीको पनि छुट्टै रहेका छन् । ७३टज्ञटण्ठस जोगीहरु फेरी फुक्ने कामलाई मौलिक परम्परा र साँस्कृतिक धार्मिक मान्यताको रुपमा लिन्छन् तर सन्यासीहरु फेरी कुनै पनि रुपमा प्रयोग गर्दैनन् । ७३टज्ञटण्ठस जोगी जाती र सन्यासीले मान्ने प्रमुख चाडपर्वहरु पनि फरक छन् जोगी जातीको प्रमुख चाड चण्डीपूर्णिमा हो भने सन्यासीको दशैँ तिहार हो ।
जोगीहरुको आफ्नो छुट्टै १०८ वटा प्रकार र थर वंश कूल रहेको छ भने सन्यासीको पनि छुट्टै रहेको छ ।
जोगी जातीको विवाह आफ्नै समुदाय भित्र मात्रै हुन्छ जोगी र सन्यासीको वीचमा विवाह हुँदैन ।
जोगी जातीलाई सन्यासीहरुले व्राम्हण क्षत्री ठकुरीले जस्तै गरि केही खास खानपानमा छुवाछुत गर्दछन् ।
जोगी जाती र सन्यासी का मानिसहरु मर्दा एक अर्काको लास छुन पाइँदैन ।
वर्तमान नेपाली समाजमा व्याप्त मुख्यतया ३ तह तागाधरी मतवाली-मंगोल अछुतको सामाजिक पिरामिडमा जोगी जातीलाई दोस्रो तहको मतवाली-मंगोल समुदाय भित्र राखिएको छ भने सन्यासीलाई पहिलो तह तागाधरी समूहमा राखिएको छ ।
यसरी जोगी जाती र सन्यासी समूहका वीच ठूलो भिन्नता रहेको छ । यी दुई शव्दको भावार्थ र वुझाईको कमीका कारण यि दुईलाई एकै हो भनि भन्ने गरिएको मात्र हो ।
जोगीहरुको वसोवास क्षेत्र
जोगीहरुको केही न केही संख्यामा नेपालको पूर्वाचलका अधिकांश जिल्लामा वसोवास रहेको छ । राष्ट्रिय जनगणनाको अभिलॆख तथा अन्य सरकारी गैर सरकारी क्षेत्रका सर्वेक्षण र तथ्याङ्गहरुमा समेत जोगीहरुको संख्यात्मक अवस्थावारे उल्लेख नभएका कारण जोगीहरुको वसोवास र जनसंख्याको यकिन तथ्याङ्ग थाहा हुन सकेको छैन । पूर्वाचलमा ताप्लेजुङ्ग पाँचथर ईलाम झापा संखुवासभा तेह्रथुम धनकुटा भोजपुर मोरङ्ग सुनसरी ओखलढुंगा खोटाङ्ग उदयपुर गरी १३ जिल्लाहरुमा जोगीहरुको वसोवास रहेको छ ।
स्रोत साधन र शक्तिमा जोगीहरुको प्रतिनिधित्व र पहुँचको अवस्था
मग्र राष्ट्रिय रुपमा हेर्ने हो भने देशको सार्वजनिक प्रशासन संयन्त्र सुरक्षा अङ्ग न्याय क्षेत्र संवैधानिक अङ्ग र नीति निर्माण तहमा जोगीहरुको प्रतिनिधित्व पहुँच र सहभागिता शून्य अव थामा रहेको छ । साथै राज्यप्रदत्त सेवा सुविधाहरुमा गरिएको समावेशीकरण आरक्षण आदिमा जोगी समुदाय समेटिएको छैन र कुनै किसिमको विशेष सुविधा र सहुलियत प्राप्त गरेको छैन । १७ जोगी समुदायको पछौटेपन÷ सामाजिक वहिष्करणका प्रमुख कारणहरु ः नेपालका आदिवासी जनजातीहरुको छाता सँस्था नेपाल आदिवासी जनजाती महासँघले आफ्नो विधानमा जनजाती भन्नाले ूहिन्दु वर्णाश्रमका संरचना भित्र नपर्ने नेपालका आदिवासी एवं मूल जातीहरु जनाउँछू भनेर परिभाषित गरेको छ । यस्तै सन् १९९६मा सरकारद्वारा गठित जनजाती उत्थान प्रतिष्ठान स्थापना गर्ने सम्वन्धि कार्यदलले जनजातीको परिभाषा एवं विशेषताहरुको वारेमा यसरी उल्लेख गरेको छ ः ूआफ्नो मातृभाषा र परम्परागत रितिरिवाज भएको तर चार वर्णको हिन्दू वर्णा्रश्रम व्यवस्था भित्र नपर्नेहरु जनजाती अन्तर्गत पर्दछन् ।