कविता

***हरुवा बाघ लाइ मेरो सुझाब !***

म जंगल को डन !
जहाँ जाउँ जे खाउँ
जसलाई आफ्नो
सिकार बनाउँ !
एरिया मेरो हो !
हार तेरो हो !
जति भागेपनी
जहाँ लुके पनि
खहरा , खोल्सा
कुना ,कन्धरा
गाउँ ,सहर
सबै मेरो हो !
येहाँ मेरो चल्छ !
खै तेरो कहाँ चल्छ !
मलाइ लाग्दैन
कुनै बोटमा ,
तेरो किस्मत फल्छ !
बम हानेर होस् !
गोलि हानेर होस् !
मलाइ हराउने
दाउमा अरुलाई
तर्शाउन होस् !
तं निर्धो ! सहारा
खोज खुकुरीको ,
तलवार को ,बमको
गोलि को ,बोलीको ,
झुटा मुटा !
फरक पर्दैन मलाइ !
म जंगल को डन !
एरिया मेरो! हार तेरो !
नभन्दै ,
एकदिन सिकार आयो ,
आफ्नै अगाडी आयो ,
साह्रै मिठो स्वाद  !
दाबि बरावर !
सिकार परिक्षा लिदै
दुबैको बिचमा टक्क उभियो !
तालि बजाउदै थिय ,
हजारौं भिड दुवैतिरका  !
फैसला बाकस भित्र को !
खै कसले के गर्यो !
न देख्यो कसैले !
न भेट्यो कसैले !
केहि दिन पछी ,
बाग ले आफै  किन  ,
बुढो भएको खबर सुनायो  !
साहेद उसले हार्यो होला !
सिकार अर्कैले मार्यो होला !
उसले अझै हेर्दैन
नङ्ग्रा आफ्ना !
खिएर ठुटा भैसकेका !
जंगल को सुरक्षा दिने
साह्रा  कसम हरु ,
झुटा भैसकेका !
हे जंगलका निर्धा  बागहरु  !
अब मेरो सुन तिमि !
फेरी एस जंगलको
राजा हुन् तिमि !
आफ्ना युवराज हरु
अगाडी ल्याउ !
सिकाउ युद्ध का
तकनिक हरु !
बिश्वास लिएर जाउ !
हर जंगल जंगल मा !
पाखा पखेरा मा !
भिर देखेर नफर्किनु !
पहरा देखेर नथर्किनु !
हर ठाउं पुग्न सिकाउ !
हरेक संग झुक्न सिकाउ !
बलियो पार्नु आफुलाई ,
यो पांच बर्ष सम्म !
फेरी आउछ सिकार !
युवराज को तिर !
तिखा धार हरु ,
सिधा वार हरु !
सिकार आफै ढल्नेछ ,
तिम्रो अगाडी !
अनि त्यो सिकार !
छटपटिदै गर्दा
उसका बगेका
पिडा हरुलाई तिमीले !
काँचको बटुको मा
थोरै तेल राखेर
दुबोले हल्लाई
दोबाटो मा
फ्यांकिदेउ
बार पारेर !!
तर त्यो दिन आउन
तिमीले सिकार बाट
आजै सन्यास लिनै पर्छ
युवराज लाइ तिमीले
सबै  जिम्मा दिनै पर्छ !
एती गरेउ भने
तिम्रो दिन फर्किनेछ !
पुर्व पश्चिम उत्तर दक्षिण
तिमि संग थर्किनेछ !
आफ्नो काम देखाउ
मन जिताउ ,
हर दिन र रात हरु
पाखा पाखा मा बिताउ |
बम अनि गोलि को बिरुद्ध
कलम चलाउन सिकाउ !
फलाम गलाउन सिकाउ !
हरेक बाँझो खेत बारीमा
धान फलाउन सिकाउ !!!

राजन गिरि
रुपा गाउँपालिका ३
(कास्की )
हाल अफगानिस्तान
१३/१२/२०१७






















Comments

Popular posts from this blog

प्रेम बिबाह र मागी बिबाह मा राम्रो कुन ?

व्लग के हो, ए पैसा पनी कमाउन सकिन्छ ? Blog Tips

चाँदनी शाह र दरबार