कविताको शिर्षक = छोराको जीवन


हो ! कूरा सहि हो
उनी एसैघरकी बुहारी हुन् , इज्जत हुन्
बाजा बजाएरै भित्र्याएकी लक्ष्मी हुन्
म आगो छोएर भन्न सक्छु ,अहिलेसम्म उनी !
मेरी पत्नी हुन् | 

हो त्यो साँचो हो ,
बाआमाको कठोर परिश्रम बाट 
म कमाइते भएपछी
म स्वीकार गर्छु आफ्नो जोईटीन्ग्रे पन 
यो अनुहारमा निदाएको एउटा तनको असर 
यौवनको कालो कालखण्ड संगै खण्डित !
एता लिपापोती गरिरहेका आँशु हरु 
बुढाएका आँखाबाट पग्लिंदै पग्लिंदै भिजेर
भुइँमा पलाएका छन् आशाको हरियो दुबोहरु 
किनकि ! म जिउंदै थिएँ ,अझै पनि | 

हो त्यो साँचो हो 
छोरी दिएर छोरी बेसाएकै हुन् बाआमाले 
छोरी दिएर छोरा बेसाएका हौँ , उनले भन्थ्ये 
समय बित्दै गए , हुर्कंदै गए ,जल्दै अनि जलाउंदै गर्दा
वर्तमान एति जल्न पुगेछन कि आखिर 
घामले बादल पैचो लिएर ,आफु सेलाउन खोज्दैछ
मेरो आँखाको दुइटा आकाशमा | 

हो यो साँचो हो
हजारौ पटक सन्तापका हुरी संग बहेली खेल्दा 
लछारिंएका मनोवलका छालाहरु ,
कैयौ पटक टाउको संगै भुइँ छुँदै गरेका चोटिल पाखुरा 
लुथ्रुक्क थाकेर आँगनमा टुक्रुस्स बस्दा 
गरिएको बेवास्ताको चिंगारी सल्किएर एकदिन ,
बुडूम्म !
एउटा भयानक आवाज आउँछ
निकै शक्तिशाली आवाज 
जुन आवाजबाट म हजारौं कोषको मान्छे, मुटुको घाइते बनें
किनकि ! त्यो म आफैले प्राप्त गरेको रगत उम्लिएर 
बिष्फोट भएको ज्वालामुखी थियो 
मेक्सिकोको ज्वालामुखी भन्दा चिसो थिएन त्यो ! 
हिरोसिमाका लिटिल ब्याई भन्दा कमजोर थिएन त्यो !
जीवन रहुन्जेल को असर छोडेर धुवाँ संगै 
मस्तिष्कका सुर बेसुर तारहरु लावा बनेर अकाशिंदै छन् 
यता पनि र त्येता पनि ,फरक यत्तिहो ,यो लावा !
पानी बनेर पुन :मुटु भिजाउने छ मेरो 
फेरी एकपटक ,
ऊ आफैँ तातेर सेलाएपछी | 

हो यो साँचो हो 
बेसाइएकि छोरीले आँखामा 
शासुको चस्मा लगाएपछि
बेवास्ता गरिएका बुढयौली रछ्यानहरुमा खेलेर म
चालिस नागेको छु र नै जान्दछु ,आमाको भुसको सिरानी
बाबाको खस्रा खुट्टाले कोतारी कोतारी फाटेको पुरानो दोलाहिंको खोल 
अबत कालो कलेस्टि परिसक्यो होला आमाले ओढने मजेत्रो (खास्टो)
कति काठ्ठीएका होलान ति जुत्ता देखेरै तर्सिने पैताला हरु |
रातभर खोक्दै गरेका बृध्द मुटुहरु
सबेरै सम्झिदाहुन अतित ,
तातो चियाको पानी ,
पिंढीमा ओछ्याइएको गुन्द्री ,
स्टिलको तातो गिलांस ,
पेट देखिकै बलले फु फु गर्दै सेलाउँदै मलाई पियाएको ,
म फुत्केर काखबाट आँगनमा उफ्रेको हेर्दै 
गिलासको तातो चिया बिर्सेर सुरुप्प पार्दा आमाले जिब्रो जलाएको ,
त्यो हिजो र यो आज कति फरक छ है भन्दै
हिसाब लगाउँदा हुन् हिजोको असक्त म र आजको असक्त उनी |
मनै मन ,सवाल गर्दाहुन ,
के मा दिल दुखायौं हामीले
भन्दै जरो खोतल्दा हुन् , आत्तिन्दा हुन्
बाबाको मन बिथोल्न आमाले पुरानो रेडियो बटार्दी हुन् 
छोमेकिको बच्चा रुँदा ,याद आउदोहो नातिनीको
समको भन्दा ब्याजको मायाँ ,भक्कानो छुट्दो हो 
नजिक हुँदापनि महिनौं देख्न नपाउंदा 
आफ्नो घर सम्झी बुहारी, घर फर्केरै नआउँदा
सोच्दाहुन, मन मनले गालि गर्दाहुन, खुब मलाई
भन्दाहुन ,दरवार बनाएर हामीलाई चौकीदार राख्यौ छोरा ?
अब हाम्रो पाखुरा चल्दैन तिम्रो दरवारमा पोछा लतार्न
आउ सम्हाल आफ्नो पसिना ,खोला सरि बगिरहेछ ,आएर बाँध लगाउ
आफ्ना अमुल्य समय र पसिनाको मुल्य जोगाऊ |
आउ हटाउ यी भीत्तामा टुलुटुलु हेरिरहेका माकुराहरु
भिजाउ अन्नादिने यी टारी टाकुराहरु
हामीले अब सकेनौं छोरा, हामीलाई माफ गरिदेउ | 