ू जनजाती भन्नाले निम्न विशेषताहरु भएका समुदायलाई जनाउँछ ः ७३टज्ञटण्ठस जसको आफ्नो छुट्टै सामूहिक साँस्कृतिक पहिचान छ ७३टज्ञटण्ठस जसको परम्परागत भाषा धर्म रितिरिवाज र सँस्कृति छ ७३टज्ञटण्ठस जसको परम्परागत सामाजिक स्ररचना समानतामा आधारित छ ७३टज्ञटण्ठस जसको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ ७३टज्ञटण्ठस जसको लिखित वा अलिखित इतिहास छ ७३टज्ञटण्ठस जुन समुदाय भित्र ूहामी-भावनाू छ ७३टज्ञटण्ठस जुन समुदायहरुको आधुनिक नेपालको राजनीति र राज्य साचालनमा निर्णायक भूमिका छैन ७३टज्ञटण्ठस जसले आफुलाई ूजनजातीू भन्दछ त्यसैगरी सोही कार्यदलको सिफारिश वमोजिम सन् १९९७मा सरकारद्वारा स्थापित राष्ट्रिय जनजाती विकास समिति सन् २००२मा नाम परिवर्तन गरिएको आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना ऐनमा भने जनजातीको परिभाषा अन्तर्गत कार्यदलले जनजातीका विशेषतामा समावेश गरेको ूचार वर्णको हिन्दू वर्णाश्रम व्यवस्था भित्र नपर्नेू भन्ने विशेषतालाई हटाईएको छ भने अन्य परिभाषा तथा विशेषतालाई यथावत कायम राखिएको छ । ऐतिहासिक रुपले समाज विकासका क्रममा गण कविला जनजाती जस्ता अवस्था पार गरेको विशिष्ट साँस्कृतिक सामाजिक पहिचान वोकेको र विभिन्न निकाय र तवरवाट तय गरिएको जनजाती को परिभाषा र विशेषताहरु जोगी समुदायमा विद्यमान रहेको भएपनि सरकारद्वारा आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान मार्फत जनजातीको रुपमा पहिचान गर्दै २०५४÷०३÷२३मा अनसूचित गरिएका हिमालका १८ वटा पहाडका २३ वटा भित्रि मधेशका ७ वटा र तराईका ११ वटा गरी कूल ५९ वटा जातीय समूहहरुमा जोगी जाती लाई समावेश गरिएको छैन । त्यसैगरी नेपालको मानवीय विकास सूचकांक २००१को आधारमा सन् २००४मा नेपाल आदिवासी जनजाती महासँघले नेपालका आदिवासी जनजातीहरुलाई पाँच समूहहरु ः लोपोन्मुख समूह अति सिमान्तिकृत समूह सिमान्तिकृत समूह सुविधा विाचत समूह र उन्नत समूहमा गरेको वर्गिकरण अनुसार पनि जोगी जाती लाई समावेश गरिएको छैन । विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु वाट सूचिकृत गरिएका सवै भौगोलिक क्षेत्र तथा जातीय समुदायहरु ः व्राम्हण क्षत्री आदिवासी जनजाती मधेशी आदि सवै क्षेत्रका विभिन्न ९९ वटा जाती÷जनजाती हरुमा समेत जोगी जाती उल्लेख भएको