Posts

Showing posts from August, 2020

मेरो कबुलनामा ; / राजन गिरी "राज"

Image
  बाआमाको खुशी बोकेर जन्मिएपछि आफ्नो होश सम्हालेर हिंडेको नै आज २२/२५ बर्ष बितिसक्यो | मेरो आफ्नो विगतलाई हेर्ने हो भने न त म बाआमाको असल पुत्र बन्न सकें न गुरुको असल शिष्य नै बन्न सकें , न श्रीमतीको असल श्रीमान बन्न सकें न त छोरा छोरीको निम्ति असल बाबा बन्न सकें | म हजुरहरुको खुशीलाई सही न्याय दिन सकिन मलाई माफ गरिदिनुस |  म सोच्दैछु उमेरको यो पड़ाउमा आखिर म के बनेँ ! यो चिमोटेर दुख्ने छाला मेरो नै हो या मात्र ऐनाको प्रतिबिम्ब मै सिमित मान्छेको ढाँचा मात्र  | के मान्छेको जिन्दगी जन्मियो ,  विहे  गर्यो , जागिर खायो अनि मर्यो यतिमै सिमित हुनेहो ?  या यो भन्दा पर कुनै अर्को दुनियाँ छ जहाँ कि खुशी छ ,आत्मा सन्तुष्टि छ , आफू हुनुको गर्व हुन्छ | यदि छ भने कुन बाटो हिंडेर म त्याहाँ पुग्न सक्छु त !  "यो जो मैले देखेको तिम्रो संसार  छ यो झुटो छ , यहाँ मान्छेहरू  आपसमा झगडा गर्छन, एकले अर्कोलाई मार्छन , बा आमा  लाइ वृद्ध आश्रम पठाएर छोरा छोरी मोज गरेर बस्छन ,उनीहरुलाइ गाली गर्छन, कुटपिट गर्छन , मान्छेहरू  आफ्नो हितको लागि बोट बिरुवा काट्छन् , जनावर माथि अत्याचार गर्छन , अनेक बहाना पारेर उनल

सच्चाई यो हो तर् तिम्रो खुसी , गर या नगर / राजन गिरी "राज"

Image
मैले जब जिन्दगीमा जागेर आफ्नो जिन्दगीको जिम्मेवारी लिन थालें , मैले आफ्नो साथमा केहि कमेन्टमेन्टस गरें  उनलाई पुरा गरें | जसको कारण म अगाडी बढ्दै गएँ, यसबाट मलाई खुसी प्राप्त भयो ,म त्यही खुसीलाइ एक्प्रेस गर्दै गईरहेको छु सफलता र असफलले मलाई प्रभाव गर्दैनन् ,यदि तिमी पनि आफ्नो लाइफमा केही एस्तो गर्न चाहन्छौ  भने सबै भन्दा पहिला आफ्नो  जिम्मेवारी लिन सिक्नु | आफ्नो जिम्मेवारी लाइ  अरु कसैको शिर माथि थुपार्न बन्द गर | आमा बाबाको कारणले गर्दा मैले केही गर्न पाइन् , फलानाको कारणले धिम्कानाको कारणले , यो समाज यो दुनियाँ  यो सिस्टमको कारणले गर्दा  मैले केही गर्न पाइन् ,यस्ता बहाना निकाल्न बन्द गर | जब तिमी माथि यो डिजायर आउला कि मलाई यो जान्नु छ मेरो खुबी के हो ? म संग युनिक के छ ? जो पुरा दुनिंयामा कसै संग छैन , एस्तो के काम छ जे म गर्न सक्छु ? ........ सोचेर हेर्नु तिमीलाई जवाफ आफैँ मिल्नेछ | तिमी यदि यसको जवाफ अन्य कसैबाट मिल्ने आसामा छौ भने तिमी गलत छौ, यसको जवाफ तिमीलाई आएर कसैले दिंदैनन् | जवाफ तिमी भित्र नै छ | तिम्रो सक्सेस तिमी भित्र नै छ बाहिर छैन | जुन काम तिमी गर्न चाहेका छौ त्यो

म र मेरो जीवन परिधि ;/ राजन गिरी "राज"

Image
एउटा कुरा बुझ्न निकै जरुरी छ किनभने हामी आधा भन्दा धेरै मान्छेले पानी नै नभएको ठाउँमा कुवा खनिरहेका हुन्छौं | हाम्रो जिन्दगीको ठूलो इनर्जी त्यहाँ खर्च भैरहेको हुन्छ  जहाँ हाम्रो कुनै काम अथवा कुनै हिस्सा नै छैन | जहाँ कुनै लिनु दिनु नै छैन , जहाँ जन्मजात देखिकै कुनै भागिदारी नै छैन त्याहाँ भागेर किन जाने  ! होशमा आएर त हेर्नुस  तपाइँ जहाँ यसरी दौडदै हुनुहुन्छ त्यसमा तपाइको कुनै कन्ट्रोल छ ? छैन भने कुन कुन चिज छैन ! जिन्दगीमा यो थाहा पाउनु भयो भने  तपाइले आफ्नो साह्रा इनर्जी धन पैसा त्यही चिजमा लगाइनु हुनेछ जहाँ तपाइको कन्ट्रोल छ | जहाँ आफ्नो कन्ट्रोलमा छैन त्यो खाल्डोमा खुट्टा राखियो भने  परिणाम सुन्य आउँछ फगत हामी बरबाद मात्र हुन्छौं | यदि तपाइले आफ्नो दायेरा लाइ चिन्हित गर्न सक्नु भयो भने इनर्जी कैयौ गुणा यसमा रुपान्तरित हुन्छ जसबाट तपाईलाई धेरै फाइदा दिन्छ | उदाहरण कोलागी हामी संग के के कन्ट्रोल मा छ र के के छैनन त आउनुस अगाडी हेरौं :- नियन्त्रण मा                                                   अनियन्त्रण मा   मेरो शब्द                                                       अर्का