अबत तिमीले बनाइदिएको भान्छा कोठामा उक्लिने 
हबिगत सम्म रहेन हाम्रो 
सुत्ने कोठाको एउटा कुनो बनाएका थियौं बाँच्ने आधार
एउटा चुलो ,चियाको कित्ली , मुठी दुई पाक्ने कसौंडी
जिन्दगानी यसरीनै चल्दै थियो तिमी हिंडे पछी तर 
खै कसले कुरा लगाइदिएछ बुहारीलाई ! बाबु 
हामीले भित्तो बिगार्यौं रे ! खुब हप्काइछन् फोनमै 
तिम्री आमाले हिजो बाट चिउरा पस्किएकी छन् 
तिमीले दिएको फोनमा गालि आउन थालेपछि 
आमाले सुरक्षित् मधुस भित्र राखेकी छे 
तिमी जाँदा बेचेको तिलहरी राख्ने डब्बा भित्र 
तिमी नै आएर निकाल्नु बाबु ,हामीलाई डर लाग्यो 

हामित अस्ताएको जून हौँ आऊ परिवार सम्हाल 
ति एत्रतत्र पोखिएका खुसिहरु हुन् 
बटुलेर घर सजाउंदै जाऊ 
हरेक कोठाहरु झिलिमिली बनाउ 
नातिनी खेल्ने भर्यांग , कौसी र बरण्डाहरुमा 
बार लगाउ दह्रो बनाऊ,
टुक्रा टुक्रा खुसि औंलाको थुकले टिप्दै
बटुल्नु पर्छ ,ति सबै आफ्नै हुन् भन्ने सम्झिनु पर्छ |
आपसका मन मुटाब हरु सबैले बिर्सनु पर्छ
गाउँ चाहिन्छ समाज चाहिन्छ ,इस्टमित्र सबै चाहिन्छ
जस्तो रोप्यो भोलि त्येस्तै फल्ने हो 
राम्रो बिउ रोपे भोलि मिठो खान पाहिन्छ |
(छोरा ले यो सुनेर भन्छ )
हो म साँचो भन्छु
मलाई झल्झली याद छन् अझै पनि बा !
तिम्रा प्रत्येक उपदेशहरु तर 
जसले मनन गर्नेहो उसले नगरेपछि 
म आफैँ कमजोर भएको छु तिम्रा 
अमुल्य उपदेशहरु संगै ,तर शान्ति खोज्दै
म धसी रहेको छु अन्धकारमा आज 
आफ्नै निर्मित पश्चातापको खाडल भित्र |
कुनै दिन पानि पर्ला अनि भरिएला 
तब बाहिर निक्लने छु, त्यो हेर्न कि
फल पाकेसी आफैँ फुट्छ भन्छन ,
फुटेर आफु कुहिन्छ कि
बिज बनेर रमाउनेछ हजारौं बसन्त हरुमा
एतिखेर भने मलाई शान्ति मिलेको छ यहाँ 
किनकि यो मैले खनेको खाल्डो हो 
कसैले हस्तक्षप् गर्न सक्दैन म खुसि छु
यहीं लुकेर पनि उनीहरुको पेट 
हेरी रहनेछु भरी रहनेछु ! 
म छोरा हुँ,लोग्ने हुँ ,बाबा हुँ
आफ्नो धर्म बचाई रहनेछु ,
बचाई रहनेछु,
बचाई रहनेछु  !!!
@समाप्त @
राजन गिरी "राज"
रुपा  गाउँपालिका ३ 
कास्की 


Comments

Popular posts from this blog

ब्रेकअप् पछि के गर्ने ? : राजन गिरी "राज"

आधुनिक लोकतन्त्र र यसका शत्रूहरू / राजन गिरी "राज"