पाईदैन । जवकी यो जाती नेपालको विभिन्न भूभागमा उल्लेख्य संख्यामा एउटा छुट्टै पहिचान परम्परा र सँस्कृति वोकेको जाती आदिवासी जनजातीको रुपमा अस्तित्वमा रहिआएको छ । नेपालको विभिन्न भूभागमा छरिएर लगभग १० हजारको हाराहारी संख्यामा रहेको जोगी जातीले अझ सम्म राज्यवाट कुनै किसिमको राष्ट्रिय पहिचान प्राप्त गर्न सकेको छैन । तसर्थ यस जातीको पछौटेपनको सवैभन्दा मुख्य कारण यस जातीको अहिले सम्म कुनै किसिमको राष्ट्रिय पहिचान स्थापित हुन नसक्नु रहेको छ । यस जातीको सामाजिक वहिष्करण तथा पछौटेपनका अन्य प्रमुख कारण हरुलाई निम्नानुसार सूत्रवद्ध गरिएको छ ः ७३टज्ञटण्ठस समाजले ूमतवालीू समूहमा राखेर सम्वोधन गरेपनि राज्यको तर्फवाट हालसम्म कुनै पनि विशिष्टिकृत जातीय समूह भित्र सूचिकृत नगर्नु ७३टज्ञटण्ठस राज्यले पिछडिएका आदिवासी अल्पसंख्यक सिमान्तकृत जनजाती महिला दलित मधेशी आदि समुदायको समावेशिकरण गर्दा ूजोगीू समुदायलाई कुनै समूहको तर्फवाट सम्वोधन नगर्नु ७३टज्ञटण्ठस स्थानीय तथा राष्ट्रिय स्तरमा हुने गरेका विभिन्न सर्वेक्षण प्रतिवेदनहरु जस्तै राष्ट्रिय जनगणना मा जोगीहरुको सामाजिक आर्थिक राजनैतिक साँस्कृतिक जनसांख्यिक आदि अवस्थाहरु वारे उल्लेख नहुनु सर्वेक्षणको वेला सूचना तथा तथ्याङ्कहरु लिएपनि अभिलेख र दस्तावेजहरुमा उल्लेख भएको पाइँदैन ७३टज्ञटण्ठस चेतना क्षमता र पहुँचको अभाव ७३टज्ञटण्ठस आर्थिक विपन्नता जीविकोपार्जनको दीगो र भरपर्दो आधारको अभाव ७३टज्ञटण्ठस छरिएको तथा एकै ठाउँमा थोरै मात्र संख्यामा वसोवास रहेकाले एक अर्कामा सूचना आदान-प्रदान सम्पर्क समन्वय हुन नसकी संगठित हुन नसक्नु ७३टज्ञटण्ठस राज्यवाट गैर नागरिक सरह उपेक्षा वेवास्ता र विभेदपूर्ण व्यवहार हुनु ७३टज्ञटण्ठस साक्षरता स्थिति अत्यन्तै कमजोर हुनु शिक्षितहरुको संख्या अत्यन्त न्यून हुनु ७३टज्ञटण्ठस गरिवी र अशिक्षाको कारण वालवालिकाहरुको विद्यालय भर्ना गर्ने दर अत्यन्त न्यून हुनु र भर्ना भएपनि विद्यालय छाड्ने दर अधिक हुनु ७३टज्ञटण्ठस जोगी समुदायकै संगठित दवाव र पहलकदमीको अभाव ७३टज्ञटण्ठस राज्यका विभिन्न ईकाईहरु सार्वजनिक प्रशासन संयन्त्र सुरक्षा अङ्ग न्याय क्षेत्र संवैधानिक अङ्ग र नीति निर्माण तहमा शून्य सहभागिता हुनु ७३टज्ञटण्ठस राज्य अन्तर्गतका श्रोत साधनहरुमा पहुँच र नियन्त्रणको अभाव ७३टज्ञटण्ठस समग्र राष्ट्रिय विकास प्रकि्रयामा प्राथमिकतामा नपर्नु
@@समाप्त@@
सामग्री स्रोत
@गूगल तथा अन्य अध्यन सामग्री तथा
@मौलिक सस्कृतिको जगेर्ना गरौँ - सामाजिक संजाल बाट
राजन गिरी "राज "
रुपा ३ कास्की

Comments
Post a Comment