Posts

Showing posts from January, 2022

यो प्रेम हो कि इन्वोल्मेंट ?

Image
 यदि हामीले आफ्ना जीवनका दुख पीडाहरू लाई केहि कम गर्न  चाहने हो  भने  सर्वप्रथम हामीले हरेक  व्यक्ति,वस्तु या विचार सबैबाट आफ्नो इन्वोल्मेंटमा कम गर्दै ल्याउनु पर्छ  ,किनकि हामीलाई हजारौं पीडा दिने प्रमुख कारण नै यही  इन्वोल्मेंट हो | नपत्याय  तपाइँलाई निकै दुख या चिन्ताले सताएको बेलामा एकपटक मज्जाले सोचेर हेर्नुस त, त्यो चिन्ताको मुल कारण के रहेछ ? त्याहाँ तपाई आफ्नै इन्वोल्मेंटको स्वोभाव पाएर आश्चर्य चकित हुनुहुनेछ |  उदाहरणको लागि तपाइँ आफ्नो परिवार सँग निकै प्रेम गर्नुहुन्छ परन्तु वास्तवमा त्यो  प्रेम होइन तपाइको इन्वोल्मेंट हो | किनकि  कुनै चिजलाई आफ्नो मान्नुनै इन्वोल्मेंट हो | सोच्नुस त उनीहरूमा कसैलाई सानो चोट लागेपनि हामी  आफूलाई कति पीडा हुन्छ ,यो किन भयो  भन्दा उसलाई हामीले आफ्नो जिन्दगीको हिस्सा मान्न थालेका हुन्छौं,तर साँचो भन्नु पर्दा वास्तवमा कुनै पनि व्यक्ति तपाइको या मेरो  अस्तित्वोको हिस्सा कहिलै पनि हुनै सक्दैन |  प्रेम त निकै ठूलो शब्द हो | तर हामीले  प्रेमको परिभाषालाई नै छोटो  बनाइ दियौं  | त्यसैले आफ्नो इन्वोल्मेंटको कमजोर बानीलाई प्रेम हो भनेर ठान्ने गर्छौं  | प